Tuesday, December 27, 2016

धनुषामा ५१ वर्षपछि विद्यार्थीहरु सैनिक पोशाकमा

कैलास दास
जनकपुर । तत्कालिन राजा महेन्द्र शाह बिक्रमले वि.सं. २०२२ सालमा राष्ट्रिय सेवा दल (एनसीसी) तालिमको घोषणा गरेको भएपनि धनुषामा ५१ वर्षपछि यहाँका छात्रछात्राहरुले सो तालिम लिन पाएका छन् । धनुषाका छात्रछात्राहरुले लिएको तालिम मंगलवार जनकपुरमा प्रदर्शन गरेका छन् ।

गोरखनाथ गण क्याम्प जनकपुरमा आयोजित सिखेको तालिम प्रदर्शनमा सहभागीले मधेशका युवाहरु सेनाका लागि सक्षम रहेको प्रतिभाबाट नै स्पष्ट भएको बताएका छन् । सहभागीहरुले मधेशमा धेरै प्रतिभाशालीहरु व्यक्ति रहेको बताउँदै अवसर नभेटाउँदा प्रतिभा देखाउन नसकेको कुरा समेत दोहोर्याएका छन् ।
गणका गणपति खेमराज शर्माको अध्यक्षतामा भएको तालिम प्रतिभा प्रदर्शन कार्यक्रममा प्रमुख अतिथि जर्नल चितबहादुर गुरुंगले राष्ट्रिय सेवा दलले लिएको तालिमबाट समाजिक अनुशासन, देशप्रति वफादारिता, इमानदारिता र राष्ट्रको हरेक निकायमा सहयोग गर्ने भावना उत्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।
प्रमुख अतिथि जर्नल गुरुंगले छा    त्रछात्रामा यो तालिमबाट आत्मबल बढनुको साथै, कुसंस्कृति, समाजिक विकृतिको अन्त्य हुनुका साथै प्रशासनिक निकायप्रति इमान्दारिता आउने औल्याए ।

त्यस्तै गणपति शर्माले वि.सं. २०२२ सालमा देशभरिको विद्यालयहरुमा राष्ट्रिय सेवा दल (एनसीसी) तालिम परिचालन गर्ने तत्कालिन राजा महेन्द्रले नै घोषणा गरेको थियो । त्यही बेलादेखि यो तालिम सञ्चालनमा रहेको छ । तर अन्य ठाउँमा भएपनि धनुषामा पहिलो पटक भएको बताइएको छ । यो तालिम केही दिन बन्द भएको थियो । तर अहिले देशभरि सो तालिम सञ्चालनमा रहेको जानकारी गराएका छन् । धनुषाको माध्यमिक विद्यालय कुवा, जानकी माध्यमिक विद्यालय जनकपुर तथा क्षिरेश्वरनाथ माध्यमिक विद्यालय महेन्द्रर विद्यालयमा सो तालिम गराइएको जानकारी गराएका छन् ।

तीनवटै विद्यालयबाट १८ वटा छात्र र १८ वटा छात्रा गरी धनुषाबाट एकसय आठ जनाले यो तालिम प्राप्त गरेका छन् । यो तालिममा विद्यार्थीहरुको अनुशासन, राष्ट्र निर्माणमा सहयोग, इमान्दारिता, मुलुकप्रति वफादारिता तथा विपदाको समयमा सहयोग गर्ने सिखाइएको छ ।

सैनिक तालिम जस्तै एनसीसीको तालिम रहेको छ । २०७३ कार्तिक ३० गतेबाट सो तालिम शुरु भएको हो । टेकैण्डो, मार्सल आर्ट, मासपिटी, खुकुरी ढिरिल, कवच, साँस्कृतिक नृत्य, वतृत्वकला लगायतको तालिम दिइएको छ । विद्यालयमा ७९ दिनको तालिम समापनपछि २१ दिने आउट डोर तालिमका लागि यानसिला क्याम्प मोरंगमा हुनेछ । उक्त तालिममा राम्रो प्रतिभा देखाउनेहरुलाई पुरस्कार समेत गरिने बताइएको छ ।
तालिम लिएका छात्रछात्राहरुले खुकुरी चलाउने, आत्म रक्षाका लागि लड्ने, मुलुकप्रति समर्पित हुने तथा साँस्कृतिलाई उजागर गर्ने जस्ता प्रदर्शन गरेका छन् । उनीहरुले ‘अनारवती डोमरी तोहर डोम कतह गेलहुँ गे’ जट जटिन, नेपाली गीत लगायतको साँस्कृति कार्यक्रम गरी दर्शकहरुलाई मनमुग्द पारेका थिए ।

