जनकपुरधाम, २३ असोज । पाँच दशकदेखि पत्रिकार बेचेर जिविकोपार्जन गर्दै आएका दीपनारायण साहले आफू पूर्व गृह एवं उपप्रधानमन्त्री विमलेन्द्र निधि र पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई समेत पत्रिका पुर्याएर पढाउने गरेको दावी गरेका छन् ।
उनले आफू २० वर्षकै हुँदा पत्रिका बेचर जिविकोपार्जन गर्दै आएको बताउँदै आफूले धनुषाका ठूलठूला नेताहरुलाई घरघरमा पत्रिका पुर्याएर पत्रिका पढाउने वाणी बसाएको बताउँछन् । उनले ती मध्ये अधिकांश नेताहरुमाथि अहिलेपनि पैसा बाँकी नै रहेको जिकिर समेत गरेका छन् ।
दीपनारायण साहले भने, ‘२०५० सालदेखि आफू पत्रिका बेच्ने कार्य गरेका छौं । २०४५ सालदेखि जनकपुरधामका अधिकांश नेताको घरघरमा पत्रिका पुर्याउँने गरेका थिए । त्यतिबेलामा उनीहरु विद्यार्थी नेता हुनुहुन्थ्यो । धनुषाका रामचन्द्र झा, शितल झा, विमलेन्द्र निधि, डा. रामवरण यादव सहितका व्यक्तिहरुलाई पत्रिका दिने गर्दथे ।’
उनले अगाडि भने ‘त्यतिबेला नेपालमा बढी पत्रिका थिएन । भारतीय पत्रिका हिन्दुस्तान, जागरण, आर्यावार्त, सरस सलिल, हिन्दुस्तान टाइम्स, नवभारत टाइम्स लगायत र नेपालको गोरखापत्र र पछि कान्तिपुर पत्रिका थियो । त्यतिबेला जनकपुरधाममा घरघरमा पुर्याउनका लागि राम्रोबाटो पनि थिएन ।’
आफू थोरे पढेलेखेको भएपनि आफूले बेचेको पत्रिकाबाट यहाँ ठूलठूला साहित्यकार भएका छन्, मन्त्रीदेखि राष्ट्रपतिसम्म भएका छन् । तर आफू जहाँको त्यही रहेको स्वीकार गर्छन ।
उनी अहिले जनकचौक स्थित जनकमन्दिरमा पत्रिकाको सानो पसल खोलेर आफ्नो वाणीबाट पाठकलाई मनजित्दै आएका छन् । विशेष गरी विद्यार्थीहरुलाई पत्रपत्रिका नपढेमा संसारिक कुरा थाहा नहुने र राजनीतिक कुरा नबुझेमा देशभक्त बन्न नसकिने भन्दै पत्रिका पढन बाध्य तुल्याई रहेका छन् ।
साह पत्रिका बेच्नुका साथै विभिन्न प्रकारका विश्लेषण समेत गर्ने गर्दछ । नेता र पत्रकार पुग्न वितिकै राजनीतिक, धार्मिक लगायतका कुराबाट आफ्नै तर्फ आकर्षित गरिरहेका छन् । साहले आफू जनकपुरधामका लागि पहिलो पत्रिका बिक्रेता नभएपनि दोस्रो आपूm नै रहेको दावी समेत गरेका छन् ।

No comments:
Post a Comment