Tuesday, December 27, 2016

धनुषामा ५१ वर्षपछि विद्यार्थीहरु सैनिक पोशाकमा

कैलास दास
जनकपुर । तत्कालिन राजा महेन्द्र शाह बिक्रमले वि.सं. २०२२ सालमा राष्ट्रिय सेवा दल (एनसीसी) तालिमको घोषणा गरेको भएपनि धनुषामा ५१ वर्षपछि यहाँका छात्रछात्राहरुले सो तालिम लिन पाएका छन् । धनुषाका छात्रछात्राहरुले लिएको तालिम मंगलवार जनकपुरमा प्रदर्शन गरेका छन् ।

गोरखनाथ गण क्याम्प जनकपुरमा आयोजित सिखेको तालिम प्रदर्शनमा सहभागीले मधेशका युवाहरु सेनाका लागि सक्षम रहेको प्रतिभाबाट नै स्पष्ट भएको बताएका छन् । सहभागीहरुले मधेशमा धेरै प्रतिभाशालीहरु व्यक्ति रहेको बताउँदै अवसर नभेटाउँदा प्रतिभा देखाउन नसकेको कुरा समेत दोहोर्याएका छन् ।
गणका गणपति खेमराज शर्माको अध्यक्षतामा भएको तालिम प्रतिभा प्रदर्शन कार्यक्रममा प्रमुख अतिथि जर्नल चितबहादुर गुरुंगले राष्ट्रिय सेवा दलले लिएको तालिमबाट समाजिक अनुशासन, देशप्रति वफादारिता, इमानदारिता र राष्ट्रको हरेक निकायमा सहयोग गर्ने भावना उत्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।
प्रमुख अतिथि जर्नल गुरुंगले छा    त्रछात्रामा यो तालिमबाट आत्मबल बढनुको साथै, कुसंस्कृति, समाजिक विकृतिको अन्त्य हुनुका साथै प्रशासनिक निकायप्रति इमान्दारिता आउने औल्याए ।

त्यस्तै गणपति शर्माले वि.सं. २०२२ सालमा देशभरिको विद्यालयहरुमा राष्ट्रिय सेवा दल (एनसीसी) तालिम परिचालन गर्ने तत्कालिन राजा महेन्द्रले नै घोषणा गरेको थियो । त्यही बेलादेखि यो तालिम सञ्चालनमा रहेको छ । तर अन्य ठाउँमा भएपनि धनुषामा पहिलो पटक भएको बताइएको छ । यो तालिम केही दिन बन्द भएको थियो । तर अहिले देशभरि सो तालिम सञ्चालनमा रहेको जानकारी गराएका छन् । धनुषाको माध्यमिक विद्यालय कुवा, जानकी माध्यमिक विद्यालय जनकपुर तथा क्षिरेश्वरनाथ माध्यमिक विद्यालय महेन्द्रर विद्यालयमा सो तालिम गराइएको जानकारी गराएका छन् ।

तीनवटै विद्यालयबाट १८ वटा छात्र र १८ वटा छात्रा गरी धनुषाबाट एकसय आठ जनाले यो तालिम प्राप्त गरेका छन् । यो तालिममा विद्यार्थीहरुको अनुशासन, राष्ट्र निर्माणमा सहयोग, इमान्दारिता, मुलुकप्रति वफादारिता तथा विपदाको समयमा सहयोग गर्ने सिखाइएको छ ।

सैनिक तालिम जस्तै एनसीसीको तालिम रहेको छ । २०७३ कार्तिक ३० गतेबाट सो तालिम शुरु भएको हो । टेकैण्डो, मार्सल आर्ट, मासपिटी, खुकुरी ढिरिल, कवच, साँस्कृतिक नृत्य, वतृत्वकला लगायतको तालिम दिइएको छ । विद्यालयमा ७९ दिनको तालिम समापनपछि २१ दिने आउट डोर तालिमका लागि यानसिला क्याम्प मोरंगमा हुनेछ । उक्त तालिममा राम्रो प्रतिभा देखाउनेहरुलाई पुरस्कार समेत गरिने बताइएको छ ।
तालिम लिएका छात्रछात्राहरुले खुकुरी चलाउने, आत्म रक्षाका लागि लड्ने, मुलुकप्रति समर्पित हुने तथा साँस्कृतिलाई उजागर गर्ने जस्ता प्रदर्शन गरेका छन् । उनीहरुले ‘अनारवती डोमरी तोहर डोम कतह गेलहुँ गे’ जट जटिन, नेपाली गीत लगायतको साँस्कृति कार्यक्रम गरी दर्शकहरुलाई मनमुग्द पारेका थिए ।

तालिम प्रतिभा प्रदर्शन कार्यक्रममा जानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक उमाकृष्ण लाल कर्ण, माध्यमिक विद्यालयका राजदेव दास, नेपाली काँग्रेसका नेता मनोज साह लगायतका व्यक्तिहरुले आफ्ना धारणा राखेका थिए ।
त्यस्तै उक्त कार्यक्रममा धनुषाका निमित्त जिल्ला शिक्षा अधिकारी दानीकान्त झा, सशस्त्रका प्रहरी उपरीक्षक उत्तमराज थनेत, प्रहरी उपरीक्षक लालमणि आचार्य, अभिभावक सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Friday, November 11, 2016

सद्भाव र एकताको पर्व छठ

कैलास कुमार
छठ पर्व सद्भाव र समाबेशी पर्वका रुपमा विकसित हुँदै गएको छ । पहिला प्रायः यो पर्व भारत बिहार तथा नेपालको तराईका जिल्लाहरुमा मनाईने गर्दथ्यो । तर अहिले पहाडी जिल्लालगायतका अन्य जिल्लाहरुमा समेत धुमधामसँग मनाउन थालिएपछि धार्मिक सद्भावको पर्वका रुपमा स्थापित हुँदै आएको हो । बिशेष शुद्धासुद्धी, हर्ष( उल्लास, परिवार, मित्रहरु, आफन्तजनहरुसँग भेटघाटको अवसरका रुपमा समेत यो पर्व बन्दै गएको छ । धनी, गरीब, हिन्दू, मुस्लिम, महिला, पुरुष, पहडी, मधेसी, हिमाली सबै वर्ग समुदायले मनाउन थालेको यो पर्वले मुलुकको बर्तमान अवस्थामा सामाजिक समानता कायम गर्न मद्दत पुग्ने गर्दछ ।