तालिम प्रतिभा प्रदर्शन कार्यक्रममा जानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक उमाकृष्ण लाल कर्ण, माध्यमिक विद्यालयका राजदेव दास, नेपाली काँग्रेसका नेता मनोज साह लगायतका व्यक्तिहरुले आफ्ना धारणा राखेका थिए ।
त्यस्तै उक्त कार्यक्रममा धनुषाका निमित्त जिल्ला शिक्षा अधिकारी दानीकान्त झा, सशस्त्रका प्रहरी उपरीक्षक उत्तमराज थनेत, प्रहरी उपरीक्षक लालमणि आचार्य, अभिभावक सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Friday, November 11, 2016

सद्भाव र एकताको पर्व छठ

कैलास कुमार
छठ पर्व सद्भाव र समाबेशी पर्वका रुपमा विकसित हुँदै गएको छ । पहिला प्रायः यो पर्व भारत बिहार तथा नेपालको तराईका जिल्लाहरुमा मनाईने गर्दथ्यो । तर अहिले पहाडी जिल्लालगायतका अन्य जिल्लाहरुमा समेत धुमधामसँग मनाउन थालिएपछि धार्मिक सद्भावको पर्वका रुपमा स्थापित हुँदै आएको हो । बिशेष शुद्धासुद्धी, हर्ष( उल्लास, परिवार, मित्रहरु, आफन्तजनहरुसँग भेटघाटको अवसरका रुपमा समेत यो पर्व बन्दै गएको छ । धनी, गरीब, हिन्दू, मुस्लिम, महिला, पुरुष, पहडी, मधेसी, हिमाली सबै वर्ग समुदायले मनाउन थालेको यो पर्वले मुलुकको बर्तमान अवस्थामा सामाजिक समानता कायम गर्न मद्दत पुग्ने गर्दछ ।

