Sunday, December 6, 2015

यसरी फस्टाउ“दै छ मधेशबाट पहाडतिर कालोबजारी

कैलास दास
जनकपुर । मधेशमा बन्द हडताल र नाकाबन्दीको मौका छोपी इन्धनको कालोबजारी गरेर पहाड पु¥याउने क्रम बढेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा गरिएको नाकाबन्दीले तीन महिना नाघीसक्दा पहाडी क्षेत्रमा इन्धनलगायतका आवश्यक सामानको अभाव सुरु भएसँगै कालोबजारी गर्ने र लुकिछिपी पहाड पु¥याउने क्रम बढेको छ ।

अधिकारको लडाई भएको भन्दै बन्द हडताल र नाकाबन्दी गर्दै आएका मधेशी मोर्चाका कारण जनजीवन निक्कै प्रभावित भएको छ भने अर्कोतिर मधेशबाटै लाखौको संख्यामा तस्करी हुँदै गएको छ । मधेशकै नाकाबाट हजारौ लिटर पेटूोल,डिजल सहितको समाग्रीहरु पहाडमा पुर्याउने कार्य रोकिएको छैन । मोर्चाको कडा निगरानीका वावजूद पनि छोटो बाटो हुँदै एम्बुलेन्स, मोटरसाइकल, साइकल सहितको साधनमा गिलन बोकेर पहाडी क्षेत्रमा पु¥याउने गरेको देखिएको छ ।
भारतबाट ब्यापक मात्रामा पेटूोल र डिजेलको तस्करी गरी पहाडमा पु¥याउनुले शासकहरुलाई सहयोग पुगेको मधेशी मोर्चाको ठहर भएपनि त्यसमा न्यूनिकरण गर्न सकेको छैन । एकतर्फ बन्द हड्ताल र नाकाबन्दीले मधेशका सबै क्षेत्र प्रभावित भएको छ भने अर्कोतिर भारतबाट मधेश भूमी हुँदै पहाडमा तस्करी हुने कार्य रोकिएको छैन । मोर्चाका कार्यकर्ताहरुले बेलाबेलामा तस्करीका समानहरु आफ्नो नियन्त्रणमा लिए नष्ट गरेपनि पूर्ण रुपमा नियन्त्रण गर्न सकेको छैन । यहाँका कलकारखाना, व्यवसायी, शिक्षण संस्थान बन्द हडतालका कारण ध्वस्त हुँदै गएको छ भने तस्करी गर्नेहरु फस्टाउँदै गएको छ ।
नेपालको संविधानमा मधेशी जनतामाथि विभेद गरिएको भन्दै आन्दोलनमा होमिएपनि मधेशी जनताबाटै तस्करी हुनु दुःखद रहेको स्थानीयवासीहरुलाई चिन्ता सताई रहेको छ । मधेश आन्दोलनका कारण प्रति व्यक्ति ऋणमा डुबेपनि तस्करी गर्नेहरु करोडौ आर्जन गर्ने गरेको छ । भारतबाट सस्तोमा किनेर पहाडमा चारपाँच गुणा बढी लिएर बेच्ने गरेको छ । नाकाबन्दीको समयमा इन्धन तस्करी गरी पहाडी क्षेत्रमा पु¥याइनुले जारी आन्दोलनको घोर अपमान भएको भन्दै आन्दोलनमा अवरोध पु¥याउने कार्यलाई रोक्न स्थानीय जनसमुदायलाई सक्रिय हुन पनि मोर्चाले अपिल गरेको छ ।
नेपाल आउने तेल ८५ प्रतिशत कटौती गरेपछि अहिले सबैभन्दा ठूलो अवैध कारोबार पेटूोलियम पदार्थको भइरहेको छ । भारतबाट आयात हुने सबैभन्दा ठूलो हिस्सा पेटूोलियम पदार्थ हो । वार्षिक रुपमा १ खर्ब ३० अर्बको पेटूोलियम पदार्थ भारतबाट नेपाल भित्रिन्छ । आन्दोलनकारीहरुले यही ‘लाईफलाइन’लाई रोकेर आफ्नो माग पूरा गराउन खोजेको छ भने मधेश आन्दोलन अनवरत रुपमा अघि बढ्नमा सीमा नाकाबाट अवैध रुपमा आउने यही पेटूोलियम पदार्थले सहयोग गरिरहेको छ ।
सीमा नाकाबाट अहिले अहिले हजारौ लिटर पेटूोलियम पदार्थ अवैध रुपमा भित्रिएको छ । यही पेटूोलियम पदार्थबाट बिक्रीबाट आउने अतिरिक्त रकमले आन्दोलन टुंगोमा पुग्न नदिने प्रमुख वाधक बनेको छ ।
धनुषाको छोटकारीबाटो हुँदै  साढे एक लाख लिटर पेटूोलियम पदार्थ नेपाल भित्रिएको छ जसले अत्यावश्यक सेवा, निजी सवारी साधन र सार्वजनिक यातायात संचालन भइरहेका छन् । अवैध रुपमा आएको पेटूोलियम पदार्थको जालो काठमाडौं उपत्यकासम्म फैलिएको छ । धेरै घरमा पेटूोलियम पदार्थको भण्डारण गरेर राखिएको छ र महँगो मूल्यमा बिक्री गरिन्छ । स्रोतका अनुसार वीरगञ्ज(रक्सौंल नाकामा आन्दोलनकारीले धर्ना दिए पनि मोटरसाइकल आन्दोलनकारीकै नाममै गएर पेटूोलियम पदार्थ ल्याउने गरिएको छ ।
वीरगञ्जकै उद्योगीका अनुसार सिमरामा दुई सयभन्दा बढी मोटरसाइकल पेटूोलियम पदार्थ ओसार्पसारकै लागि बसेका हुन्छन् । ती मोटरसाइकलले ल्याउँदा स्थानीय कार्यकर्तालाई रकम बुझाउनुपर्छ ।
मधेशी मोर्चाका स्थानीय कार्यकर्ताको मात्रै हात छैन सरकारी निकायको मिलमतोमा भइरहेको कालोबजारीले सबैभन्दा महत्वपूर्ण भूमिका छ । पेटूोलियम पदार्थको कारोबार गर्ने एक मात्रै संस्था नेपाल आयल निगमबाटै इन्धनको कालोबजारी भएको छ ।
संघीय समाजबादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादवको संयोजनमा बसेको बैठकले, नाकाबन्दी तथा जारी आन्दोलनमा ऐक्यबद्धता जनाउन बारा, पर्सा र रौतहटका बिभिन्न गाँउबाट आएका सर्वसाधारण जनता र संघसंगठनलाई धन्यबाद दिएको छ । नेता यादवले तस्करी गर्ने आन्दोलनविरोधीहरुलाई रोक्न ठूलै कदम उठाउने चेतावनी दिएका छन् ।
बैठकमा तराइ मधेश लोकतान्त्रिक पार्टीका महासचिव जितेन्द्र सोनल, संघीय समाजवादि फोरम नेपालका महासचिव रामसहाय यादव, सभासद रमेश पटेल, सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष, तराई मधेश सदभावना पार्टी पर्साका अध्यक्ष प्रेमचन्द्र कुशवाहालगायत केन्द्रिय तथा जिल्ला स्तरीय नेताहरुको उपस्थिती रहेको थियो ।