यो पर्वले समाजलाई एकवद्ध बनाइ, एकै आवाजलाई सामूहिक आवाज बनाएर लैजानका लागि यस्ता पर्व, मेला, चाडहरुले अत्यन्त ठूलो योगदान दिने गर्दछ । ‘छठ पर्वमा सबै धर्म, समुदाय र जातिका मानिसहरु एकै ठाउँमा भेला भएर मनाउने गर्दछन् । छठ पर्व गर्नाले सबैको सुख, शान्ति, भलाइको कामना हुने जनविश्वास रहेको छ । जसले गर्दा समाजका विभिन्न सदस्यहरुको वीचमा राम्रो सम्बन्ध, अन्तरसम्बन्ध सामूहिकपनको भावना, भाइचाराको सम्बन्ध, सबै खाले भेदभावको अन्त्य मित्रत्वको भावना, र सामूहिक एकताको विकास हुन्छ । जुन कुरा हाम्रो समाजलाई रुपान्तरण गर्नका लागि अत्यावश्यक छ ।’
छठ पर्वमा नदी वा पोखरी किनारमा भक्तजनहरु जम्मा भई अस्ताउँदो सूर्यलाई पूजा गरी मनाउने गरिन्छ । परिवारको ज्येष्ठ योग्य र स्वस्थ महिलाको नेतृत्वमा मनाइने सामूहिक पर्व छठ पर्व हो । यस समयमा छठ व्रत बसी सूर्यदेव र छठी माताको पूजाअर्चना गर्नाले आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वास रहेको छ । सबै धर्म समुदाय र जाति एकै ठाउँमा भेला भएर छठ पर्व मनाइने हुँदा यो पर्वको एउटा छुट्टै विशेष पहिचान रहेको छ । यो पर्वले भेदभाव, उच्चनिच, छुवाछुतलाई अन्त्य गर्दछ त्यसैले प्रेम, सद्भाव र एकताको प्रतीकको रुपमा छठ पर्वलाई मानिन्छ ।
धर्मग्रन्थहरुमा यस ब्रतलाई षष्ठीब्रत, सूर्यषष्ठीब्रत, रवि षष्ठीब्रत भनेका छन् । बोलचालको भाषामा छैठ(छइठ, छठिमाइ, छठि परमेश्वरी, रौनामाइ, लोहसार आदि भनि विभिन्न समाजमा विभिन्न नामले यो महापर्व प्रचलित छन् । प्रारम्भमा यस लोकपर्वलाई मूलरुपमा जनजातिहरु नै मनाउने गर्थे । हाम्रो मुलुकमा विशेषगरी मैथिली, मैथिल थारु, भोजपुरी, अवधि भाषाभाषीले “छठ पर्व” अधिक मनाउने गर्दथे । छठिमाईको महिमाबाट लाभान्वित भएका अन्य जातजातिहरुले पनि यो पर्व मनाउन थालेको साहित्यकार रामभरोस कापडिको भनाई छ ।
मिथिलामा एक लोक उखान ब्रतको सम्बन्धमा निकै प्रचलित छ । सोही मध्ये केही अंश अनुसार “ दशै सोरहे सुकराती, सुकराती छब्बे छैट” अर्थात विजयादशमीको सोरहौं दिनमा पर्ने सुकराती (तिहार(दिपावली) र तिहारपछिको छैटौं दिनमा पर्ने पर्वलाई “छठ पर्व” भनिन्छ । अर्थात शरदऋतुको कार्तिक शुक्ल षष्ठीका दिनमा छठ पर्व पर्दछ । जाडो र गर्मी दुवैवीचको मनोरम समय कार्तिक महिनामा उदाउन थालेको चन्द्रमाको छैठौ दिनमा हुने भएता पनि छठ पर्वको विधि तिहारको भोलिपल्ट देखि शुरु भएको मानिन्छ । तर, मुख्य विधि चाहि चन्द्रोदयको चौथो दिनदेखि प्रारम्भ हुन्छ । षष्ठीका दिन अस्ताउदो र सप्तमी तिथिका दिन उदीयमान सूर्यलाई पूजा गरी “छठ पर्व” समापन गर्ने परम्परा छ ।
ज्योतिष शास्त्रानुसार छठको समयमा ब्रहमाण्डमा सूर्य दक्षिणतीर भएकोले कन्या राशि स्थित हुन्छ, यस मनोमुग्धकारी, चित्तप्रसन्नकारी समयमा आकाश पूर्णतया निर्मल(कञ्चन हुन्छ । यस समयमा सूर्यको प्रकाश सबभन्दा प्रखर तथा  प्रभावशाली र मानवका लागि हितकारी हुन्छ ।
छठ पर्वका दिन पोखरी, नदी लगायतका घाटमा गाउने गीत बडो सुहाउँदो रहेछ । यस पवित्र पर्वमा प्रत्यक्ष पूजाको रुपमा सूर्यदेवको पूजा आराधना गर्ने गरेको देखिन्छ तर सम्बोधन छठ माता वा छठि परमेश्वरीको नामबाट गरिन्छ ।
काँचहि बाँसके टोकरीया हो दिनानाथ,
टोकरी लचकत जाय,
बाटमे पुछे जे बटोहिया, टोकरी केकर जाय
आन्हर होबे रे बटोहिया, सजल टोकरी छठिमायके जाय .... ।
छठ पर्वका दिन बाँसको ढाकीमा प्रसादका सबै सामग्री राखेर पूजन स्थलसम्म लागे बेला मिथिलाका नारीहरुद्वारा गाईने उक्त लोकगीतको पंक्तिमा दिनानाथ र छठिमाताको सम्बोधन गरेको देखिन्छ । तर, प्रत्यक्ष रुपमा सूर्यदेवलाई नै पुज्ने गरिन्छ, सो सम्बन्धमा विद्वानहरुले षष्ठीका दिन बेलुकी अस्ताउने सूर्यलाई पुजन गरिन्छ, वास्तवमा सो छठमाताको पुजन हुन्छ र सप्तमी तीथिका दिन प्रातकालिन जुन पूजा गरिन्छ त्यो सूर्यदेवको पूजा हो । सो पूजामा षष्ठीकादेवीलाई गौण मानिएको छ र सूर्यको प्रधान पूजा हुन्छ । षष्ठीका दिन हुने छठपर्वमा षष्ठीलाई देवी “षष्ठीका देवी” र दिनानाथलाई सूर्यदेव मानिन्छ । षष्ठी देवीलाई कार्तिकेयको पत्नी मानिएकोले प्रकृतिको छैठौं अंश र देव सेना पनि भनिन्छ ।
बृष राशिमा ६ वटा नक्षत्रको समुह रहेकोले कार्तिकेयलाई षष्ठी तिथीसंग जोडिएको कुरा धर्मग्रन्थमा उल्लेख भएको पाइन्छ । कार्तिकेय नाम भएको हुँदा कार्तिक महिनामा “छठ पर्व” मनाईन्छ ।  निचोडमा भन्नु पर्दा सीता(राम, राधे(कृष्ण जस्तै सूर्य ंषष्ठी .सूर्यष्ठी अर्थात सूर्यदेव र षष्ठीकादेवी (छठ माता) दुबैको एकसाथ उपासना गर्ने परम्परालाई नै “छठ पर्व” को रुपमा मनाउने चलन आजसम्म कायम छ ।
क्षितिजको प्रभातकालिन किरण पोखिएर आकाशमा राताम्य पिण्ड टुप्लुक्क(टुप्लुक्क हुन थालेको समयमा जुन अर्घ(पूजा ब्रतालुहरुद्वारा गरिन्छ सो छठमाताको र पूर्णप्रकाशमा गरिने पूजा सूर्यदेवको अंशमा जान्छ भन्ने मान्यता रहेको छ । षष्ठीका देवीलाई आलाहादिका शक्ति मानिएको छ । संसारमा मनाइने यहि एक यस्तो पर्व हो जसमा अस्ताउदो र उदाउदो सूर्यलाई पूजा गर्ने परम्परा छ । प्रसव पीडा पश्चात जन्मेको शिशुमाथि केही समयसम्म विशेष प्राण(संकट मडराइरहेको हुन्छ । सो संकट वितिसकेपछि छैठौं दिन “छठिहार” मनाउने  मनाउने परम्परा प्रायःहरेक समुदायमा विद्यमान छ । छठिहारका दिन रातमा एक तान्त्रिक देवीको पूजा गर्ने चलन यथावत रहेको छ । छठिहारमा पूजा गर्ने ती देवीको नाम पनि षष्ठी अथवा षष्ठीका देवी नै भनिन्छ भने हामीहरुले कार्तिक मासमा पूज्ने गरेको छैठ परमेश्वरी त्यही देवी हुन कि भन्ने प्रश्नको खोजी गर्नु पर्ने देखिन्छ । तर विचारणिय कुरो के छ कि बालबालिका जन्मदाको छैठौं दिनमा मनाउने “छठिहार” (छठि) अनिवार्य रुपले मनाउनु पर्दछ । छठिहार अनिवार्य छ भने “छठपर्व” ऐच्छिक रहेको छ ।
छठ पर्वका बिषयमा विभिन्न कथा र किंवदन्ती रहेको पाइएको छ । यसको शुरुवात कहाँबाट र कसरी भएको धार्मिक ग्रन्थहरुको अलग(अलग मान्यता देखिएको छ । द्रौपदीले पति र छोराको दीर्घायु र उन्नतिका लागि यो व्रत गरेको भनेर मानिंदै आएको छ । महाभारतमा पाँच पाण्डवले बसेको गुप्तवासको सफलताको कामना गर्दै द्रौपदीले छठ पर्व गरेकी थिईन् भन्ने पनि छ । त्यही बेलादेखि नै छठ पर्वको सुरुवात भएको धेरैको भनाइ छ । तर पिता श्रीकृष्णको श्रापबाट कुष्ठरोगले पीडीत बनेका साम्ब सुर्यको आराधनाबाट रोगमुक्त बनेपछि छठको चलन चलेको साम्बपुराणमा उल्लेख रहेको छ । कसैले सत्ययुगमा सरयाती नामक राजाका सुपुत्री सुकन्याले पहिलो पटक छठ गरेको पनि बताईन्छ । वर्तमानमा छठ पर्व गर्नाले सन्तान प्राप्ति, कुष्ट रोग निको हुने लगायतका जनविश्वास रहेको छ ।
जनविश्वासका अनुसार द्रौपदीसहित पाण्डवहरु अज्ञात वासमा रहँदा सो गुप्तवास सफल होस् भन्ने कामनाका साथ पाण्डवहरु सूर्य देवलाई आराधना गर्दै थिए । सो समयमा पाण्डवहरु मिथिलाको विराट राजाका क्षेत्रमा बास बसेका थिए । यो लोककथनलाई सत्य मान्ने हो भने छठ पर्वको शुरुवात महाभारतकाल अर्थात द्वापरयुगमा भएको मानिनु पर्दछ । सूर्य पुराणमा वर्णित कथा अनुसार कार्तिक शुक्ल षष्ठीमा हुने गरेको यो पर्व सर्वप्रथम अत्रिमुनीकी पत्नी सती अनुसूयाले गरेकी थिइन र सोही समय देखि “छठ पर्व” गर्ने परम्परा आरम्भ भएको तथ्य उल्लेख भएको भेटिन्छ । अनुसूयाले सुख, सौभाग्य तथा दाम्पत्य प्रेमको एक निष्ठताका लागि षष्ठीब्रत गरेकी थिइन । बैदिककाल पछि संसारमा सूर्यपूजा र आराधना गर्ने चलन युनानी सभ्यताको आदिकालका ग्रीक समाजबाट शुरु भएको थियो । तर, छठ पूजाको शुरुवात भने शाकलद्विपी भन्ने समाजबाट शुरु भएको पुष्टी हुन्छ ।

