Monday, October 23, 2017

केटी जिस्काउने प्रहरीको नियन्त्रणमा

जनकपुरधाम, ५ कात्तिक । जनकपुर उपमहानगरपालिका वडा नं. ४ मा केटी जिस्काउने केटालाई स्थानीयहरुले समातेर प्रहरीलाई जिम्मा लगाइएको छ ।

पीडितका बुवा मनोज साह आफ्नो १५ वर्षिय छोरी प्रीति कुमारी साह र कृति कुमारी साहलाई लिएर घरतर्फ जाने क्रममा जनकपुर ४ स्थित जयगुरु फर्निचर नजिक केटाहरुको एउटा समूहले जिस्काएका थिए । केटाहरुले जिस्काएपछि साहकी छोरी प्रीति साहले उनीहरुलाई गाली गल्लोज गर्दा केटाहरुले प्रीतिमाथि हातपात समेत गरेको पीडित मनोज साहले बताएका छन् ।
मनोजले  भने ‘छोरीलाई लिएर आफू घरतर्फ गई रहेका थिए । फर्निचरबाट केही केटाहरु आएर छोरीलाई जिस्काउन थाले । आफू चुपचाप अगाडि बढ्दै गएपछि केटाहरु पिछाडि लगेपछि छोरी प्रीतिले उनीहरुलाई गोली गलोज गर्न थाले, त्यसपछि तीनचारजना केटाले छोरीलाई कुटपिट गर्न थाले ।’
उनले छोरीलाई कुटपिट गरेपछि आपूm कराउन थाले, आफू कराउन थालेपछि स्थानीयहरुको जमघट भयो र तीमध्ये एकजना केटालाई स्थानीयहरुले समाते र प्रहरीलाई बुझाइएको उनले बताएका छन् ।
उनले अगाडि भने ‘त्यो केटाहरु डूगिस्ट थियो । छोरीले गाली गलोज गर्दा केटाले छोरी प्रितिको आँखा फुटाएको छ ।’ सोही क्रममा हो हल्ला हुँदा सबैले भागे र एउटालाई स्थानीय महिलाहरुले नै समातेर प्रहरीलाई बुझाएको बताएका छन् । केटी जिस्काउने प्रहरी हिरासतमा रहेको केटाको नाम खुल्न सकेको छ । यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालयमा फोन गर्दा उसको फोन उठेको थिएन ।
यता युवती माथि दिन दहाडै आक्रमण हुदा पनि कारवाही प्रक्रिया अगाडी नबढेपछि स्थानिय महिला अधिकारकर्मीहरुले आपती जनाएकि छिन । महिला अधिकारकर्मी तथा नेतृ सबनम खातुनले जनकपुरधामको प्रमुख चौकमा दिनदाहाडै यस किसीमका घटना हुनु निन्दनीय रहेको वताईन । उनले दिनदाहाडै युवती जिस्काउने तथा प्रतिकार गरेपछि मरनासन्न सम्म कुटने अपराधीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने वताइन । शुक्रवार नै घटना घटेपनि प्रहरी चासो नदेखाएपछि स्थानियबासीहरुले आरोपीमाथि कारवाही अगाडी बढाउन समाजसेवी वैधनाथ साहको अगुवाईमा दबाब दिने भएको छ । स्थानियवासीहरुले घटना घटेको स्थानमा रहेका सबै व्यपारीहरुलाई बोलाएर कारवाहीका लागि पहल गर्न आग्रह गरेको छ । यता घाइते भएकि पिडीत युवती प्रीती कुमारी साहको उपचार जनकपुरधाम अंचल अस्पतालमा भइरहेको छ ।

Monday, October 16, 2017

छोराको आशले बनायो अपराधी

जनकपुरधाम, २९ असोज । संसार कहाँबाट कहाँ पुगी सक्यो । जहाँ महिला र पुरुषबिचको भेदको कुनै स्थान नै रहेन । तर अहिले पनि हाम्रो समाज जहाँको त्यहीँ अटकेको छ । छोरा पाउनकै लागि सन्तान माथि सन्तान जन्माउने कटु सत्यलाई हाम्रो समाजले नकार्न सक्दैन । तर यही सोच र छोराको आशले गर्दा एक जना महिलालाई जेल सम्मको यात्रा गर्नु परेको छ । 

