Monday, February 19, 2018

‘मैथिली’ दरभंगाको दरबरिया भाषा हो ः महतो

जनकपुरधाम, ७ फागुन । मैथिली दरभंगा महाराजको दरबरिया भाषा रहेको नेपाल पिछडा वर्ग महासंघका केन्द्रिय अध्यक्ष भरत प्रसाद महतोले दावी गरेका छन् ।

जनकपुरधाममा सोमवार मगही भाषा कला संस्कृति केन्द्रद्वारा आयोजित ‘मगही भाषा प्रशिक्षण’ कार्यक्रममा अध्यक्ष महतोले आफूहरु कुनै भाषाको विरोधी होइन, तर आफूहरुमाथि मैथिली लाद्न खोजेको त्यसको उदाहरण मात्र दिएको बताएका हुन् ।
नेपाल पिछडा वर्ग महासंघ (ओबीसी) धनुषाका अध्यक्ष परमेश्वर कापडिको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि समेत रहेका महतोले मगही भाषाको इतिहास सबभन्दा पुरानो रहेको बताएका छन । मगही भाषा दलित, पिछडिएका वर्ग बढी बोल्ने गरेको हो । नेपालमा ४० लाखभन्दा बढी मगही भाषाभाषी रहेको उनले दावी गरेका छन् ।
उनले नेपाल सरकारले २०६८ सालमा जनगणना गर्दा मधेशमा बस्नेलाई नसोधिकन कर्मचारीहरुले मधेशीको भाषा मैथिली नै रहेको बुझेर लेख्ने गरेको दोष पनि लगाएका छन् । दलित, पिछडिएका समुदायहरुमा शिक्षाको जनचेतनाको अभावका कारण मगही भाषालाई पछाडि पारिएको आरोप लगाएका छन् ।
अध्यक्ष महतोले मिथिलाको किल्ला सिमरौनगढ रहेको छ इतिहास बताउँछन । तर सिमरौनगढमा कति प्रतिशत मैथिलीभाषाी रहेको उनले प्रश्न गरेका थिए । विहेवारीमा जुन गीत गाउने गरेको छ, त्यसमा अलिकति पनि मैथिली छैन, त्यो विशुद्ध रुपमा मगही भाषा नै हो । महगीको इतिहास र लिपि भारतको नालान्दा विश्वविद्यालयमा रहेको थियो । त्यसलाई विभेदपूर्ण तरिकाले जलाईएको आरोप पनि उनले लगाएका छन् ।
उनले महगी भाषाको इतिहास मगध वा अशोक सम्राटकालदेखि नै रहेको अध्यक्ष महतोले जिकिर गरेका छन् । मगही भाषामा नै भगवान बुद्धले प्रचवन दिंने गरेको इतिहास रहेको उनले बताएका छन् । मगही भाषको इतिहास ई.स.७२७(३६६मा पनि सम्मुन्नत भाषाको रुपमा रहेको तथ्यांक समेत उनले उल्लेख गरेका छन् ।
प्रशिक्षण कार्यक्रममा विजय चौधरी, प्रदीप यादव लगायत दर्जनौं व्यक्तिले आ आफ्ना धारणा राखेका थिए । उनले फागुन ९ गते जनकपुरधाममा भव्यता पूर्वक भाषा दिवस मनाउने बताएका छन् ।

No comments:

Post a Comment