यता ऋग्वेदमा उल्लेख अनुसार दिनकर दिनानाथ अर्थात सूर्य पूजा र षष्ठीकादेवी अर्थात छठमाताको ब्रतको प्रारम्भिक अनुष्ठान सर्व प्रथम अत्रि मुनिकी पत्नी सती अनुसूयाले गरेकी थिइन भने लोक मान्यता रहेको छ । अनुसुयाले सुख, सौभाग्य तथा दाम्पत्य प्रेमको एक निष्ठताको लागि षष्ठीब्रत गरेकी थिइन ।
च्यावनप्राशको सेवन गरि बृद्धावस्थाबाट युवावस्था प्राप्त गर्नु भएको च्यवन रिषीको पत्नी अनुसूयाले छठब्रतको कठोर अनुष्ठान गरेर आफ्नो दृष्टीहीन पतिलाई दृष्टी दिलाइएकी थिइन । त्यस्तै भगवान श्रीकृष्णका पुत्रद्वय साम्बन तथा मयुरले सूर्योपासनाद्वारा कुष्टरोगबाट मुक्ती पाएका थिए । ऋग्वेदको एक श्लोकमा भनिएको छ ः
“सप्तत्वा हरितो रथ बहिन्ति देव सूर्य ।
शोचिष्ट केश विचक्षणः ।।
अमुक्त सप्त शुन्ह युवः सुरोस्वस्थ नप्तः
तामियोति स्वयुक्तिभि” (५०(८(१)
जसको अर्थ सूर्य सारथी हो । यसको किरण प्रकाश सप्तरंगी छ । त्यसैले सात संख्याले हाम्रो जीवनमा महत्व राख्दछ । सूर्यको पूजा पनि सप्तमीकै दिन हुन्छ । षष्ठीका दिन हुने पूजा षष्ठीका देवी अर्थात छठ माताको हुन्छ । सात दिन, सात सुरहरु पनि सूर्यको कथासंग जोडिएको पाइन्छ ।
यज्ञ दान व्रत तपः कारिणे मानववाश्च ये ।
कार्तिक व्रत पुणस्य नाप्रवन्ति कलामाथि ।।
एवं यें कार्तिक मासे नारा व्रतपरायणः
केमसान्निध्य गतास्तेपि प्रीतिदास्त्व मथा मम ।।
पद्म पुराणमा वर्णित उक्त श्लोकले यो बोध गराउदछ कि यज्ञ, दान, ब्रत र तपस्या गरेर जुन फल प्राप्त हुन्छ सो फल भन्दा सो¥ह गुणा अधिक फल कार्तिकको व्रत गर्दा प्राप्त हुन्छ । जुन व्यक्तिले सूर्य षष्ठी ब्रत गर्नेछ सो सदैव मेरो नजिक अर्थात परमात्माको नजिक रहने छ र त्यसको सम्पूर्ण पाप नष्ट हुने छ । चाक्षुषोपनिषदमा सांकृति मुनिले आदित्यलोकमा गएर भगवान सूर्यलाई नमस्कार गरि प्रार्थना गरेकोेले चाक्षुष्मती विद्या प्राप्त गरेका थिए । महाराजा राज्यवद्र्धनले सूर्यको आरधनाद्वारा दीर्घायु प्राप्त गरेभने राजा प्रियतले षष्ठी(देवी (छठमाता) को उपासना(पुजा गरेर आफ्ना मृत पुत्रलाई जीउँदो प्राप्त गरेका थिए । देउताहरुको आमा अदितिले भगवान सूर्यलाई नै पुत्रको रुपमा प्राप्त गरेक िथिइन जसले गर्दा सूर्यको नाम आदित्य रहन गएको हो र आदित्यलाई परब्रहमा परमात्मा मानिएको कुरा ब्रह्म सुत्रमा उल्लेख छ । मार्कण्डय पराणमा पनि सूर्य परमपिता ब्रम्हाकै रुपमा देवस्वरुप रहेको भनिएको छ । यस हिसावले हेर्दा सूर्य षष्ठी ब्रत अर्थात छठ पर्वमा सूर्यदेवको रुपमा ब्रम्हाको पूजा हुन्छ भन्ने प्रमाणित हुन्छ । “आदित्यो वै तेज ओजो बल यशश्चक्षः श्रोय आत्मामन” (ऋग्वेद १(११५(१)
आदित्य मण्डलको अन्त्यमा स्थित सूर्य देवता अधिक प्रेरक, अन्तर्यामी, परमात्मास्वरुप छन् र सूर्य नै जीवन, तेजस्वी, ओजस्वी, बल, यश, चक्षु श्रोत तथा आत्मा र मन हो, ऋग्वेदमा भनिएको छ ।
आजपनि “छठ पर्व” गर्नेहरुले धन, पुत्र, रोगव्याधि र सु(यश् प्राप्त गर्ने उदेश्यले यो ब्रत गर्ने गर्छन । विश्वास राखेर पर्व गरे अनुसारको फल पनि प्राप्त छठ ब्रत गर्नेहरुले गरिरहेका हुन्छन् । “छठपर्व” गर्नेहरुको घरमा जति जना सन्तान हुन्छन् त्यति जनाको नाममा अर्घ चढाउने गर्छन् । यस दृष्टिले छठ पर्वलाई मानव समुदायको प्राचिन पर्व मान्नु पर्दछ । किनकी संसारमा आदिशक्तिको रुपमा सूर्यलाई हामंो धर्म ग्रन्थहरुले प्रमाणित गरिसकेको छ । थरिथरकिा धर्म र देवी देवताको उत्तपति हुनु अगावै संसारका सर्व शक्तिमान देवताको रुपमा सूर्य नै रहेका थिए । आधुनिक विज्ञानले पनि ब्रम्हाण्डको सर्वाधिक उर्जावान, शक्तिमान ग्रहको रुपमा सूर्यलाई मानेको छ । ऋग्वेदकोः(७(६३(३) मा पनि “हे जाज्वल्यमान सूर्यदेव, जब तिमी उषाको काखमा उदाउँछौ तब भक्तजनहरु गीत गाएर तिम्रो स्तुति गर्दछन् ।” भनिएको छ ।
आयुर्वेद अनुसार आर्य जातिको एउटा समुह “शक” भन्ने जात छरिएर क्यासपिन सागरको तटवर्ती क्षेत्रका (द्विप(टापु) हरुमा बस्न थाले, यिनीहरु द्विपमा बसेको हुदा कालान्तरमा गएर शक भन्ने जात क्रमशः “शक द्विपी” र शकद्विपीबाट “शाकलद्विपी” हुनु गयो । यी जातका मान्छेहरु नारायण विष्णु तथा पानीका पूजक थिए भन्ने कुरा “हेब्रुको इतिहास” तथा “बाइबल” मा उल्लेख छ । शाकल द्विपीहरु प्रायः वैद्यका काम गर्थे । टापूमा बसेको हुदा घाम पाउदैन थिए । घामको ओजस्वी किरण पाउन लालयित रहन्थे ।
आयुर्वेद अनुसार सूर्यको किरणले भिटामिन प्रदान गर्नुको साथै अतिरिक्त शरिरका कैयौं रोगव्याधिहरु नाश गर्ने भएकोले सूर्यको प्रकाश प्राणीमात्रलाई होइन सम्पूर्ण जीवजन्तु बनस्पतिलाई अनिवार्य रुपमा चाहिएको हुन्छ । पछि शाकलद्विपीहरुले सूर्यको प्रकाशपाउन थालेपछि सूर्यलाई सर्वशक्तिमान देवता र आयुर्वेद तथा अध्यात्मिक औषधिको श्रोत मानि पुजा गर्न थाले । शाकलदिपी मुनी अनुसारको चलन चल्दै आएकोले सोही परम्परा आज पनि रहेको तर आज सूर्य पुजा कम र छठको नामले यो पर्वले अधिक प्रसिद्ध पाएको छ भन्ने कुराको वर्णन भेटिन्छ ।
तर मैथिलीका प्रकाण्ड विद्वान स्व.पण्डित अमृतानाथ मिश्र एउटा पुस्तकमा लेखेका छन्(संसारमा सबभन्दा पहिला लेखिएको ग्रन्थ ऋग्वेदको रचना भएको बेलादेखिनै यो पर्वको थालनी भएको हो । ऋग्वेदिक कालमा ऋषिहरु नैवेद्य हवन कुण्डमा राखि सूर्य देवलाई पुजा गर्थे । हामीहरु सूर्यदेवलाई अर्घ देखाई पुजा गर्ने गर्छाै फरक यति नै हो । वैदिक कालमा पनि सुर्य षष्ठीव्रत हुन्थ्यो र आजपनि हुन्छ ।
उल्लेखित कथनहरुले प्रष्ट हुन्छ कि छठ चाहे जुन कालदेखि थालनी भएको होस तर यो आजको आधुनिक समाजले चलाएको चलनको पर्व होइन ।  यसको एक प्राचिनतम इतिहास छ, गहनतम् विषय छ र यसको पौराणिक तथा ऐतिहासिक पृष्ठभूमि छ । त्यसैले जनजनमा छठ माताप्रति श्रद्धा भक्तिभावको लहर हरेक व्यक्तिको नसनसमा समाएको छ ।
छठ पर्व मनाउने विधिः “छठपर्व” मनाउने महिला वा पुरुषहरुले ब्रतमा बस्नु भन्दा अगावै अर्थात कार्तिक महिना लागेदेखि माछा(मासु खान बन्द गरी दिन्छन् । तिहारको चौथो दिन नित्य कर्मपछि ब्रतमा बस्नेहरु लसुन, प्याज, उसिना चामलको भात बाहेक शुद्ध शाकाहारी खाना, अरवा चामलको खीर, दुध, केरा खान्छन् । यस दिनलाई बोलचालको भाषामा मैथिलहरुले “नहाय खाय”नुहाई खानु भन्छन् । पञ्चमी तिथीका दिन ब्रत बस्नेहरुले दिनभरीको उपवासपछि साँझपख नुहाई धुआई गरी, नयाँ लुगा लगाई आफ्नो कुल देवता भएको कोठामा अथवा अन्य पवित्र ठाउँमा आषाढमा उब्जेको धानको चामल, खेसारी, उडिदको दाल उसिना चामल बाहेकका, नुन रहित स्वच्छ खाद्य सामग्रीबाट पवित्रता पूर्वक खाने परिकार पकाउछन् । यस्ता खाने कुरा छुट्टै माटाको चुलोमा माटो, पित्तल वा तामाको भाडामा तयार पार्ने गरिन्छ ।
