कैलास दास
जनकपुर । जनकपुरमा गैर कानूनी रुपमा सञ्चालितमा रहेको १२ वटा औषधी पसल तथा क्लिनिकमा अनुगमन टोलीले मंगलवार तालाबन्दी गरेको छ ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीको अगुवाईमा केन्द्रवाट आएका औषधि व्यवस्था विभागका कर्मचारी, उद्योग मन्त्रालयका कर्मचारी, जिल्ला जनस्वास्थ्य कार्यालय, आन्तरिक राजश्व कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल पत्रकार महासंघ सहितको निकायको उपस्थितिमा गरिएको अनुगमनको क्रममा १९ स्वास्थ्य संस्था तथा औषधि पसल मध्ये १२ वटा गैर कानूनी रुपमा सञ्चालनमा रहेको पाइएकोले तालाबन्दी गरिएको जनाइएको छ ।
जनकपुर अञ्चल अस्पताल छेउमै रहेको आर्या केयर एण्ड क्युर अस्पताल मापदण्ड विपरित सञ्चालन रहेकोले तालाबन्दी गरी जिल्ला प्रशासन कार्यालयमा ७ दिन भित्र आवश्यक कागज तथा प्रमाण सहित उपस्थितका लागि निर्देशन समेत दिएको छ । त्यस्तै जालान मेडिकल सेन्टर, चिकित्सक रामनरेश पण्डितले सञ्चालन गरेको नीजि क्लिनिक, सहित १२ वटा अन्य पसलमा तालाबन्दी गरी उपस्थितिका लागि आदेश दिएको सहायक प्रमुख जिल्ला अधिकारी गिरी बताएका छन् ।
मन्त्रालयवाट आएका टोलीले जनकपुरको ४ वटा किराना पसलमा छड्के अनुगमन गरेकोमा २ जनासंग प्रमाण पूर्जा नभएका भन्दै ३६ घण्टा भित्रमा कागज प्रमाण सहित जिल्ला प्रशासन कार्यालयमा आउनका लागि आदेश दिएको छ ।

No comments:
Post a Comment