Tuesday, April 28, 2020

धनुषा निर्माण व्यवसायी संघद्वारा १३० परिवारलाई राहत वितरण

जनकपुरधाम, १६ बैशाख ।  लकडाउन लम्बिदै जाँदा गरीब, विपन्न, असहाय र दैनिक ज्यालादारी गरी खानेहरुलाई निक्कै समस्या पर्न थालेपछि धनुषा निर्माण व्यवसायी संघले राहत वितरण गर्ने कार्य शुरु गरेको छ।
व्यसायी संघका महासचिव रमेश कुमार यादवको पहलमा सुगम कन्स्ट्रक्सनका सञ्चालक श्याम किशोर साहले सो राहत वितरण गरेको हो । जनकपुरधाम नगरभित्रमा रहेका असहाय, विपन्न तथा दैनिक ज्यालादारी गरी खानेहरुलाई सो राहत वितरण गरेको जनाइएको छ ।
संघका महासचिव रमेश यादवले चावल, दाल, आलु, साबुन लगायतको सामाग्री वितरण गरिएको जनाइएको छ ।
कोरोना भाइरस महामारी रोगबाट विश्वमा अहिलेसम्म २ लाखबढीको मृत्यु भई सकेको छ भने ३० लाख बढी संक्रमित रहेको छ । नेपालमा अहिलेसम्ममा ५१ जना बढी कोरोना संक्रमित रहेको जनाइएको छ ।
नेपाल सरकारले चौथो पटक लकडाउन गर्ने भएपछि विशेष गरी गरीब, असहाय तथा विपन्न परिवारलाई खानमा धौं धौं परिरहेको बेलामा निर्माण व्यवसायी संघले राहत वितरण कार्य शुरु गरेको महासचिव यादवले जनाएका छन ।

राहत सामाग्री चेकजाँचपछि मात्र वितरण हुने, झुठा आरोप सावित भएमा कानूनी कारवाही हुने दावी

जनकपुरधाम, १६ बैशाख । जनकपुरधाम उपमहानगरपालिका १६ ले सोमबार केही विपन्न घरपरिवारलाई वितरण गरेको चामल ढुसी परेको तथा कुहिएको भेटिएको समाचार बाहिर आएपछि चेकजाँचको लागि पठाइएको छ ।
जनकपुरधाम उपमहा नगरपालिकाले मगलवार पत्रकार सम्मेलन गरी राहतका लागि आएको सामाग्रीको म्याद छ कि छैन र गुणस्तरीय चेकजाँच पश्चात् नै वितरण हुने गरेको दावी गरेका छन् ।
‘सामाजिक सञ्जाल फेसबुक र अनलाइनमा समाचार आएपछि त्यसको चेकजाँचका लागि खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालयलाई खबर गरेको छौं’ उपमेयर रिता कुमारी मिश्रले भनिन । उपमहानगरपालिकाको १२ वटा वडामा ७ हजार ६ सय व्यक्तिको राहत गएको छ । ती मध्ये वडा नंं. १६ मा ५ सय ४१ व्यक्तिको राहत वितरण गरिएको हो । ती वडाका २ वटा व्यक्ति बाहेक कहिबाट कुनै शिकायत आएको छैन उपमेयर मिश्रले भनिन, ‘उपमहानगरपालिका गुणस्तरीय राहत वितरण गरिरहेको छ । नगरवासीमा कुनै शंका उपशंका नहोस् त्यसैका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट चेकजाँचका लागि मान्छे बोलाएका हो ।’
यता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चावल र तोरीको तेललाई परीक्षणको लागि प्रयोगशालामा लगिएको छ । परीक्षणको परिणाम दुई वा तीनदिनमा आउने सो कार्यालयका कार्यालय प्रमुख विजय खनालले बताएका छन् । उनले चेकजाँचपछि नै राहत वितरणका लागि आग्रह समेत गरेका छन् ।
त्यता जिल्ला प्रशासन कार्यालयबाट आएका प्रतिनिधिले चावल बदलिएको देखिएमा वा बदनाम गर्ने नियतले त्यस्तो गरेको पाइएमा कानून अनुसार कार्यवाही हुने बताएका छन् ।  जनकपुरधाम उपमहानगरपालिकाले पहिलो चरणमा १२ वटा वडाका ७ हजार ६ सय परिवारका लागि राहत पठाएको छ । वडा नम्बर २, ३, ४, ५, ६, ८, ११, १४, १६, १७, १८ र २१ मा राहत पठाइएको हो । वडा नम्बर २ मा ३ सय १५, वडा नम्बर ३ मा २ सय ७०, वडा नम्बर ४ मा १ हजार २९, वडा नम्बर ५ मा १ सय ४७, वडा नम्बर ६ मा ५ सय ८८, वडा नम्बर ८ मा ७ सय ५४, वडा नम्बर ११ मा ५ सय ८९, वडा नम्बर १४ मा ६ सय १५, वडा नम्बर १६ मा ५ सय ४१, वडा नम्बर १७ मा ९ सय ४१, वडा नम्बर १८ मा ६ सय १२, वडा नम्बर २१ मा १ हजार २ सय घरपरिवारका लागि राहत पठाइएको उपमहानगरपालिकाले जनाएको छ ।