विभिन्न खाद्य सामग्रीका अतिरिक्त अरवा चामल (बासमती, तुलसिफुल वा गम्हरी धानको चामल) गहूँ आदिलाई खल, जातो वा ढिकीमा कुटानपिसान गरि दुध, सख्खरबाट खिर, गहँुको पिठोबाट शुद्ध घ्यूमा पकाइएको पुरी, पाकेको केरा अनिवार्य हुन्छ । यसका अतिरिक्त मेवा, मिष्टान्न, फलफुलहरु पनि राखिन्छ । खानेकुराहरु तयार पारिसकेपछि पुजा गर्ने ठाउँमा गाईको गोवरले लिपोत गरी ठाउ दी, गंगाजल छर्केर भूमिलाई शुद्ध गरिन्छ । यसरी शुद्ध गरेको भूमिमाथि अरवा चामललाई पानीमा भिजाएर तयार पारिएको पिठोको झोल “पिठार”द्वारा भूमिलाई सुशोभित गर्न चित्र बनाइन्छ । त्यसपछि सो भूमि चित्रमाथि केराको पातमा खिर, पुरी, केरा, फलफुल, मेवा(मिष्ठान्न, तुलसीको पात, पानको पात, सुपारी आदि सबै थोक राखि पूजा गरिन्छ । आरती, पुजन पछि परिवारका ठुलाबढा सबैले प्रसाद राखेर पुजा गरेको ठाउँ “न्योज” अगाडि प्रणाम गरिन्छ । त्यसपछि चढाएको परिकारहरु प्रसादको रुपमा ब्रतधारी सहितले खाने गर्दछन् । छर छिमेकलाई समेत सो प्रसाद बाट्ने गर्छन् । जसलाई न्योज भनिन्छ । यसरी पञ्चमी तिथीमा दिनभरीको निआहारपछि रातिमा गर्ने पूजा र फलाहारको यसदिनको पर्वलाई “खर्ना” भनिन्छ । खर्नाको दिन छठमातालाई पूजा स्विकार गरी पुजनमा आउनु हुन्छ भन्ने आमन्त्रणा पनि गरिएको मानिन्छ ।
षष्ठीका दिन ब्रत बस्नु पर्दछ र ब्रत बस्ने महिला पुरुष अन्नजल ग्रहण गर्दैनन । विहानै देखि स्वच्छपूर्वक तयार पारेर राखेको गहुँको पिठो, अरवा चामलको पिठोको गुडबाट (ठकुवा) एक प्रकारको रोटी, शुद्ध घ्यूमा पकाइन्छ भने चामलको पिठोलाई घ्यूमा घुटेर गुडको पाक मिसाएर ल्वाङ(सुकुमेल, नरिवल, छुहोरा, किसमीस, काजु आदि हालेर “भुस्वा(कसार” एक प्रकारको लड्डु तयार पारिन्छ । केरा, उखु लगायत विभिन्न फलफुल, गेडागुडी, विभिन्न खाद्य परिकारहरु बाँसको डालोमा राखी बेलुकी सुर्यास्त हुनभन्दा केही घण्टा अघि कुनै पवित्र सरोवर(नदि(पोखरीको किनारमा गई सबै थोक बाँस र माटोबाट बनेका भाडाहरु अथवा वितल, ताम्बाका भाडामा अर्घ भने प्रसाद सामग्री सजाएर, धुप, दीप बालेर राखिन्छ । साँझपख ब्रतालुहरु स्नान गरी नयाँ वस्त्र लगाएर कम्मरसम्मको पानी भित्र सुर्यास्तको प्रतिक्षामा आफ्नो दुवै हात जोडेर उभिएका हुन्छन् । सूर्यास्तमा अर्घ लिएर पश्चिम दिशातर्फ देखाउछन् र अर्घ देखाई सकेपछि ब्रतालुहरु पुनः स्नान गरी नयाँ लुगा लगाई घर फर्कन्छन् । प्रसादका सम्पूर्ण सामग्रीहरु रातभरि जलाशय स्थानमै छोडेर घर जान्छन् । यस दिनको पुजनलाई “संझिया अरक” भनिन्छ ।
राति घर फर्केका ब्रत गर्नेहरु आ(आफ्नो घरको आँगनमा पाँचवटा ऊखुलाई एक आपसमा बाँधी वीचमा रातो कपासको कपडामा अक्षता, सुपारी, पान आदि  राखि (माटोको भाडा) “कोशिया” भर्ने विधि पूरा गर्छन । मैथिली महिलाहरुको झुण्ड गीतगाएर बस्छन् भने पुरुषहरु छठ घाट  (नदि, तलावको पूजा स्थल) मा बसी रमाइलो गर्छन् ।
विहान सप्तमी तिथीका दिन पुनः हिजोको क्रम दोहो¥याई उदीयमान सूर्यलाई अर्घ पुजन गरि ब्रत समापन गरिन्छ । अरक सुर्य देवलाई देखाउने समयमा टोल(छिमेक र घर परिवारका व्यक्ति (जो व्रत बसेका हुदैनन्) ले दुधको ढार सुर्यदेवलाई देखाउदै अरघ प्रसादमा हालिन्छ ।  पुजा समाप्ति पश्चात ब्रतधारीहरुले माटाको प्रतिकात्मक चित्र (गोड. गणेश) बनाई गुड चामलको प्रसाद चढाई गौड गणेशलाई विसर्जन गर्छन् । सो पछि गुड अदुआ वर्तालुहरुले सेवन गरि छठमाताको कथा बुढापाकाहरुबाट सुन्छन् । कथा श्रवण गरेपछि घर फकिन्छन् र प्रसाद ग्रहण गरी ठकुआ, भुसवा र भात, दाल, तरुआ, तरकारी, दही, दुध आदि खाएर वर्तालुहरुले ब्रत समापन गर्ने गरेको परम्परा रहेको छ ।
छठ पर्वमा आवश्यक पर्ने सामग्रीः
बाँसबाट बनेका वस्तु ः ढकी वा चगेरा, कोनिया, कनसुपति, सुप्पा(नाङ्गलो), सानो नाङ्गलो माटोबाट बनेका वस्तु ः कोशिया, कुरवार, दियो, कन्तरी, हात्ति, घोडा, हण्डी अन्नमा ः गम्हरी धान वा वासमति चामल, मटर, केराउ, गहुँको पिठो, चामलको पिठो फल ः स्याउ, सुन्तला, केरा, केसौर, सिगारा, जट्टा नारियल, गगडिया निम्बु (भोगटे), कागती वा ज्यामिर, निम्बु, कुशियार (ऊखु), अनार, सरिफा, अम्बा, नास्पाती आदि कन्दमुल ः अलुवा (शकरकन्द), सुथनी, हरदी(वेसार) अदुआ, मुला, गाजर, चुकुन्दर, कचुर बोटसहित ।
मिष्ठान ः खाजा मिठाई, मुंगवा मिठाई, चिनीको लडु, ठकुआ, कसार, भुस्वा, पुरी, नारियलको लडु ।
सुक्खा मेवा ः नारिवल, छोहरा, किशमिश, पिस्ता, कावुली वदाम, चिनियावदाम, काजू, अंजीर, मखान, ल्वांग, सुकुमेल, ठूलो एलाईची, दालचिनी, सौफ, मरिच, मिश्री आदि ।
अन्य ः अरतक पात, सिन्दुर, चन्दन, गंगाजल, पानको पात, सुपारी, घ्यू, बद्धी (धागोको रातो माला), फुलमाला, गुड, अगरवत्ती, धुप सलाई, हवन सामग्री, गाईको दुध, घर परिवार समेतका लागि नयाँ वस्त्राभुषण, पर्वको पारनको दिन खाने विशेष परिकारका खाद्य पदार्थ आदिको आवश्यकता छठ पर्वमा पर्दछ । अमनिया पूर्णतः शुद्धताका साथ सबै सामग्री राख्नु पर्छ । भुलवस पनि विधिमा केही गडबडी भयो भने कुनै बाधा, अडचन आइहाल्छ । छठ पर्व मनाउनेले आपसेआप थाह पाइन्छ कहाँ के को कमी भएको छ ।
छठ पर्वको पुजनमा प्रयोग हुने अधिकांश सामग्रीहरुको नाम “क” बाट नै शुरु हुन्छ । जस्तो कोसिया, कुरवार, कसौर, कुसियार, केरा, कोनिया आदि यसले यो पनि बोध गराउछ कि “क” ले कर्म गर्नुपर्छ । किनकी मानव जातलाई कर्ममा विश्वास राख्ने प्राणीको रुपमा मानिएको छ । मानवले कर्म गर्दै जानुपर्दछ र साँचो मनले गरेको कर्मको फल सदैव मिठो नै हुन्छ भन्ने बोध गराउदछ । यो पर्वको पलफुल, मेवा, मिष्ठान, पुजा नहुन्जेलसम्म, त्यसै छोडदा चोर त के पशु पक्षीले खादैनन् । यो पनि यस पर्वको विशेषता हो । मानिसको मनोवाञ्छित फल प्राप्त हुने र सुयश प्रदान गर्ने एकमात्र पर्व छठ रहेको छ । त्यसैले यस पर्वलाई पर्व नभनि मिलिाञ्चलको महापर्व भनिन्छ ।
केरा जे फरल घउरमे ओहिपर सुगा मराय,
मारबौ रे सुगवाधनुषसे सुगा गिरे मुरुझाय,
सुगनी जे कानति वियोग सँ दिनानाथ होयब सहाय ।
छठ पर्वमा गाईने उक्त गीतको पंक्तिले केराको घउर फलेको र सो फल छठ पूजाको लागि चढाउन राखेको तर सुगाले त्यो फल जुठो पार्न आइरहेको छ, त्यसलाई धनुष वाण हान्नेछु र ऊ मुर्छित हुन्छ । पछि सुगाको सुगनी रुन्छीन भने दिनानाथ (सुर्यदेव) त्यो नमरोस् र डराएर पर जाओस् भन्ने सहायता तपाईले प्रदान गर्नु होला भनी सो गीतको अभिप्रायः रहेको छ ।
यस पर्वमा सबै जात, डोम, कुम्हाल, मालि, पान बेच्ने (वरइ तम्बोली) सबै जातजातिद्वारा तयार पारिएको सामग्रीको आवश्यकता पर्ने भएकोले यस पर्वले जातिय छुवाछुत प्रथालाई पनि नकारेको छ । सबैमा सम्मान भाव, आत्मीयता दर्शाउने र सद्बुद्धी प्रदान गर्ने छठ पर्वमा श्रद्ध, समर्पण र सतर्कता पुल आधार हो र यहि तीन कुरामा केन्द्रित भई “छठ पर्व” मनाउदा आत्मिक शान्ति, आपसी प्रेम प्राप्त हुन्छ । चर्मरोग नाशक, आयोग्य प्राप्ती, धन, यश, वैभव र सुद(समृद्धि प्राप्त हुन्छ भन्ने श्रद्धा र विश्वासका साथ यो महापर्व पवित्रतापूर्वक मनाउनु पर्दछ ।