त्यस्तै बन्द भएका छोटी भन्सार नखुल्दा तस्करी बढ्दो गएको छ ।  कार्यालय र कर्मचारीको सुरक्षालाई दृष्गित गरि गर्दै द्वन्द्वको समयमा छोटी भन्सार कार्यालयलाई बन्द गरिएपछि अझैसम्म पुनःस्थापनाका लागि पहल नहुँदा राजस्व सङ्कलन प्रभावित भइरहेको हो ।   मोरङ जिल्लाका नौवटा छोटी भन्सारमध्ये रङ्गेली, मायागन्ज र डाइनियाको छोटी भन्सारमात्र सुचारु रहेको छ र मधुमल्ला, तरिगामा, कदमाहा, चुन्नीबारी, डोरिया र महदेवा गाविसस्थित चौकीघाटको छोटी भन्सार कार्यालय बन्द अवस्थामा रहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । ती छोटी भन्सार बन्द भएपछि लुकीछिपी तस्करी हुने गरेकाले राजस्व सङ्कलन प्रभावित भइरहेको विराटनगर भन्सार कार्यालयका प्रमुख राजेन्द्र दाहालले जानकारी गराए।  तस्करीलाई नियन्त्रण गर्ने उद्देश्यले सीमावर्ती क्षेत्रमा १८ ओटा नेपाल प्रहरीको इलाका तथा चेकपोष्ट र सशस्त्र प्रहरीको पाँचवटा चेकपोष्ट कार्यरत रहेको उनले बताए ।
मोरङ जिल्लाका नौवटा छोटी भन्सारमध्ये रङ्गेली, मायागन्ज र डाइनियाको छोटी भन्सारमात्र सुचारु रहेको छ र मधुमल्ला, तरिगामा, कदमाहा, चुन्नीबारी, डोरिया र महदेवा गाविसस्थित चौकीघाटको छोटी भन्सार कार्यालय बन्द अवस्थामा रहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
ती छोटी भन्सार बन्द भएपछि लुकीछिपी तस्करी हुने गरेकाले राजस्व सङ्कलन प्रभावित भइरहेको विराटनगर भन्सार कार्यालयका प्रमुख राजेन्द्र दाहालले जानकारी गराए। तस्करीलाई नियन्त्रण गर्ने उद्देश्यले सीमावर्ती क्षेत्रमा १८ ओटा नेपाल प्रहरीको इलाका तथा चेकपोष्ट र सशस्त्र प्रहरीको पाँचवटा चेकपोष्ट कार्यरत रहेको उनले बताए । 

No comments:

Post a Comment