Saturday, March 29, 2014

कमिटीद्वारा निर्देशक समिति सम्मानित

कैलास दास
जनकपुर । गणेश युवा कमिटीले हालै चयन गरेको वरिष्ठ निर्देशक, निर्देशक, कानूनी सल्लाहकार, अध्यक्षीय सल्लाहकार लगायतका व्यक्तिहरुलाई सम्मानित गरेका छन् ।
कमिटीका अध्यक्ष दीपक भगतको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा बरिष्ठ निर्देशक गणेश चैतन्य ब्रम्हचारी, अध्यक्षीय सल्लाहकारमा शंकर साह, निर्देशक कैलास दास, श्याम प्रसाद साह, ललित साह, शुसान्त गुप्ता, दीपेन्द्र कुमार साह, शेषनारायण झा र कानूनी सल्लाहकार लोचन साहलाई फुलमाला र अबीर लगाएर सम्मानित गरेका छन् ।सम्मानित कार्यक्रममा वरिष्ठ निर्देशक गणेश चैतन्य ब्रम्हचारीले कमिटीलाई कसरी समाजिक, धार्मिक एवं खेलकुदको क्षेत्रमा अगाडि बढाउनु पर्दछ त्यसका बारेमा विशेष छलफल गरेका थिए । कार्यक्रममा महासचिव कैलास प्रसाद गुप्ताले कमिटीको अगामी कार्यक्रमका बारेमा प्रस्ताव राखेक थिए ।

No comments:

Post a Comment