छठमा बाँस भाँडाकुडाको महत्व

कैलास कुमार
छठ पर्वमा बाँसको समाग्रीहरुको ठूलो महत्व हुन्छ । छठ पर्व नजिकदै जाँदा बाँसका भाँडाकुरा बनाएर गरीब तथा विपन्न परिवार आत्म निर्भर बन्न पुग्दछ । छठमाता र सूर्यदेवलाई बाँस र बेतबाट निर्मित डालो, नाङ्गलो र टपरीमा अर्घ दिनुपर्ने चलन रहेको छ ।

त्यसैले बाँसका भाँडाकुडा बनाएर विशेष गरी डोम समुदायले मनग्य आम्दानी गर्न गरेको छ ।
महोत्तरीको एकरहिया गाउँमा दिनभरि दलित वस्तीहरुमा बाँसका भाँडाकुडा बनाउनेमा व्यस्त देखिन्छ । त्यहाँका डोम, चमार, तत्मा लगायतका समुदायहरुले बाँसको छिटी, डालो नाङलो लगायत बनाएर मनग्य आम्दानी गर्ने गरेको छ । महोत्तरीको खैरबा ६ का अधिकांश दलितहरुले छठ नजिदै जाँदा बाँसका भाँडाकुडा बनाएर आम्दानी गर्दै आएका छन् । उनीहरु एक दिनमा तीनदेखि चारवटा बाँसको छिटी बनाएर बेच्ने गरेको छ ।

यहाँका डोम र दास समुदायले डोम समुदायले बर्सेनि छठ पर्वमा बाँसका भाँडाकुडा बेचेर यथेष्ट आम्दानी गर्दै आएको छ । छठमा बाँसबाट तयार गरिएका डालो, नाङ्लो, टपरी लगायतका भाँडाकुडाको प्रयोग गरिन्छ । खैरबा ५ का दुःखरण दास कात्तिक लाग्ने बितिक्कै बच्चादेखि बूढासम्मले डालो, नाङ्गलो र टपरी बनाउने गरेका बताउनुहुन्छ । छठ पर्वमा छठमाता र सूर्यदेवलाई बाँस र बेतबाट निर्मित डालो, नाङ्गलो र टपरीमा अर्घ दिनुपर्ने हुन्छ । त्यसैले प्रत्येक परिवारले बाँसका भाँडाकुडा किन्ने गर्छन् ।
एउटा बाँसको छिटो ४देखि ५ सयमा बिक्री गर्दै आएको सोही गाविसका विष्णु दास बताउँछन् । दासका अनुसार हामी बाँस पनि किनेर ल्याउँछौं र त्यसबाट बाँसका भाँडाकुडाहरु बनाएर बाजारसम्म पुर्याउँने गर्छु । धेरै जना यहाँबाट नै किनेर लान्छ । यसबाट मासिक १५देखि २० हजारसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । बाँसको भाँडाकुडा अन्य बेला त्यति बिक्री हुँदैन । अब पर्व त्योहारको बेलामा मात्र यसको महत्व बढेको छ, अन्य बेलामा कसैले किन्दैन । बाँसको भाँडाकुडा विशेष गरी दीपावली तथा छठ पर्वमा बढी बिक्री हुने गरेको उनी बताउँछन् ।
बाँसको अन्य महत्व

बाँस परापूर्वकाल देखि निर्माण कार्यमा प्रयोग हुने र  भूमि तथा जलाधार संरक्षणमा आदिकाल देखि प्रयोग हुदै आएको छ । बाँस भौतिक, सामाजिक, धार्मिक, साँस्कृतिक, आर्थिक, बैदिक, औद्योगिक, औषधो, वातावरणीय दृष्टिकोणबाट असाध्यै मानव जीवनको अमूल्य वनस्पति हो । यो नेपालको पूर्व देखि पश्चिमसम्म तराईको भूभाग देखि उच्च पहाडसम्म हुने  गर्दछ । नेपालमा पाइने ४० प्रजातिका बाँसहरु पाइन्छ । तर अधिकाँस पुर्वी नेपालमा बढी मात्रामा पाइन्छ ।  बाँस विशेष गरी प्राकृतिक जंगलमा पाइने गर्दछ तथा गाउँ वरिपरि र निजि जग्गामा पनि धेरै लगाइने गरिन्छ । यसको हल्का बजन, धेरै लचिलोपन तथा फाट्ने÷ चिरिने गुण भएकोले भूकम्प, बाढी, पैरो, आगलागी जस्ता प्राकृतिक प्रकोपमा तत्काल घर निर्माणका उचित सामग्रीको रुपमा मानिन्छ । यो संसारमै बढी कार्वन डाइअक्साइड भंडारण गर्ने काठको रुपमा चिनिन्छ र पृथ्वी तात्नबाट पनि बचाउँछ ।
उपयोगिता ः बाँस अरु वनस्पतिभन्दा निम्न गुणहरुले गर्दा बढी उपयोगी मानिन्छ ।
बानस्पतिक प्रजनन् तथा विस्तार क्षमता, अनेकौ पटक दोहन तथा कटानी गर्न सकिने गुण,बलियो तथा हल्का वजनको वस्तु, कमसल र अबल जग्गामा हुने क्षमता, छोटो अवधिमा तयारी हुने,अरु रुखहरुसँग लगाउन मिल्ने । यसको प्रयोग आहारा देखि पूर्वाधारसम्म  गरिन्छ ।
भान्सा तथा घरायसी कार्यमा ः बासको तामाबाट तरकारी, अचार, आदिको रुपमा प्रयोग हुने गर्दछ । बाँस आदि काल देखि घर बनाउन, गाइवस्तुको घाँस,सोतर, बन जंगलमा हात्ती तथा जनावरहरुका घाँसमा प्रयोग गरिन्छ । अन्न नाप्न तौल्न माना पाथी, सेर आदिका भाडा बाँसको बनाउने चलन अहिले पनि विधमान छ । यो दाउराको रुपमा पनि प्रशस्त प्रयोग गरिन्छ । बाँसकै पानको सिनका, दाँत खोदने सिन्का, आइसक्रीम तथा अगरबतीको सिन्का बनाउन असाध्यै प्रयोग  गरिन्छ । पार्क, बगैचा तथा घर आँगनमा सौन्दर्यताका लागि पनि बाँस लगाउने गर्दछ । बर्षात तथा हिउँदको बेला वा अन्य घाँसको अभावको बेला बाँसको पात गाईवस्तुलाई खुवाउन सकिन्छ ।
कृषि कार्य ः बाँसको प्रयोग कृषि कार्य जस्तै माटो सम्याउने पाटा, हलोको जुवा, हरिस, गाडाका पार्टहरु तथा उत्पादन भण्डारण गर्ने भकारी, डोको, टोकरी, ढकिया, सुपा, नांगला, चाल्नो आदि बनाउनमा गरिन्छ । बाँसको सिढि, मचान, तरकारीको झाँग, बार, गाइवस्तुको जाबो, घाँसको डेली, आदि बनाउन प्रयोग गरिन्छ । बाँसको प्रयोग सिँचाइको बोरिगको लागि पाइप, कुलो, कुखुराको दाना खुवाउने भाडो, दुध दही ध्यू राख्न भाडो, माछा मार्न तथा संकलन गर्न विभिन्न सामग्री, बनाउन, ढिकी पम्प बनाउन, गमला, नर्सरी, टनेल, थाक्रा तथा हरित गृहका साथै अनेकौ कृषि औजार उपकरण बनाउन प्रयोग गरिन्छ ।
निर्माण तथा फर्निचरमा ः बाँस घरको खम्बा, कोरो, धुरी, टाटी, छेकबार, टेन्ट, गोठमा प्रशस्त प्रयोग गरिन्छ । बाँसको प्रयोग आजकल फलामको डन्डीको सटा बाँसको भाटा प्रयोग गरिन्छ । घरको झयाल ढोका छाना आदिमा प्रयोग गरिनुकाु साथै आजकल बाँसको प्लाइ समेत बजारमा उपलब्ध हुन थालेका छन । बाँसको विभिन्न किसिमका आकर्षक फर्निचरका सामग्रीहरु जस्तै कुसी, मेच,मुढा, टेबल, बेन्च, डस्ट बिन, दराज, बुक रयाक, आदि सर्वा्धिक प्रयोग हुन थालेका छन । बाँसको प्रयोग ससाना पुल पुलेसा बनाउन देखि नदीको बाँध बाँध्न प्रयोग गरिन्छ । घर ढलान गर्न सेन्टिूग गर्न बाँसको प्रशस्त प्रयोग गरिन्छ ।
मनोरंजन तथा खेलौना ः धेरै जसो होटेल चमेना गृहमा बाँसको कटेज बाँसको बनाएको हुन्छ । आजकाल बाँसको धेरै हस्तकलाका सामग्री तथा खेलौनाहरु प््राख्यात हुन थालेका छन । धेरै पार्क तथा मनोरंजन स्थलमा बाँसको आकृति तथा पूर्वाधार बनेको पाइन्छ ।बाँसको बच्चाहरुको लागि पिंग तथा दशैमा पिंग बनाउन प्रयोग गरिन्छ । तराइ तथा भारतमा खेलिने डाँडिया, लाठी,आदि पनि बाँसकै बनाइन्छ । तराइमा मानिने हिन्दुहरुको महाविरी झंडा, शिवको काँवर, मुसलिमहरुको तज्या बाँसबाट बनाइने गरिन्छ । संगीतका सामग्री जस्तै बाँसुरी, सांरंगी, आदि बाँसबाट बनाइन्छ ।

