Thursday, May 27, 2021

उपमहानगरपालिकाले वडावडामा पिसिअर परीक्षण गर्ने


जनकपुरधाम, १३ जेठ । जनकपुरधाम उपमहानगरपालिकाले नगरवासीहरुका लागि वडावडामा गएर आज शुक्रवारबाट पिसिआर परीक्षण गर्नु भएको छ । उपमहानगरपालिका भित्रमा कोरोना संक्रमितको संख्या केहि दिनदेखि लगातार बढ्दै गएपछि त्यसलाई मध्यनजर गरी पिसिआर परीक्षण गर्न लागेको बताइएको छ ।
ज्वरो आएका, रुघाखोकी लागेका तथा कोरोना पोजेटिभ भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुलाई पिसिआर परीक्षण गर्न लागेको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जानकारी गराएका छन् । उनले भने, ‘कोरोना भाइरस मानव विनासकारीको रुपमा फैलिंदैछ, यसलाई न्यूनिकरण गर्नका लागि र बच्न र बचाउनका लागि पिसिआर परीक्षण गरी पोजेटिभ व्यक्तिलाई आइसोेलेसनमा राख्न बाहेक कुनै विकल्प छैन ।’
उनले नगरवासीहरुलाई आग्रह गर्दै स्वस्थ्य निर्देशनालयले निर्देश गरेको मास्क तथा सेनिाइटरको प्रयोग र जथाभावी रुपमा घुमफिर नगरी पालना गर्न सबैमा आग्रह समेत गरेका छन् ।
उपमहानगरपालिकाले जेठ १४ गते शुक्रवारदेखि २१ गतेसम्म विभिन्न वडाहरुमा पिसिआर परीक्षण टोली खटिएको छ । आआफ्ना पिसिआर परीक्षण गराई टोलीलाई सहयोग गरी दिनका लागि उनले आग्रह समेत गरेका छन् ।

No comments:

Post a Comment