Sunday, September 3, 2017

का“ग्रेस–एमाले धनुषामा ७५ प्रतिशत उम्मेदवार छनौट, राजपामा अन्योलता

जनकपुरधाम, १४ भदौ । आसन्न तेस्रो तहको स्थानीय निर्वाचनका लागि धनुषामा काँग्रेस–एमालेले उपमहा नगरपालिका, नगरपालिका तथा गाउँ पालिकामा ७५ प्रतिशत उम्मेदवारलाई छनौट पक्का गरिसकेको स्रोतले दावी गरेका छन् । तर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा आपसी विवादका कारण अहिलेसम्म कसलाई मेयर पदको टिकट दिने  निश्चित हुन सकेको छैन ।

नेपाली काँग्रेसबाट जनकपुर उपमहानगरपालिकाको मेयर पदमा मनोज कुमार साहलाई करीबकरीब पक्का भएको छ । त्यस्तै नेकपा एमालेबाट उपमेयर पदमा पुनम मिश्रलाई पक्का भएको छ भने मेयर पदमा श्याम पूर्र्वे र दीपेन्द्र यादवबीच विवादको कारण अहिले छनौट हुन नसकेको स्रोतले जनाइएको छ ।
त्यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट मेयर पदमा चारजना उम्मेदवारले दावी गरेका छन् । मेयर पदमा ललाकिशोर साह, परमेश्वर साह, शिवशंकर साह हिरा तथा अमर पजियार दावेदार रहेको स्रोतले जनाइएको छ । राजपा धनुषामा आपसी विवादका कारण अझै ढिलाई हुन नसक्ने स्रोतको भनाई रहेको छ ।
त्यस्तै एमालेबाट सबैला नगरपालिकाको मेयर पदमा एमाले धनुषा अध्यक्ष राजकिशोर यादवलाई पक्का गरिएको छ । मिथिला बिहारी नगरपालिकाको मेयर पदमा लक्ष्मीनारायण यादव र उपमेयरमा चन्द्रकला देवीलाई चयन गर्ने पक्का भएको छ । त्यसैगरी हंसपुर गाउँपालिकाको प्रमुखमा सूर्यनारायण कामत, बटेश्वर गाउँपालिका प्रमुखमा गणेश बहादुर राउत, औरही गाउँपलिका प्रमुखमा उमाशंकर साह, धनौजी गाउँपालिका प्रमुखमा राजकुमार यादव, लक्ष्मीनियाँ गाउँपालिका प्रमुखमा राजकिशोर यादवलाई पक्का गरिएको एमाले स्रोतले जनाएका छन् ।

त्यसैगरी नेपाली काँग्रेसबाट क्षिरेश्वर नगरपालिकाको प्रमुख पदमा योगेन्द्र पजियार, मिथिला बिहारी नगरपालिका प्रमुखमा रामउदय यादव, सबैला नगरपालिका प्रमुखमा विजय शंकर साह, गणेशमान चारनाथ नगरपालिका प्रमुखमा रामचरित यादव, विदेह नगरपालिका प्रमुखमा प्रेमचन्द्र झा, नगराइन नगरपालिका प्रमुखमा परमेश्वर यादव, मिथिला नगरपालिका प्रमुखमा राजाराम महतो, धनुषाधाम नगरपालिका प्रमुखमा बालेश्वर मण्डल, शहीद नगर नगरपालिका प्रमुखमा देवेन्द्र भरखेर लाई पक्का गरिएको काँग्रेस स्रोतले दावी गरेका छन् । त्यस्तै धनौजी गाउँपालिका प्रमुखमा बद्री सिंह, बटेश्वर गाउँपालिका प्रमुखमा रामअशिष महतो, लक्ष्मीनियाँ गाउँपालिकामा कुमरकान्त झा, जनक नन्दनी गाउँपालिकामा बारिक शेख पक्का गरिएको जनाइएको छ । यस अघि संघीय समाजवादी फोरम नेपालले धनुषामा आफ्नो  उम्मेदवारको नाम सार्वजनिक गरिसकेको छ । यता नेकपा माओवादी केन्द्र र राप्रपाले पनि अहिलेसम्म उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छैन । काँग्रेस र एमालेको आधिकारिक निर्णय दुई दिनभित्रमा नै सार्वजनिक हुने जनाइएको छ ।

Thursday, August 10, 2017

राजपा लोकतान्त्रिक सिद्धान्तको भए निर्वाचनमा भाग लिन्छ साह


नेकपा एमालेमा २०४९ सालमा गाउँ कमिटी अध्यक्ष, २०४६ सालमा अनेरास्ववियू धनुषा अध्यक्ष, २०५२ सालमा निर्वाचन क्षेत्र नं. ३को क्षेत्रीय अध्यक्ष, २०५७ सालमा अनेरास्ववियूका केन्द्रिय सदस्य त्यसपछि अहिले एमालेका केन्द्रिय वैकल्पिक सदस्यका साथै तेस्रो तहको निर्वाचन गतिविधि निगरानीको जिम्मेवारी पाएका सुधिर साहसंग दैनिक जनकपुरका   सम्पादक कैलास दासले गरेको कुराकानीको संक्षिप्त अंंश

एमालेको प्रदेश नं. २ मा कस्तो तयारी भई रहेको छ ?

पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भई सकेको छ । एमाले पहिलो र  विकासमुखी पार्टी हो यो कसैसँग छुपेकोे छैन । जसरी पहिलो र दोस्रो चरण अन्तरगत प्रदेश नं. १देखि ६ सम्ममा निर्वाचनको तयारी गरेको थियो त्यही नीति र उद्देश्यका साथ प्रदेश नं. २ मा पनि गरिरहेको छ । यहाँ के आवश्यकता छ, कस्तो संरचना चाहिन्छ त्यही सम्बन्धमा पार्टी भित्र बसेर छलफल भई रहेको छ । बैठकमा स्थानीय तहका प्रतिनिधिहरु छन्, जित्नेलाई पार्टीले टिकट वितरण गर्ने तयारीमा छन् ।
एमाले मधेश विरोधी पार्टी हो यहाँका जनताहरु भन्दै आएका छन् । के यहाँ पनि एमाले अन्य प्रदेश जस्ता जित्ला त ?
एमाले मधेश विरोधी पार्टी हो केही राजनीतिक दलहरुले ‘गलत अफवाह’ मात्र फैलाइएको छ । मधेशमा ८ वटा जिल्ला मात्र होइन २० वटा जिल्ला छन् । अहिले ८ वटा जिल्लाको निर्वाचन मात्र हुन लागेको छ । मधेशका १४ वटा जिल्लामा मधेशी जनताले नै एमालेलाई जिताइएको छ ।  एमाले मधेश विरोधी पार्टी भएको भए आज ती जनताले एमालेलाई भोट दिने थिएन । नेपाली जनता शान्ति सुरक्षा, विकास र रोजगारी चाहिन्छ र त्यो एमाले मात्र दिन सक्छ यी कुराहरु सबैले बुझि रहेका छन् । एमालेप्रति केही दलहरुले फैलाइएको ‘गलत अफवाह’ जनता बुझि सकेका छन् । आठ जिल्लामा पनि एमाले पहिलो पार्टी नै हुनेछ हामीले रिपोटिङ्ग गरेका छौं । म तपाईलाई भन्न चाहन्छु आठ वटा जिल्लामा  १सय २७ वटा पालिका मध्ये एमाले ५४ वटा सीट जितेर देखाउने छ । २७ वटामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रदेश नं. २मा एमाले कसैसँग गठबन्धन पनि गर्छन की ?
नेकपा एमाले पार्टी भित्र यी कुराहरु पनि चलिरहेको छ । राष्टिूय जनता पार्टी नेपाल (राजपा) निर्वाचनमा भाग लिएमा उनीसँग गठबन्धन गर्ने बढी सम्भाना छ । अन्य पार्टीसँग पनि हुन सक्छ । अहिलेसम्म कसैसँग कुराकानी भएको छैन । तर ती कुराहरु पनि छिट्टै बाहिर आउँछ ।
राजपा संविधान संशोधनलाई लिएर आन्दोलनमा छन्, र एमाले त्यसको प्रमुख प्रतिपक्षी दल हो । फेरी गठबन्धन कसरी हुन्छ त ?
राजपासँग पनि कुराकानी हुन्छ । तर जहाँसम्म संविधान संशोधनको कुरा हो त्यसमा राजपा स्पष्ट छैन । सबभन्दा पहिला उहाँको माँग के हो, स्पष्ट छैन ? जसको माँग नै अस्पष्ट छ भने के को आधारमा संविधानमा संशोधन गर्ने ? सत्ताको समर्थन र सडक संघर्ष गर्नेलाई कस्तो राजनीतिक संस्कार हुन सक्छ ? अहिले सत्ता समिकरणमा नेपाली काँग्रेस, माओवादी लगायतका दलहरु छन् प्रमुख प्रतिपक्षी एमाले मात्र हो । सबैको समर्थन छ भने संविधान संशोधन गरी दिनुपर्छ नि ! प्रमुख प्रतिपक्षी एमालेले नचाहेमा पनि रुक्दैन ? तर राजपाले राजनीतिक दाउपेचमा मात्र लागेका छन् । काँग्रेस, माओवादी लगायतका दलहरु संविधान संशोधन गरिरहेको छैन भने उनीहरु सरकारलाई किन समर्थन गरिराखेको छ त ?
तपाई के भन्न चाहनु हुन्छ ? स्पष्ट गरी दिनुस् न !