यो पर्वले समाजलाई एकवद्ध बनाइ, एकै आवाजलाई सामूहिक आवाज बनाएर लैजानका लागि यस्ता पर्व, मेला, चाडहरुले अत्यन्त ठूलो योगदान दिने गर्दछ । ‘छठ पर्वमा सबै धर्म, समुदाय र जातिका मानिसहरु एकै ठाउँमा भेला भएर मनाउने गर्दछन् । छठ पर्व गर्नाले सबैको सुख, शान्ति, भलाइको कामना हुने जनविश्वास रहेको छ । जसले गर्दा समाजका विभिन्न सदस्यहरुको वीचमा राम्रो सम्बन्ध, अन्तरसम्बन्ध सामूहिकपनको भावना, भाइचाराको सम्बन्ध, सबै खाले भेदभावको अन्त्य मित्रत्वको भावना, र सामूहिक एकताको विकास हुन्छ । जुन कुरा हाम्रो समाजलाई रुपान्तरण गर्नका लागि अत्यावश्यक छ ।’
छठ पर्वमा नदी वा पोखरी किनारमा भक्तजनहरु जम्मा भई अस्ताउँदो सूर्यलाई पूजा गरी मनाउने गरिन्छ । परिवारको ज्येष्ठ योग्य र स्वस्थ महिलाको नेतृत्वमा मनाइने सामूहिक पर्व छठ पर्व हो । यस समयमा छठ व्रत बसी सूर्यदेव र छठी माताको पूजाअर्चना गर्नाले आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वास रहेको छ । सबै धर्म समुदाय र जाति एकै ठाउँमा भेला भएर छठ पर्व मनाइने हुँदा यो पर्वको एउटा छुट्टै विशेष पहिचान रहेको छ । यो पर्वले भेदभाव, उच्चनिच, छुवाछुतलाई अन्त्य गर्दछ त्यसैले प्रेम, सद्भाव र एकताको प्रतीकको रुपमा छठ पर्वलाई मानिन्छ ।
धर्मग्रन्थहरुमा यस ब्रतलाई षष्ठीब्रत, सूर्यषष्ठीब्रत, रवि षष्ठीब्रत भनेका छन् । बोलचालको भाषामा छैठ(छइठ, छठिमाइ, छठि परमेश्वरी, रौनामाइ, लोहसार आदि भनि विभिन्न समाजमा विभिन्न नामले यो महापर्व प्रचलित छन् । प्रारम्भमा यस लोकपर्वलाई मूलरुपमा जनजातिहरु नै मनाउने गर्थे । हाम्रो मुलुकमा विशेषगरी मैथिली, मैथिल थारु, भोजपुरी, अवधि भाषाभाषीले “छठ पर्व” अधिक मनाउने गर्दथे । छठिमाईको महिमाबाट लाभान्वित भएका अन्य जातजातिहरुले पनि यो पर्व मनाउन थालेको साहित्यकार रामभरोस कापडिको भनाई छ ।
मिथिलामा एक लोक उखान ब्रतको सम्बन्धमा निकै प्रचलित छ । सोही मध्ये केही अंश अनुसार “ दशै सोरहे सुकराती, सुकराती छब्बे छैट” अर्थात विजयादशमीको सोरहौं दिनमा पर्ने सुकराती (तिहार(दिपावली) र तिहारपछिको छैटौं दिनमा पर्ने पर्वलाई “छठ पर्व” भनिन्छ । अर्थात शरदऋतुको कार्तिक शुक्ल षष्ठीका दिनमा छठ पर्व पर्दछ । जाडो र गर्मी दुवैवीचको मनोरम समय कार्तिक महिनामा उदाउन थालेको चन्द्रमाको छैठौ दिनमा हुने भएता पनि छठ पर्वको विधि तिहारको भोलिपल्ट देखि शुरु भएको मानिन्छ । तर, मुख्य विधि चाहि चन्द्रोदयको चौथो दिनदेखि प्रारम्भ हुन्छ । षष्ठीका दिन अस्ताउदो र सप्तमी तिथिका दिन उदीयमान सूर्यलाई पूजा गरी “छठ पर्व” समापन गर्ने परम्परा छ ।
ज्योतिष शास्त्रानुसार छठको समयमा ब्रहमाण्डमा सूर्य दक्षिणतीर भएकोले कन्या राशि स्थित हुन्छ, यस मनोमुग्धकारी, चित्तप्रसन्नकारी समयमा आकाश पूर्णतया निर्मल(कञ्चन हुन्छ । यस समयमा सूर्यको प्रकाश सबभन्दा प्रखर तथा  प्रभावशाली र मानवका लागि हितकारी हुन्छ ।
छठ पर्वका दिन पोखरी, नदी लगायतका घाटमा गाउने गीत बडो सुहाउँदो रहेछ । यस पवित्र पर्वमा प्रत्यक्ष पूजाको रुपमा सूर्यदेवको पूजा आराधना गर्ने गरेको देखिन्छ तर सम्बोधन छठ माता वा छठि परमेश्वरीको नामबाट गरिन्छ ।
काँचहि बाँसके टोकरीया हो दिनानाथ,
टोकरी लचकत जाय,
बाटमे पुछे जे बटोहिया, टोकरी केकर जाय
आन्हर होबे रे बटोहिया, सजल टोकरी छठिमायके जाय .... ।
