Saturday, March 29, 2014

गणेश युवा कमिटीद्वारा अञ्चल अस्पतालमा फलफुल वितरण

कैलास दास
जनकपुर । समाजिक एवं धार्मिक क्षेत्रमा सक्रिय भएर काम गर्दै आएका गणेश युवा कमिटीले साप्ताहिक कार्यक्रम अन्तर्गत शनिवार फलफुल वितरण गरिएको छ ।
कमिटीका अध्यक्ष दीपक भगतको अध्यक्षतामा एवं संजय साहको संयोजकत्वमा जनकपुर अञ्चल अस्पतालमा करीब दुई बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि डा. जय कुमार मण्डलले जनकपुरको चौकचौकमा क्लिनिक भएपनि बिरामीहरुको मन जितेको अञ्चल अस्पताल नै हो । भारत लगायत नेपालका विभिन्न जिल्लाबाट निर्भिक भएर यहाँ उपचार गराउने गरेको उनले दावी गरे । अस्पतालमा दक्ष चिकित्सक हुनाले निष्पक्ष एवं निस्वार्थ रुपमा बिरामीहरुको उपचार हुने गरेको डा. मण्डलले जिकिर पनि गरे ।
त्यस्तै जनकपुर अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कामेश्वर झाले गणेश युवा कमिटीले समाजिक क्षेत्रमा मात्र होइन स्वास्थ्य क्षेत्रमा पनि काम गर्दै आएकोप्रति धन्यवाद ज्ञापन गर्दै उनले एकत्रित भएर जनकपुरका सबै क्लवहरु सरसफाईको क्षेत्रमा काम गर्नका लागि आग्रह पनि गरे । अध्यक्ष झाले अस्पताल व्यवस्थापनमा आफूले कुनै कसर नछाडेको भन्दै अस्पताललाई अझै व्यवस्थित बनाउनका लागि दवाव दिन आवश्यक रहेको बताए ।
कमिटीका वरिष्ठ निर्देशक गणेश चैतन्य ब्राम्ह्मचार्यले राज्यले जनकपुरलाई अपेक्षित गरेपनि यहाँका क्लवहरुले नै विभिन्न क्षेत्रमा काम गरेर यहाँको गरिमालाई बचाउँदै आएको भन्दै गणेश युवा कमिटीले खास गरी धार्मिक एवं समाजिक क्षेत्रमा मात्र होइन स्वास्थ्य एवं खेलकुदमा काम गरेकोप्रति प्रशंसा व्यक्त गरे । उनले गत वर्ष पनि यो कमिटीले समाजिक क्षेत्रमा राम्रो काम गरेका र यस वर्ष पनि साप्ताहिक कार्यक्रम समाजिक क्षेत्रमा आफ्नो स्थान ओगेटेको कुरा औल्याए ।
कार्यक्रमका उद्घोषण पूर्व अध्यक्ष सुरेन्द्र भण्डारीले गरेको थिए । कार्यक्रममा परिवार नियोजन संघका अध्यक्ष जितेन्द्र प्रसाद साहले पनि बोलेका थिए । त्यस्तै फलफुल वितरण कार्यक्रममा कमिटीका पूर्व अध्यक्ष, महासचिव, सचिव, निर्देशक, कानूनी सल्लाहकार, अध्यक्षीय सल्लाहकार, विद्यार्थी, युवाहरु लगायत सैकडौं व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
अंचल अस्पतालमा रहेका दुई बेड मध्ये करीब एक भन्दा बढी विरामीहरुलाई सामाग्री वितरण गरिएको हो ।

No comments:

Post a Comment