सिरहा जिल्लाको लक्ष्मीपुर पतार गाउँपालिका ४ निवासी ४० वर्षीया लिलादेवी साह कलवारको ४ जना छोरी छँदै थियो तर उहाँको धोको भनेको एउटा छोरो पाउनु थियो । छोरो पाउने ईच्छाले नै उहाँलाई अपराधी बनाएको भन्दा अतिशयोक्ति नहोला ।
लिलाले छोराका आशमा धामी झाँक्रीलाई पनि गुहारेकी थिइन् । तर, उनको इच्छा पूर्ति नभएपछि करिब १४ महिना अगाडि आफ्नो माइत सिरहा नगरपालिका १० नरहिया टोल जाँदा त्यहाँ आफ्ना नातेदार पर्ने दिलिप मण्डललाई भेटेकी थिइन् । उनले दिलिपलाई कहीबाट एउटा छोरा उपलब्ध गरदिन अनुरोध गरिन् ।
छोरा पाउने आशमा लिलादेवी दिलिपसंग गत माघ महिनामा भारतको दिल्ली गएर ८ महिनासम्म विभिन्न अनाथआश्रममा पुगिन् । तर, सन्तान गोद लिनका लागि थुप्रै कानुनी प्रक्रिया पुरा गर्नुपर्ने बाध्यता भएपछि उनीहरु गत भदौमा जनकपुर फर्किए । यसै क्रममा दिलिपले आफ्नो चिनजानका ४१ वर्षीय राधाकृष्ण मण्डललाई सम्पर्क गरे । उनले मण्डललाई लिलादेवीको लागि डेरा खोजिदिन अनुरोध गरे । मण्डलले जनकपुरकै सरोज मण्डलको घरमा लिलादेवीका लागि एउटा कोठा खोजिदिए । छोराको चाहनामा लिलादेवीले विभिन्न व्यक्तिलाई सम्पर्क गरिराख्दा राधाकृष्णले पनि सबै जानकारी पाए । उहाँले आफ्नो चिनजानका धनुषाको विदेह नगरपालिका झिझा टोल निवासी ३६ वर्षीय बाला पासवानलाई छोरा ल्याइदिए राम्रो रकम दिने प्रलोभन देखाए । बालाले पहिला बच्चा ल्याउने वचन दिए पनि पछि सकेनन् ।
सोही क्रममा बालाले विरे भनिने वीरेन्द्रसंग राधाकृष्णको घरमा लिलादेवी र दिलिपको भेट गराए । विरेले सुनिताको सानो बच्चा शुभमलाई हेरेको थियो । उसले दुई लाख पचास हजार रुपैयाँ लिएर बच्चा ल्याएर दिने बचन दियो ।

असोज १२ गते विरेले लिलादेवी र दिलिपलाई बच्चाको घर भएको स्थानबाट केही टाढाको सुनसान ठाउँमा रातिको बेला जम्मा हुन लगायो । शुभममाथि आँखा लगाएर बसेको अपहरणकारी विरेले रातिको बेला आमाको काखमा सुतेकै बेला शुभमको अपहरण गर्यो र बच्चा लगेर लिलादेवीलाई दियो । रातिनै उनीहरु बच्चा लिएर सिरहा फर्किए । तर प्रहरीले लामो अनुसन्धान गरी अपहरित बालकलाई फेरी आमाको काँखमा फेरी पुर्याउन सफल भएको छ ।
आमाको दूधको भरमा मात्रै बाँचिरेहका अबोध बालक शुभम जब १८ दिन पछि आमाको काँखमा पुगे त्यस पछि उसको हाँसो देख्न लायक थियो । आमा लिला पनि खुशीले आफ्नो आँखाभरी आँशु झर्न बाट रोक्न सकिनन् ।