Saturday, April 18, 2020

प्रदेश सरकारद्वारा दोश्रो चरणको राहत प्याकेजको घोषणा

जनकपुरधाम, ७ बैशाख । कोराना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका  कारण समस्यामा परेका गरिब तथा दैनिक ज्यालादारीका मजदुरहरुको लागी प्रदेश सरकारले दोश्रो चरणको राहत प्याकेजको घोषणा गरेको छ ।
मन्त्री परिषदको आज सम्पन्न मन्त्री परिषदको बैठकले लक्षीत परिवारको घरमा सोझै राहत पु¥याउने गरि दोस्रो चरणको राहत प्याकेजको घोषणा गरिको हो ।
पहिलो चरणमा प्रदेश सरकारले स्थानीय तह मार्फत राहत वितरणको कार्यक्रम ल्याएपनि कतिपय स्थानीय तहले राहत वितरण गर्न नसकेको जनगुनासोलाई मध्य नजर गर्दै प्रदेश सरकारले पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमै राहत पु¥याउने योजना ल्याएको छ ।
स्थानीय तहहरुले प्रदेश सरकारलाई बुझाएको पीडित परिवारहरुको लिष्टको आधारमा प्रदेश सरकारले जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालय मार्फत राहत सामग्री खरिद गरि प्याकेट तयार गरेरै लिष्ट सहित वडालाई जिम्मा लगाउने र वडाले प्याकेट प्राप्त गरेको २४ घण्टा भित्र सम्बन्धित परिवारको जिम्मा लगाउने प्रावधान राखिएको छ ।
 स्थानीय तहले बुझाएको लिष्टमा कुनै समस्या देखिए जिल्ला विपद व्यवस्थापन समिति र प्रदेश सभा सदस्यहरुले छानविन गरि वास्तविक पिडितको पहिचान गरिने व्यवस्था समेत गरिएको छ।
त्यसै गरि मन्त्री परिषदको बैठकले कोरोना महामारी नियन्त्रणको लागि आवश्यक उपकरणहरु खरिद गर्न ६८ करोड रुपैया निकासा गरेको छ । उक्त रकमले थप पिसिआर मेसिन सहितका अन्य उपकरणहरु खरिद गरिने जनाएको छ। त्यसै गरि मन्त्री परिषदले नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोना विरामीहरुको उपचारका लागि आवश्यक व्यवस्था गर्न ५० लाख रुपैया दिने निर्णय समेत गरेको छ । 