धार्मिक, साँस्कृतिक तथा बैदिक कार्यमा ः बाँसको प्रयोग छठ पुजाको ढकिया, सुपा, नांगला बाँसकै प्रयोग हुन्छ । विवाहमा प्रयोग हुने मडवा, मंडप, डाला, बाँसको बनाएको हुन्छ । पूजा, ब्रतबन्ध, विवाह तथा अन्यशुभकार्यमा हरियो बाँसको झन्डा घरको आँगनमा प्रयोग गरिन्छ । मान्छे मृत्यू पश्चात हरियो बाँसको खटोला पालकी, फर्की बनाइन्छ ।
औषधी तथा औधोगिक ः गाइवस्तुको पेट झर्ने तथा साल भर्ने ढिलो गरेमा बाँसको कलिलो पात खुवाउनु पर्दछ । बाँसको गाँठको रौंहरु काटेको ठाउँमा रगत बन्द गर्न मदत गर्दछ तथा बाँस लोचन भन्ने बैदिक गुण भएको बस्तु बाँसमै पाईन्छ । बाँसबाट विभिन्न उद्योगहरुमा कच्चा पदार्थको रुपमा पेपर, कुट तथा विभिन्न फर्निचर, खेलौना, उपहार, मनोरंजन सामग्री बनाउन प्रयोग गरिन्छ ।
बिपतका पूर्वाधार निर्माण ः बाढी, भुकम्प, आगलागी, पैरो जस्ता विपतमा शिघ्र आश्रयका लागि टहरा, टेन्ट बनाउन र सडक कटान तथा बाढीको बेला बाँसको पुल, बनाउन सकिन्छ । हालसाथैको महाभुकम्पको कारण लाखौ घरपरिवार छद विछेद भएको अवस्थामा भारत लगायत अन्य ठाउँबाट आएको बाँसले देशमा टेन्ट बनाउन धेरै राहत पुरयाएको छ । नेपाल बाढी पैरो कटान धेरै नै जाने भएकोले यसलाई भूक्षय जानबाट रोक्न धेरै नै प्रयोग गरिन्छ ।
औजार उपकरण ः सिकारका हात हतियार जस्तै बाण, धनुष, माछा मार्ने बल्छी, पेरुगों, चाँचर, ढुंग्रो, भाला, आदि बनाउने पनि गरिन्छ । त्यसैले बाँस विश्वमा आश्रय, जिविकोपार्जन, बातावरण तथा खाद्य सुरक्षाका चुनौतीमा सहयोगी मानिन्छ र अतः गरीवहरुको काठ तथा हरियो सुन पनि भनिन्छ ।
प्रजातिः बाँस मुख्य गरी २ किसिमका हुन्छन । १। अग्लो हुने तथा २। होचो हुने ।
अग्लो हुने जात मध्य पहाडको तल्लो भेक तथा होचो हुने जात उँच्च पहाडमा पाइन्छ ।
माटो तथा जग्गाको तयारी ः बाँस साधारणतया कमसल जग्गा नदीको किनार, खहरे, खोला नाला, बगर, पानी जम्ने, कम मलिलो जग्गामा लगाइएको पाईन्छ । यसको खेतीको लागी बलौटे दोमट देखि दोमट चिम्टयाइलो माटो उपयुक्त हुन्छ । नदीको कटानका तथा चटान भएको माटोमा पनि खेती गर्ने गरिन्छ । यसको खेती सेपिलो चिस्यान भएको जग्गामा भए पनि पानीको निकास भएको ठाउँ चाहिन्छ । यसको लागि पी एच ४.५ देखि ६ सम्म उपयूक्त मानिन्छ । कलम तथा मुढा रोप्दा ५ मी. ह् ४ मी.को दुरीमा रोप्नु पर्दछ ।
प्रसारण तथा मुढाको रोपाइ ः  यो बिउबाट पनि प्रसारण भएता पनि साधारणतया बानस्पतिक विधिबाट प्रसारण गर्ने गरिन्छ र छिटो बृद्धि विकास हुन्छ । विउबाट नर्सरी लगाउँदा प्लाष्टिक थैलामा विउ राखेर १ वर्षसम्म ब्याडमा हुर्काएर मुख्य जग्गामा विरुवा रोपिन्छ । तर बाँसको बिउ पाउन अलि गाह्रै हुने भएकोले बाँसको जरा तथा आँख्ला कटिंगबाट विस्तार गरिन्छ ।
बानस्पतिक प्रसारण २ बटा विधिले गरिन्छ । क) जरा मुढा बाट, ख) कलमी कटिंग विधिबाट ।
क) जरा विधिबाट रोपाइ गर्दा साधारणतया १ वर्ष पुरानो बाँसको जरा १ मीटर लम्बाई भएको मुढा  खनिन्छ अनि १.५ हात जति गहिरो खनेर चौडाई २ हात जतिको खाडल खन्नु पर्दछ । खाडलको माथिल्लो माटोले भित्र तथा तल्लो माटोले माथिबाट राम्ररी खाँदिएर पुर्नू पर्छ र तर रोप्दा नयाँ कलमी तथा मुढा जाडिएको भागमा चोटपटक लाग्नबाट बचाउनु पर्दछ । रोपेको तत्कालै पानी हालेर सिंचाइ गर्नु पर्दछ । यसरी रोप्दा चित्रमा देखाए जस्तै ठाडो विधि र तेर्सो विधिबाट रोपाइ गर्नु पर्दछ ।
ख) कलमी कटिंग विधिबाट प्रसारण गर्दा बर्षायामभन्दा अगावै २ वर्ष पुरानो ३ सेमी भन्दा बढी गोलाई भएको बाँस २ अथवा ३ आँख्ला भएको सिधा विकास भएको बाँसबाट कटिंग धारिलो औजारले सफासँग काटूनु पर्दछ । कटिंगको राम्रो सफलताको लागि कटिंग काटिने बाँसको १ वर्षमा माथिलो भाग काट्दा हाँगाहरु विकास राम्ररी भइ कटिंग धेरै नै फस्टयाउँछ । धेरै छिपिएको आँख्ला, रोग किरा लागेको कटिंगको कलमीमा प्रयोग गर्नु हुदैन । छेउ छाउका हाँगाहरुको पहिलो आँख्ला पछि काटनु पर्दछ र खनिएको खाल्डोमा लामो गरी अँख्ला भित्र पारेर ५ सेमी गहिरो गरी गाडनु पर्दछ । तर यसरी गाडदा मनशुन समयमा अलि माथिल्लो गरी गाडनु पर्दछ, नत्र कुहिने डर हुन्छ ।
अर्को विधिमा ८ वटा आँख्ला भएको कटींग कलमी बाँसलाई तेर्सो गरी खाल्डोमा हल्का हाँगाहरु बाहिर देखिने गरी गाडेर पनि रोप्न सकिन्छ । रोप्ने वितिकै तुरन्तै पानी हाल्ने कार्य गर्नु पर्दछ ।
समयः बर्षातको समय भन्दा अगाबै आधी जेष्ठ देखि भदौसम्म चिसो बाहेकको समयमा रोपिन्छ । साधारणतया बाँस हिउँद शुरु हुनु भन्दा ६ हप्ता अगाडि रोप्नु पर्दछ नत्र तुषारो तथा शीतले विरुवा सुकाउँछ ।
मल खादः नाइटोजन, पोटासियम,  कम्पोष्ट,  काठको खरानीे,  हरियोमल, रसायनिक मल बेला बेलामा दिनु पर्दछ । घोडाको मल बाँसको लागि राम्रो मानिएको छ । साधारणतया खेत खलिहानको भुस, छवाली, नलहरु बाँसको घानीमा राखेर माटोले छोपिन्छ । बाँसको कलमी तथा मुढा रोप्दा १ भाग माटो तथा १ भाग कुहेको कम्पोष्ट मलले राम्ररी पुर्नु पर्दछ । रोपेको १ वर्ष पछि जब धेरै तामाहरु निस्किन थाल्दछ अनि डी.ए.पी. प्रति घना २५० ग्राम बाट शुरु गर्नु पर्दछ अनि तेश्रो वर्ष ५०० ग्राम यस्तै प्रत्येक वर्ष २५० ग्राम बढाउदा राम्रो उत्पादन हुन्छ । साथै म्यूरेट अफ पोटास २०० ग्राम हाल्दा धेरै फाइदा हुन्छ । मल साधारणतया पानी पर्न थाले पछि र बाँस कटानी गरेपछि हाल्दा उपयूक्त मानिन्छ ।
सिंचाई ः रोपे पछि केही हप्तासम्म प्रति हप्ता २, ३ पटक पानी हाल्नु पर्दछ । बाँसमा हरियो पालुवा आए पछि माटोको चिस्यान हेरेर सिचाइ गर्नु पर्दछ । तर चैत्र र बैसाखमा पानी हाल्दा उत्पादन राम्रो बढेका पाइएको छ । पानीको निकास राम्ररी बनाउनु पर्दछ पानी जम्नबाट बचाउनु पर्दछ ।
बार बन्देजः बाँस रोपेपछि गाइवस्तुबाट चर्नबाट बचाउन काँडा, तारबार तथा घेराबेरा तुरन्तै लगाउनु पर्दछ ।
परिवारको सुख समृद्धि एवं दीर्घजीवनको कामना गर्ने गर्दछिन । गोबद्र्धन पूजाको अवसरमा विशेष गरी प्रसाद स्वरुप चढाइएको केराउ र मिष्ठानलाई आफ्नो दाजु भाईलाई टिका लगाई बज्री खुवाउने गरिन्छ । यस दिन किसानहरु आफ्नो गाईबस्तुको घाटीमा बाँधिने पुरानो डोरी  (दाम्लो) फेरेर नयाँ डोरी लगाउने गर्दछन् ।

Sunday, October 30, 2016

भारतीय राष्ट्रपति मुखर्जीको जनकपुर भ्रमणबाट हुने फाइदाहरु

कैलास दास
जनकपुर । भारतीय राष्टूपति प्रणव मुखर्जी कात्तिक १९ गते जनकपुर भ्रमणमा आउँदै हुनुहुन्छ । राष्टूपति मुखर्जीको भ्रमणलाई लिएर जनकपुरवासी निक्कै उत्साहित देखिन्छ । दुई हप्ता अघिदेखि जनकपुरमा सरसफाई, स्वागतद्वार लगायतका विषयवस्तु यहाँ चर्चामा छन् । विगतमा राजनीतिक द्वन्दका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण स्थगित भएको थियो । तर भारतीय राष्टूपतिको जनकपुर भ्रमण जसरी पनि ऐतिहासिक एवं सफल बनाउन राजनीतिक दलका कार्यकर्ताहरु, नागरिक समाज, व्यापारी, प्रशासनिक निकाय लगायतका व्यक्तिहरु लागेका छन् ।

आखिरमा भारतीय राष्टूपति मुखर्जीको जनकपुर भ्रमणले के फाइदा होला त ? किन जनकपुरवासीहरु यति उत्साहित छन् । साँचै उहाँ जनकपुर आउँदा जनकपुरमा परिवर्तन हुन्छ त ? पहिला पनि आएकै हो । तर यसपाली राष्टूपति मुखर्जीको जनकपुर भ्रमण जसरी पनि ऐतिहासिक एवं सफल बनाउने सबैले किन लागि परेका छन्, सर्वसाधारणमा एउटा चासोको विषय हुन गएको छ ।