तपाईले नै मलाई बुझाई दिनुस् राजपाको के माँग हो ? अहिलेसम्म राजपाको माँग सदनमा प्रस्त्ुतै भएको छैन । हो कहिले काही मिडियाहरुमा सुन्ने गरेको छु । त्यो माँगप्रति पनि एक रुपता देखिएको छैन । कहिले मधेशमा एउटा प्रदेश त कहिले के के कुराहरु भन्दै आएको छ ।
भन्नाले एमालेको दृष्टिमा संविधान संशोधन मुद्दै छैन ?
संविधान जारी भएको छ । त्यसमा केही तृटी होला मान्छु । तर एमालेको स्पष्ट धारणा छ, पहिलो संविधान कार्यान्वयन होस्, त्यसपछि संविधान संशोधन गरी त्रुटिहरु सच्याउँला ।
राजपाले निर्वाचनमा भाग नलिएमा निर्वाचन हुन्छ त ?
संविधान एमालेको मात्र समर्थनमा बनेको छ त्यस्तो छैन । २०४८ सालमा पनि संविधान जारी भएको थियो । त्यो बेलामा पनि मदन भण्डारी असहमतिको २८ वटा कुराहरु राखेका थिए । त्यो २०६२÷०६३मा सम्बोधन भयो । त्यस्तै समय सापेक्ष गणतन्त्र सुदृढिकरण भएमा सबै संरचनाको निर्वाचन भएमा संविधानमा नै सबै व्यवस्था छ । संविधानमा उल्लेख व्यवस्था अनुसार संविधान संशोधनका लागि एमाले तयार छन् । लोकतन्त्रमा बलको प्रयोग गरेर केही हुँदैन लोकतान्त्रिक विधिबाट आउनु पर्छ । बल प्रयोग गर्ने छ भने राजपा निर्वाचनमा जाँदैन तर लोकतान्त्रिक विधिमा हिड्नेछ (लोकतान्त्रिक सिद्धान्त पालना गर्छन) भने निर्वाचनमा आवश्यक आउँछ । एमालेलाई आशा र विश्वास छ राजपा पनि निर्वाचनमा भाग लिन्छ ।
एमालेलाई मधेशी जनताले भोट किन दिन्छ ? मधेशमा एमाले के के गरेको छ ?
मधेशी जनता नभन्नुस् । मधेशमा २० वटा जिल्ला रहेछ त्यसमध्ये १२ वटा जिल्लाका मधेशी जनताले एमालेलाई भोट दिएकै छ, जिताएकै छ । अब सवाल रह्यो ८ वटा जिल्लाका जनताले एमाले नै आफ्नो मत दिन्छ किन भने मधेशको जति पनि विकासको एजेण्डाहरु उठाएको छ त्यो एमालेको नै हो । आठ वटा जिल्लामा गजेन्द्र नारायण सिंह र दूर्गानन्द झा, अग्रिणी नेता सूर्यनाथ र वाम आन्दोलन उनी पनि मधेशको सवालमा रहने पुरुष हुन । दूर्गानन्द झा सहितलाई कैयौ वीर पुरुषलाई एमालेले नै शहीद घोषणा गरेको छ । त्यति मात्र होइन, जहाँसम्म विकासको कुरा हो हुलाकी राजमार्ग निर्माण एमालेकै देन हो । मधेशको सवालमा बजेट विनियोजन पनि एमालेले नै गरेको छ । त्यसैले मधेशी जनता एमालेलाई नै भोट दिन्छ हामी विश्वस्त छौ । समग्र मधेशको परिकल्पना र समृद्ध बनाउने एमालेकै एजेण्डा छ र रहँदै आएको छ ।
धनुषामा १७ पालिका मध्ये एमाले कति सीट ल्याउँछ ?
नेकपा एमाले धनुषामा १७ वटा मध्ये ८ वटा गाउँ पालिका, ८ वटा नगरपालिका र एउटा उपमहानगरपालिका रहेछ । अहिलेसम्मको रिपोर्टिङ्ग अनुसार १४ वटा पालिकामा नेकपा एमालेले जित्ने दावी छ । जहाँसम्म जीतको सुनिश्चतको कुरा हो त्यसमा ११ वटा सीट जसरी पनि एमालेले ल्याउँछ । अरुमा प्रतिस्पर्धा हुन्छ ।
एमालेबाट उपमहानगरपालिकाको उम्मेदवार कसलाई बनाउने छ ?
धनुषामा जनकपुर उपमहानगरपालिकाका लागि १४ जनाको नाम सिफारिस भएको थियो ।  त्यसमध्ये शोर्ट लिस्ट तयार गर्दा ५ जनामा आएको छ । त्यसमाथि छलफल भई रहेको छ । आफू केन्द्रिय नेता भएकोले भन्न मिल्दैन, तर आज भोलीमा त्यो पनि क्लियर हुन्छ ।