प्रदेश राहत कोषमा महालक्ष्मी बैंकको ४ लाख सहयोग
जनकपुरधाम, बैशाख ७ । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा महालक्ष्मी बैंकले सहयोग गरेको छ ।
महालक्ष्मी बैंकले प्रदेश राहतकोषमा चार लाखको सहयोग गरेका छन । बैंकका जनकपुर स्थित प्रतिनिधिहरुले आज विहान मुख्यमन्त्री लालबाबु राउतले चार लाख बराबरको चेक हस्तान्तरण गरेका हुन ।
प्रदेश राहत कोषमा प्रदेशमा शाखा संचालन गर्दै आएका प्रायः बैंकहरुले सहयोग गरेका छन भने केही समाजिक संस्था र उद्योगपतिहरुले समेत सहयोग गरेका छन ।
राहत कोषको रकम प्रदेशमा महामारी नियन्त्रणका लागि खर्च गरिने प्रदेश सरकारले घोषणा गरेका छन ।

जनकपुरधाममा दुध लिन गएका कर्णलाई प्रहरीद्वारा कुटपिट

जनकपुरधाम, ७ बैशाख । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ शिवचौक बस्ने कल्याण कुमार कर्ण बच्चाका लागि दुध लिन गएको बेलामा प्रहरीले निर्घात रुपमा कुटपिट गरेको छ ।
कर्णले आफ्नो फेसबुक सञ्जालमा भिडियो राखेर न्यायका लागि जिल्ला प्रशासन कार्यालय, प्रदेश २ का सरकार सहितका निकायलाई गुहारेका छन् । उनले फेसबुक सञ्जालमा ‘लकडाउनको पालना सबैलाई गर्नुपर्छ । लकडाउन हाम्रै लागि हो बुझ्नु पर्छ । तर दूध लिन जाँदा यसरी निर्ममता पूर्वक कुटपिट गर्नु कहाँको न्याय हो’ भनेका छन् ।
उनले अगाडि थपे ‘कदमचौकबाट दूध लिएर आउँदा प्रहरीले मलाई रोके र सोधे, तिमी कहाँबाट आउँदै छौ । मैले भने बच्चाका लागि दुध लिएर शिवचौक जाँदैछु । त्यति सुन्दै प्रहरीले लठ्ठीबाट कुटपिट गर्न थाल्यो । सडकमै सुताएर कुटपिट गर्यो’ उनले रुदै आफनो बयान राखेका छन् ।
कोरोना भाइरसबाट लड्नका लागि प्रहरी आफ्नो ज्यान जोखिममा राखेर सर्वसाधारण नागरिकलाई सचेत गराई रहेका छन् । सरकारले लकडाउनको पालनाका लागि पटकपटक आग्रह पनि गरेकै हो । तर अति आवश्यक वस्तु ल्याउँदा केही नगर्न प्रहरीलाई निर्देशन दिंदा पनि यसरी निर्ममता पूर्वक कुटपिट गर्नु उचित नभएको स्थानीयहरुको कथन रहेको छ ।
कर्णलाई प्रहरीले खुट्टा र हाथ लगायतमा लट्ठी प्रहर गरेका छन् ।

युवाहरुलाई सुरक्षित स्वदेश फिर्ता मगाउन अप्रवासीको माँग

जनकपुरधाम, ७ बैशाख । अप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाले वैदेशिक रोजगारीमा गएका युवाहरुलाई सुरक्षित पूर्वक स्वदेश फिर्ता मंगाउन नेपाल सरकारसँग माँग गरेका छन् ।
केन्द्रले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरस जस्ता महामारी रोगबाट विश्व नै त्राहिमाम छ । यस्तो अवस्थामा बिभिन्न संक्रमित मुलुकहरुबाट नेपालीकामदारहरुलाई सुरक्षित स्वदेश फिर्ता मगाए नेपालमै तिनहरुको व्यवस्थापनका लागि आग्रह गरेका छन् ।
बैदेशिक रोजगारीमा गएका युवाले पठाएको विपे्रषणले नेपालको कूल ग्राहस्थ्य उत्पादनमा ३३ प्रतिशत योगदान गरेको तथ्याङ्क छ । बिभिन्न गन्तव्य मुलुकमा आफ्नो रगत, पसिना बगाएर देशको अर्थतन्त्रलाई चलयामान बनाई रहेका छन् । ती युवाहरु हाल बिभिन्न मुलुुकमा कारोना भाईरसका कारण नाजुक तथा कष्टकर अवस्थामा आफनो दिनचर्या विताई रहेकोले उनीहरुलाई सुरक्षित किसिमबाट स्वदेशमा ल्याई दिनका लागि नेपाल सरकार सहित सम्बन्धित पक्षमा आग्रह समेत गरेको छ ।

