जनकपुर । जनकपुर उपमहानगरपालिका वडा नं. २६ को रामगोपालपुर स्थित हारसरमा रहेको जीवन केन्द्र पर्यटकहरुका लागि आनन्दको स्थल बन्न लागेको छ । मुख्य सिटीभन्दा करीब दुई÷तीन किलोमिटर उत्तरमा यो केन्द्र रहेको छ । डेनमार्कका एउटा संस्थाले बनाइएको यो स्थलमा सभाहल, पार्किङ्ग लगायतका आकर्षक एवं मोहक वृक्षहरु जुनसुकै व्यक्तिलाई आकर्षित गर्न पछाडि पार्दैन ।
बाँसकै सभाहल, पार्किङ्ग तथा गेष्ट रुम समेत बनाइएको छ । प्राकृतिक आनन्दका लागि तराईकै सबभन्दा राम्रो स्थलको रुपमा यो स्थल चिन्ह लागेको छ । गाउँबाट करीब एक किलोमिटर टाढा रहेको यो स्थलको वरिपरि विभिन्न जातका रुखहरु रहेको छ । विशेष गरी बाँसकै भवन मात्र होइन, बस्ने कुर्सी, टेबुल तथा बगिचा समेत विभिन्न आकर्षणमा बनाइएको छ ।
डेनमार्कका डेनिस एलाइन पार्टन्र्स र केयर डेनमार्क अर्थात डेनिस वन प्रसारण नामक संस्थाले चुरे संरक्षण तथा जल नियन्त्रणका लागि एफएफडी लोकपाठाला निमाण गरेका छन् । चुडियाबाट निस्केको जलाइद नदीको उपल्लो तथा तल्लो गाविसमा जलाइद एकीकृत जलाधार तथा प्राकृतिक स्रोत सहव्यवस्थापन यसको मुख्य योजना रहेको हो । जलाइदको उपल्लो भागदेखि सीमा क्षेत्रसम्म ५५ किलोमिटरसम्म प्राकृति संरक्षण गर्ने मुख्य लक्ष्य रहेको व्यवस्थापन समितिका अध्यक्ष कमल कुमार पंकजले जानकारी गराए ।
उनले ई सं.२००५देखि शुभारम्भ गरेको कार्य २०१२ सम्ममा धेरै परिवर्तन ल्याएको हो । करीब सात वर्षमा जलाइद नदीको पानी, तटबन्द कटान तथा चुरे संरक्षणका लागि राम्रो कार्य गरेको उनको भनाई रहेको छ । वन विनासका कारण सबभन्दा बढी प्रभाव तराई ÷मधेशमा परेको हो । चुरे तथा जल संरक्षणमा विदेशी संस्थाहरु निक्कै सक्रिय रहेकोले यसै उद्देश्यका साथ विभिन्न संस्थाको साँझेदारीमा तराईमा यो अभियानको रुपमा ल्याइएको उनले बताए ।
कमलले भने ‘स्थानीय केयर नेपालसँग मिलेर स्थानीय साझेदार संस्था जानकी महिला जागरण, समाज उत्थान केन्द्रद्वारा सञ्चालित जीवन कार्यक्रम हो । जीवन केन्द्र स्थापना पश्चात् पूर्ण रुपले जंगल कटानी रुकेको त छैन, तर न्यूनिकरण आवश्य भएको छ ।’ उनले अगाडि थपे ‘ यसले करीब ९ हजार बढी जनताले रोजगारी समेत पाएको छ । विशेष गरी दलित, गरीब, विपन्न, भूमीहीनहरुले वन जंगल जोगाएर कृर्षिलाई कसरी उजगार गर्न सकिन्छ, कर्षिमाथि समेत निर्भर हुन लागेको छ । पहिला विशेष गरी यिनीहरुले जंगल कटान गरी दाउराहरु बेच्ने गरेका थिए । अहिले कृर्षि श्रमिक ग्रामिण सीपकर्मी नेपाल नामक संस्थाले जिविकोपार्जनको राम्रो माध्यम सिखार्ई सकेको छ ।’
उनले पहिला यो स्थललाई तालिम केन्द्रको रुपमा मात्र बुझिन्थ्यो । तर अहिले देश विदेशका मान्छेहरु यो स्थलमा गोष्ठी, सेमिनार तथा विभिन्न किसिमको कार्यक्रम गर्दै आइ रहेका छन् । महिनामा २५दिन यो तालिम केन्द्र बुक नै रहिन्छ । यसबाट दुईवटा फाइदा हुने गरेको उनले दावी समेत गरे । एउटा राम्रो स्थलको रुपमा विकास हुँदैछ भन्ने अर्को यहाँबाट केही सिख्ने हो जस्तो यहाँ आउने व्यक्तिहरु समेत भन्ने गरेको छ ।
सहरभन्दा एकदमै न्यून शुल्क समेत रहेको छ । सभाहल व्यवस्थापनका लागि ६ वटा कर्मचारी खटाइएको छ । सभाहलको आम्दानीबाट करीब २ लाखभन्दा बढी आम्दानी हुने गरेको व्यवस्थापक कमलले दावी गरे । उनले अहिलेसम्म १० वटा राष्टूका व्यक्तिहरुले विभिन्न कार्यक्रम गरी सकेका छन् । जतिदिन वित्दै गई रहेको छ सभाहल बुक हुने संस्थाहरुको ओइरो लाग्ने गरेको छ । ग्रामीण भेगमा यी स्थल रहेपनि सवारी साधनको ओइरो लागेको हुन्छ ।
यसमा नेपाल सरकारले सहयोग गरेमा अझै राम्रो बनाउन सकिन्छ । तर जबसम्म डेनमार्कले आफ्नो मातहतमा लिएको छ तबसम्म नेपाल सरकारले केही गर्न नपाउने प्रावधान समेत रहेको स्रोतले जनाएको छ ।

No comments:
Post a Comment