Wednesday, May 19, 2021

लोकप्रिय बन्दै डा. सिंहको जन—आरोग्य कार्यक्रम

जनकपुरधाम, ५ जेठ । कोरोना महामारी रोगको विशेष जानकारीका लागि काव्य होस्पिटलका सञ्चालक डा. सुधेन्सु सिंह (एस.के.सिह) प्रत्येक साँझ ७ः३० बजेदेखि ८ः ३० बजेसम्म जन—आरोग्य शुभारम्भ गरेको छ ।
आफन्त नेपालका संयोजक जय प्रकाश मण्डलको विशेष योगदान र प्रदेश साँसद रामअशिष यादवको पहलमा शुरु भएको जन—आरोग्य केही दिनमा निक्कै लोकप्रिय हुन लागेको हो । बन्दाबन्दी अवधिमा घरमै बसेर भर्जुलमार्फत यसमा हुन सकिन्छ ।
करीब एकघण्टासम्म चल्ने यो कार्यक्रममा कोरोनाबाट कसरी बच्न र बचाउन सकिन्छ, यसको लक्ष्मणहरु के के छन्, कस्तो अवस्थामा पिसिआर जाँच गर्न र गराउन सकिन्छ, औषधी लिंदा लिनुपर्ने सावधानी, घर बस्दा अपनाउनुपर्ने तरिका, मास्क र सेनिटाइजरको प्रयोग, खानपान लगायत मनमा उब्जिएका प्रश्नहरु सोध्न सकिन्छ ।
कार्यक्रममा सहभागी हुनका लागि आफन्त नेपालका संयोजक जय प्रकाश मण्डलको मोवाइल नं. ९८४४०२५९५० मा सम्पर्क गर्न सकिन्छ ।
कोरोना रोग विशेष गरी नाक, मुख र आँखाबाट सर्ने गरेको विश्व स्वस्थ्य संगठनको दावी छ । त्यसैले यस कार्यक्रममा डा. सिंह लगायत आँखा, मुख र नाकको चिकित्सकहरु समेत सहभागी हुने संयोजक मण्डलले बताएका छन् ।


अहिलेसम्म यस कार्यक्रममा ५० जना सहभागी मात्र हुने गरेको उनले बताए । संयोजक मण्डलले भने, ‘मानव जीवन अमूल्य हो । कोरोना रोगको अगाडिमा कोही पनि साना र ठूला व्यक्ति हुन्न । त्यसैले कोरोनलाई जित्ने उद्देश्यले यो कार्यक्रम शुभारम्भ गरेका हौं ।’
जन आरोग्य कार्यक्रममा चिकित्सक, वकिल, समाजसेवी, बुद्धिजीवि सहितको सहभागिता रहने गरेको छ ।


No comments:

Post a Comment