Friday, April 17, 2020

जनकपुरधाममा जथाभावी रुपमा पैसा फालेर भाग्नेको खोजी गर्दै प्रहरी कोरोना संक्रमित हुन सक्ने अशंका


जनकपरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं.  ५महावीर चौकमा अज्ञात समूहले पैसा फालेर भागेको छ । उनी कोरोना संक्रमित हुन सक्ने अनुमान गरिएको छ ।
स्थानीयहरुका अनुसार दुईजना महिला १० र १००को नोट चौकको विभिन्न ठाउँमा फालेर भागेकी छन् । उनी केही सट्रमा समेत पैसा राखेको दावी गरेको छ ।
जथाभावी रुपमा विभिन्न ठाउँमा पैसा फालेर भाग्दै गर्दा स्थानीयहरुले प्रहरीलाई खबर गरेपछि समयमै प्रहरीले महावीर चौकमा पुगेर पैसा फाल्नेको खोजी गरिरहेको जनाइएको छ ।
अन्दाजी ३५देखि ४० वर्षकी दुई जना महिला जथाभावी रुपमा पैला फालेर भागेको स्थानीयहरुले फोन गरेपछि उनको खोजी भई रहेको जानकी प्रहरी चौकीका इन्चार्ज राजाराम यादवले बताएका छन् ।
कोरोना संक्रमित व्यक्तिले ती रकम छिट्ेको हुन सक्ने स्थानीयहरुले अशंका गरेका छन् । पैसा छुएपछि कोरोना संक्रमण लाग्ने सक्ने अशांकामा स्थानीयहरु भयभित बनेका छन् ।
यता पैसा छिट्नेहरुको खोजी कार्य सिसीटी क्यामरा मार्फत पनि भई रहेको स्थानीयहरुले जनाएका छन् ।
केही दिन अघि भारतमा पनि कोरोना संक्रमित व्यक्तिले पैसामा थुक लगाएर छिट्टेका थिए । भारतीय प्रहरीले उनलाई पनि खोज्ने कार्य गरेको थियो।

Thursday, April 16, 2020

हँसपुर नगरपालिकाले शुरु गरे गरीब र असहायलाई राहत वितरण कार्य

जनकपुरधाम, ४ बैशाख । धनुषाको हँसपुर नगरपालिकाले गरीब, विपन्न तथा असहाय परिवारलाई विहिवारदेखि राहत दिने कार्य शुरु गरेको छ ।
हँसपुरका मेयर रामज्ञान मण्डलको नेतृत्वमा विहिवार करीब २ सय परिवारलाई राहत वितरण गरिएको जनाइएको छ । सरकारको निर्देशनको पालना गर्दै मेयर मण्डलले सामाजिक दुरी कायम गरी सो राहत वितरण गरिएको हो ।
हँसपुर नगरपालिका वडा नं. १ मा ४ जनाको परिवार रहेका व्यक्तिलाई आठ रुपैयाको राहत तथा चारजना बढीको परिवारका व्यक्तिलाई १६ सयको राहत दिने गरेको मेयर मण्डलले जानकारी गराएका छन् ।
राहतमा चावल, दाल, चिनी, पिठो, नुन, साबुन, खाने तेल, चुरा लगायतको सामाग्री रहेको छ ।
राहत वितरण कार्यलाई निरन्तरता दिने मेयर मण्डलले जानकारी गराएका छन् ।