राष्टूपति मुखर्जीको जनकपुर भ्रमणले फोहरै फोहर रहेको जनकपुरमा अहिले ठाउँ ठाउँमा सफाई अभियान सञ्चालनमा आएको छ । विशेषगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राजनीतिक दलका प्रतिनिधि, समाजका अगुवाहरु, युवा क्लवका पदाधिकारीहरु, समाजिक संघ संस्थाका पदाधिकारीहरु देखिएका छन् । सफाई अभियानीहरु सबभन्दा पहिला राष्टूपति मुखर्जी कुन बाटोबाट आउने छ, कहाँ ठहर्ने, कुनबाटोबाट जानकी मन्दिर दर्शन गर्न जाने, त्यसपछि उहाँको नागरिक अभिनन्दन हुने लगायतका बाटोमा सफाई अभियान जोरसोरले चलिरहेको छ ।

यो भयो सफाईको कुराहरु । सडक डिभिजन कार्यालय धनुषाले सडक मर्मत कार्य समेत शुरु गरेको छ । वर्षायाममा हिलाम्य तथा घाममा धुलाम्य जस्ता सडकहरु रातोरातो मर्मत कार्य शुरु गरेको छ । सधैं नागरिक समाजले सडक मर्मत वा खल्डाखुल्डो पुर्नका लागि बन्द हडताल, नारा जुलुस लगाएपनि सम्बन्धित निकाय मौन देखिएको थियो । तर अहिले स्थानीयवासीहरु केही नभन्दैमा पनि मर्मत कार्य शुरु भएको छ । माटो पुर्ने, सडक बनाउने, सफाई हुने जस्ता कार्य प्रारम्भ हुँदा स्थानीयवासी निक्कै प्रफुल्लित भएका छन् ।
राष्टूपति मुखर्जीको भ्रमणले यी फाइदा भनौ वा जनचेतना आएको समेत भन्न सकिन्छ । प्रशासनिक निकायद्वारा सफाई, सडक मर्मत जस्ता कार्य अहिलेसम्म हाम्रै लागि भएको हो बुझेको भए जनकपुरको यस्तो अवस्था हुने थिएन । राष्टूपति मुखर्जीको जनकपुर भ्रमण कार्यक्रम मुश्किलले एक घण्टाको होला । एक घण्टाको भ्रमणले यस्तो व्यवस्था हो भन्ने हामी यहाँ सधैं बस्छौं भन्ने अझै सक्रिय र लग्नका साथ सरसफाई गर्नुपर्दथ्यो ।

अर्को फाइदामा धार्मिक एवं ऐतिहासिक नगरीको चर्चा धार्मिक ग्रन्थमा रहेको छ । जहाँ जहाँ हिन्दुहरु छन् जनकपुरको नाम उनीहरुलाई थाहा भएपनि कस्तो जनकपुर हो, यो स्थल कहाँ हो, त्यहाँका मान्छेको वातावरण कस्तो छ थाहा थिएन नहोला । तर मुखर्जीको भ्रमणले मिडिया मार्फत यी सबै कुरा उजागर होला जसले विश्वमा स्थापित हुने सम्भावना देखिएको हो जुन फाइदा नै छ । धार्मिक नगरी जनकपुर पर्यटकीय दृष्टिले विश्वमा स्थापित भएपनि विश्वका एक प्रतिशत पर्यटकहरु जनकपुरमा आई दिएको भए भने १ करोडभन्दा बढी पर्यटक हुन्छ, यसले स्थानीयस्तरको व्यापार व्यवसायमा समेत वृद्धि हुन्छ ।
अरु के के भयो त ?
भारतका राष्टूपति मुखर्जिको भ्रमणलाई लिएर भारत सरकारको वीरगंज स्थित महावाणिज्य दूतावासका महावाणिज्य दूत अंजुरञ्जन, काउन्सीलर निरज जयसवाल तथा दिल्लीवाट आएका उच्च सुरक्षा अधिकारीहरुले राष्टूपतिले जाने सबै स्थलहरुको अनुगमन गरेका छन् । नेपालका सुरक्षा अधिकारी सहित भारतीय सुरक्षा अधिकारीहरुले जनकपुरको बाह्र विघा रङ्गभूमि मैदान, जानकी मंन्दिर हुलाकी सडकको शिलान्यास हुने सडक मार्ग तथा बास वस्ने सिताशरण होटलको पनि अनुगमन गर्ने गरेका छन् ।
दिल्लीवाट आएका सुरक्षा विज्ञहरुको टोलीले रिपोर्ट दिएपछि थप सुरक्षा टोली आउने र कार्यक्रम स्थलहरु तय गरिने भएका छन् । भारतका राष्टूपति प्रणव मुखर्जि जनकपुरको जानकी मंन्दिरमा नै नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । जनकपुर उपमहानगरपालिकाका प्रमुखले नै भारतीय राष्टूपति मुखर्जिको नागरिक अभिनन्द गर्ने कार्यक्रम रहेको छ ।
भारतका राष्टूपतिको जनकपुरमा हुने भ्रमणलाई लिएर सडकको मरम्मत गर्ने कामकाज तीब्र रुपमा शुरु भएको छ भने सुरक्षा व्यवस्था पनि कडा बनाउने काम भएको छ । सुरक्षा सम्बन्धि कामकाज दुवै देशका सुरक्षा अधिकारीले संयुक्त रुपमा नै गर्ने कार्यक्रम रहेको छ । सडक डिभिजन कार्यालयले जनकपुरको विभिन्न सडकहरुको निर्माण तथा मरम्मत गर्ने जारी रहेको छ ।
उच्च सुरक्षा अधिकारीहरुको टोलीसंगै धनुषाका प्रमुख जिल्ला अधिकारी, शसस्त्र प्रहरी उपरीक्षक उत्तमराज थनेत, प्रहरी उपरीक्षक लालमणि आचार्य, राष्टिूय अनुसन्धानका उपनिर्देशक संजय कुमार यादव, नेपाली सेनाका प्रमुख, जनकपुर उपमहानगरपालिकाका पूर्व नगर प्रमुख बजरंग प्रसाद साह, जनकपुर नगरपालिकाका कार्यकारी अधिकृत पुण्यप्रसाद लुईटेल, सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख सहितका अधिकारीहरु उपस्थित रहेका थिए । भारतका उच्च अधिकारीहरु जानकी मंन्दिरमा पनि गएर मंन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवसंग पनि भेटेर विभिन्न विषयहरुमा जानकारी लिएका छन ।
त्यस्तै राष्टूपतिको भ्रमण हुने मार्ग तथा प्रमुख स्थलहरुमा बृहत्त सरसफाई कार्यक्रम गरिएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईको अगुवाईमा विभिन्न सुरक्षा निकायका पदाधिकारी तथा प्रतिनिधि, समाजका विभिन्न क्षेत्रका व्यक्ति तथा युवा क्लवहरुको पनि सक्रिय सहभागिता रहेको थियो । नेपाली सेना, नेपाल प्रहरी तथा शसस्त्र प्रहरी, निजामति कर्मचारी पनि सरसफाइमा सहभागि रहेका थिए ।
जनकपुरका विश्व प्रसिद्ध जानकी मंन्दिर, राममंन्दिर, जनक मंन्दिर, गंगासागर, धनुषसागर क्षेत्रमा विषेश सरसफाई कार्यक्रमको आयोजना गरिएको थियो । सरसफाईका लागि जनकपुरका कतिपय संघ संस्थाहरु स्वफूर्त तरिकाले सडकमा उत्रेर सफाई गरेका थिए । राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागि रहेका थिए । समाजिक क्षेत्रका व्यक्तिहरु पनि सहभागि भएर सरसफाई गरेका थिए । सफाई सकिसकेपछि केही व्यापारिहरुले सडकमा पसलका फोहर बढारेर फाल्ने काम भएका थिए ।

एडिबीको कार्यमा तिव्रता आएपनि ल्याण्डफिल साइड अन्योलमा

कैलास दास
जनकपुर । एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा जनकपुरको मुहार फेरिने किसिमले बन्न लागेको नाला तथा सडकहरुको कार्य तिव्रगति आएपनि सोको लागि चाहिने ल्याण्डफिल साइडका लागि जग्गा छनौट अन्योलमा नै छ ।

जनकपुर उपमहानगरपालिकाका ईन्जिनियर वीरेन्द्र यादवका अनुसार ल्याण्डफिलका लागि जग्गा दिनका लागि गुठी संस्थान शाखा कार्यालय जनकपुर तथा केन्द्रिय कार्यालय काठमाडौंमा पत्र पठाई सकेको छ । तर कहिलेसम्म सोको जवाफ आउला भन्न सकेन । एडिबी परियोजना सञ्चालनका लागि सबभन्दा पहिला र महत्वपूर्ण मानिने ल्याण्डफिल साइड भएपनि अहिलेसम्म त्यसका लागि जग्गा उपलब्ध हुन सकेको छैन । हुनतः पहिलो चरणमा नालाको निर्माण कार्य शुरु भएको छ भने अर्को चरणमा सडक निर्माण कार्य शुरु हुने छ ।
एडिबी परियोजना ठेक्का सम्झौता अनुसार मंसिरसम्मा ४ किलोमिटरभन्दा बढी नालाको कार्य सम्पन्न हुनुपर्ने छ । सोही अन्तरगत वैज्ञानिक किसिमले सडकको बीचोबीच नाला निर्माणका लागि ह्युमपाइप बिछ्याउने कार्य शुरु भएको देखिन्छ ।

उपमहानगरपालिकाभित्रमा ३० किलोमिटर नाला निर्माण गरिने कार्य रहेको छ । नगरको विभिन्न ठाउँबाट शुरु भएको ह्युम पाइप बिछाउने कार्यलाई तिव्रता दिएको छ । वर्षायाममा सुस्तगतिमा सो कार्य भएपनि अहिले तिव्रता दिएको छ । हिन्दुहरुको महान् चाँड विजया दशमीपछि सो कार्य तिव्रताका साथ हुने निर्माण ठेक्का लिएका रमण कन्स्टूक्सन बताउँछन् । दुई वर्ष भित्रमा नाला तथा सडक निर्माण कार्य गरिने छ ।
एशियाली विकास बैंकले जनकपुरको नाला तथा सडक निर्माणका लागि एक अर्ब ९० करोड रुपैया आर्थिक सहयोग दिएको छ । त्यसमध्ये ३० किलोमिटर नाला निर्माण तथा १० किलोमिटर सडक निर्माण गरिने छ । एडिबी परियोजना अन्तर्गत ल्याण्डफिल साइड विवाद कायम नै छ । सेप्टेम्बरसम्म ल्याण्डफिलका जग्गा उपलब्ध गराउने एडिबीको रहेको थियो । तर अहिलेसम्म सो जग्गा उपलब्ध हुन सकेको छैन ।
जनकपुर उपमहानगरपालिकाका इन्जिनियर वीरेन्द्र यादवका अनुसार हिन्दुहरुको पर्वका कारण जग्गा खरीद गर्नमा समस्या आएको छ । तर अब छिट्टै ल्याण्डफिलका लागि जग्गा उपलब्ध हु्ने दावी गरेका छन् ।

पचास वर्षदेखि अटोमेटिक पानी आउने बोडिङ्ग

कैलास दास
जनकपुर । जनकपुरको एउटा धार्मिक स्थलमा अटोमेटिक किसिमले करीब ५० वर्षदेखि लगातार पानी आउने बोडिङ्ग रहेको छ । सधैं एउटै नासले विहान र बेलुका मात्र होइन दिनभरि पानी पिउने र लिएर जानेहरुको सो बोडिङ्गमा भीड नै लागेको हुन्छ ।

प्रसिद्ध धार्मिक पोखरी गंगा सागरको पश्चिमवारी साइडमा सो बोर्डिङ्ग रहेको छ । विज्ञहरुका अनुसार यो पोखरी करीब ५० वर्ष पुरानो रहेको छ । शुद्ध र राम्रो पानी खानका लागि यहाँ मान्छेहरु आउने गरेका छन् । बोडिङ्गबाट सधैं बग्ने पानी खानका लागि कुनै वर्तनको आवश्यकता पर्दैन, मान्छे आफै त्यसमा मुख लगाएर खाने गरेको हो ।
धार्मिक पोखरी गंगा सागर र धनुषसागर कहिले पनि नसुखोस त्यसलाई ध्यानमा राखेर एउटा विदेशी संस्थाले यो बोर्डिङ्ग गाडिएको जनाइएको छ । तर अर्थातमा यो बोडिङ्ग कति पुरानो रहेको छ अनुमान मात्र गरिएको छ । सेभ हिस्टोरीकलका संयोजक रामअशिष यादवले ‘आफू जुन बेला २० वर्षको थियो होला त्यहि बेलादेखि यो बोर्डिङ्गबाट आफै पानी आउने गरेको देख्दै आएको छु । एशियाको सहयोगमा यो बोर्डिङ्ग गाडिएको कसैबाट सुनेको हो तर यर्थात भन्न सकिन्न । उनले अगाडि भने ‘जनकपुर उपमहानगरपालिकाको कुरा गर्छौ भने सबभन्दा शुद्ध र राम्रो खानेपानी यहाँबाट नै निस्किन्छ । यहाँबाट जाँड लगायतका वर्तनहरुमा मान्छेहरु लिएर जान्छ ।’

त्यस्तै बेलकम होटलका संचालक विजय झुनझुनवाला भन्छन् ( कहिले काही आफ्नो होटलमा पनि त्यहीबाट पानी ल्याउने गर्छौ । त्यहाँको पानी चेक जाँच गराउँदा पनि शुद्ध र राम्रो रहेको छ । मेशिनबाट प्रशोधित गरेको पानी भन्दा राम्रो पानी त्यो बोडिङ्गको रहेको दावी समेत गरेका छन् ।
जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास भन्छन् ( यो बोडिङ्ग कति पुरानो हो भन्न सकिन्न । तर जुन बेला जनकपुरमा चापाकल थिएन त्यही बेला गाडिएको छ । शुद्ध र राम्रो पानी खानका लागि यहीबाट अधिकांश व्यक्तिहरु लग्ने गरेका थिए । केही वर्ष आफै सुखेका थिए । अचानक पानी आउन बन्द भएको थियो । तर २०७२मा आएको महाविनाशकारी भूकम्पमा फेरी आफै त्यो बोर्डिङ्गबाट पानी आउन थालेको छ ।
महन्थ वैष्णवका अनुसार धनुषसागर र गंगासागर पोखरीको पानीबाट राम मन्दिरमा खाना बनाउने कार्य हुन्थ्यो । यसै पोखरीको पानीबाट बनेको खाना भगवान रामको भोग लाग्ने गरेको बताउँछन् । धार्मिक ऐतिहासिक पोखरी कहिले पनि नसुखोस त्यसलाई ध्यानमा राखी सो बोडिङ्ग गाडिएको उनी पनि बताउँछन् ।
जनकपुर उपमहानगरपालिका भित्रमा समेत पानीको हाहाकार भई रहेको बेलामा यो बोडिङ्गबाट पानी आउने निरन्तर जारी नै छ । विहान र बेलुका जाँड लगायतका वस्तुहरुमा पानी लिनेहरुको भीड रहने गरेको छ ।

Sunday, October 2, 2016

जनकपुरमा वैष्णो देवीको गुफा

कैलास दास
जनकपुर । जनकपुर शक्तिपीठ भूमी मात्र होइन, तपोभूमी तथा ज्ञानभूमिले समेत चिन्हाउँछ । त्यसमा पनि वडा दशैंमा शक्तिपीठ मन्दिरहरु रहेको आफ्नै विशेषता हुन्छ । वडा दशैंको घटस्थापनादेखि लिएर दशमीसम्म यहाँ श्रद्धालु भक्तजन तथा बाह््य पर्यटकहरुले भरिभराउ हुन्छ । विशेष गरी यहाँका राजदेवी मन्दिर, जानकी मन्दिर, रामानन्द चौकमा भगवती दूर्गाको प्रतिमा बनाएर मनाउँदै आएको दूर्गापूजा विशेष आकर्षक हुने गर्दछ ।

तर यसवर्ष जनकपुरमा एउटा अझै शक्तिपीठ देवीको प्रतिमा बनाइएको छ । जुन यस वर्षको विजयादशमीको मुख्य आकर्षक केन्द्र हुने देखिन्छ । दुल्हिन झै सृगारिएको यहाँका मठ मन्दिर रातिमा जति राम्रो लागेपनि दिनभरि माता वैष्णो गुफामा श्रद्धालुहरु एवं बाह््य पर्यटकहरुको भीड लाग्ने गर्दछन ।
राममन्दिरको फुलवारीमा ठूलो आकारको सो गुफा निर्माण गरिएको छ । भारतमा रहेको माता वैष्णोदेवी झै कलाकृत किसिमले यहाँ पनि सो गुफा बनाइएको छ । करीब एक महिना अघिदेखि बाँसको सो गुफा निर्माण गरी गुफा बाहिर र भित्रमा भारतमा जसरी सुरक्षामा खटिएको हुन्छ सेनाहरु त्यसरी नै माथि सेना बन्दुक लिएर सुरक्षा दिई रहेको अवस्था देखिन्छ । त्यस्तै गुफाको माथिल्लो भागमा दुईवटा बाघ माता वैष्णोदेवीलाई सुरक्षामा खटिएको देखाएको छ ।
मूलद्वारामा गणेश भगवानको तस्वीर राखिएको छ भने पूर्वपट्टीमा माता दूर्गा र पश्चिमपट्टीमा भगवान शिवको प्रतिमा राखिएको छ । उच्च पहाडमा तपामा लिन रहेकी माता वैष्णोदेवीको तस्वीरभन्दा पहिला गुफा भित्र पस्दिा विभिन्न कलाकृत भगवानहरुको तस्वीर राखिएको छ। गुफा भित्र केही क्षिणका लागि भयावह हुँदा पनि भित्र गृहघरमा एउटा पूजारी माता वैष्णोदेवी ध्यान तथा पाठमा लिन अवस्थामा देखिन्छ । गुफा भित्र माता वैष्णोको दर्शन पश्चात् अगाडि बढ्दा भैरव बाबाको तस्वीर राखिएको छ । भैरव बाबाको टाउँको मात्र तस्वीर देखेर केही छिनका लागि भयत्रास जस्तो लाग्ने अवस्था समेत देखिन्छ । त्यसपछि गुफा बाहिर निस्कने बाटो रहेको छ ।
धर्मविज्ञहरुद्वारा आलोचना
राममन्दिरको फुलवारीमा विजया दशमीदेखि विवाह पञ्चमीसम्मका लागि कलाकृत रुपमा बनाइएको माता वैष्णो देवीको गुफाप्रति धर्म विज्ञहरुले आलोचना समेत गरेका छन् । जनकपुर परिक्रममा सडक भित्रमा माता राजदेवी, भगवती सीताको शक्ति अपार रहेकोले कम्तिमा यसभित्र कुनै अरु देवी देउताको प्रतिमा बनाएर पूजापाठ गर्ने नसुहाउँदो रहेको आलोचना समेत हुन थालेको छ । जनकपुर आफैमा देवी शक्तिले पवित्र रहेकोले पूजाआजा गर्नमा सबैको श्रद्धा रहेको छ । तर प्रतिमा बनाएर पूजा गर्ने धार्मिक मान्यता समेत नरहेकोले यस्ता कार्य कम्तिमा शक्तिपीठ मन्दिर वरिपरि नहुनुपर्ने महन्थ आलोक वैष्णवले जनाएका छन् ।
जनकपुर धार्मिक पर्यटकीय नगरीको रुपमा चिन्हिन्छ । तर यसको मतलव यो होइन कि कलाकृति प्रतिमा बनाएर मेला लगाउनु । यहाँ देश विदेशबाट माता राजदेवीको दर्शन गर्न श्रद्धालुहरु आउने गर्दछन । यसरी माता वैष्णोदेवी गुफा निर्माण गरी धार्मिक मनोरञ्जन जति भएपनि आस्थामाथि नराम्रो प्रभाव पर्ने देखिन्छ ।