छठ पर्वका दिन बाँसको ढाकीमा प्रसादका सबै सामग्री राखेर पूजन स्थलसम्म लागे बेला मिथिलाका नारीहरुद्वारा गाईने उक्त लोकगीतको पंक्तिमा दिनानाथ र छठिमाताको सम्बोधन गरेको देखिन्छ । तर, प्रत्यक्ष रुपमा सूर्यदेवलाई नै पुज्ने गरिन्छ, सो सम्बन्धमा विद्वानहरुले षष्ठीका दिन बेलुकी अस्ताउने सूर्यलाई पुजन गरिन्छ, वास्तवमा सो छठमाताको पुजन हुन्छ र सप्तमी तीथिका दिन प्रातकालिन जुन पूजा गरिन्छ त्यो सूर्यदेवको पूजा हो । सो पूजामा षष्ठीकादेवीलाई गौण मानिएको छ र सूर्यको प्रधान पूजा हुन्छ । षष्ठीका दिन हुने छठपर्वमा षष्ठीलाई देवी “षष्ठीका देवी” र दिनानाथलाई सूर्यदेव मानिन्छ । षष्ठी देवीलाई कार्तिकेयको पत्नी मानिएकोले प्रकृतिको छैठौं अंश र देव सेना पनि भनिन्छ ।
बृष राशिमा ६ वटा नक्षत्रको समुह रहेकोले कार्तिकेयलाई षष्ठी तिथीसंग जोडिएको कुरा धर्मग्रन्थमा उल्लेख भएको पाइन्छ । कार्तिकेय नाम भएको हुँदा कार्तिक महिनामा “छठ पर्व” मनाईन्छ ।  निचोडमा भन्नु पर्दा सीता(राम, राधे(कृष्ण जस्तै सूर्य ंषष्ठी .सूर्यष्ठी अर्थात सूर्यदेव र षष्ठीकादेवी (छठ माता) दुबैको एकसाथ उपासना गर्ने परम्परालाई नै “छठ पर्व” को रुपमा मनाउने चलन आजसम्म कायम छ ।
क्षितिजको प्रभातकालिन किरण पोखिएर आकाशमा राताम्य पिण्ड टुप्लुक्क(टुप्लुक्क हुन थालेको समयमा जुन अर्घ(पूजा ब्रतालुहरुद्वारा गरिन्छ सो छठमाताको र पूर्णप्रकाशमा गरिने पूजा सूर्यदेवको अंशमा जान्छ भन्ने मान्यता रहेको छ । षष्ठीका देवीलाई आलाहादिका शक्ति मानिएको छ । संसारमा मनाइने यहि एक यस्तो पर्व हो जसमा अस्ताउदो र उदाउदो सूर्यलाई पूजा गर्ने परम्परा छ । प्रसव पीडा पश्चात जन्मेको शिशुमाथि केही समयसम्म विशेष प्राण(संकट मडराइरहेको हुन्छ । सो संकट वितिसकेपछि छैठौं दिन “छठिहार” मनाउने  मनाउने परम्परा प्रायःहरेक समुदायमा विद्यमान छ । छठिहारका दिन रातमा एक तान्त्रिक देवीको पूजा गर्ने चलन यथावत रहेको छ । छठिहारमा पूजा गर्ने ती देवीको नाम पनि षष्ठी अथवा षष्ठीका देवी नै भनिन्छ भने हामीहरुले कार्तिक मासमा पूज्ने गरेको छैठ परमेश्वरी त्यही देवी हुन कि भन्ने प्रश्नको खोजी गर्नु पर्ने देखिन्छ । तर विचारणिय कुरो के छ कि बालबालिका जन्मदाको छैठौं दिनमा मनाउने “छठिहार” (छठि) अनिवार्य रुपले मनाउनु पर्दछ । छठिहार अनिवार्य छ भने “छठपर्व” ऐच्छिक रहेको छ ।
छठ पर्वका बिषयमा विभिन्न कथा र किंवदन्ती रहेको पाइएको छ । यसको शुरुवात कहाँबाट र कसरी भएको धार्मिक ग्रन्थहरुको अलग(अलग मान्यता देखिएको छ । द्रौपदीले पति र छोराको दीर्घायु र उन्नतिका लागि यो व्रत गरेको भनेर मानिंदै आएको छ । महाभारतमा पाँच पाण्डवले बसेको गुप्तवासको सफलताको कामना गर्दै द्रौपदीले छठ पर्व गरेकी थिईन् भन्ने पनि छ । त्यही बेलादेखि नै छठ पर्वको सुरुवात भएको धेरैको भनाइ छ । तर पिता श्रीकृष्णको श्रापबाट कुष्ठरोगले पीडीत बनेका साम्ब सुर्यको आराधनाबाट रोगमुक्त बनेपछि छठको चलन चलेको साम्बपुराणमा उल्लेख रहेको छ । कसैले सत्ययुगमा सरयाती नामक राजाका सुपुत्री सुकन्याले पहिलो पटक छठ गरेको पनि बताईन्छ । वर्तमानमा छठ पर्व गर्नाले सन्तान प्राप्ति, कुष्ट रोग निको हुने लगायतका जनविश्वास रहेको छ ।
जनविश्वासका अनुसार द्रौपदीसहित पाण्डवहरु अज्ञात वासमा रहँदा सो गुप्तवास सफल होस् भन्ने कामनाका साथ पाण्डवहरु सूर्य देवलाई आराधना गर्दै थिए । सो समयमा पाण्डवहरु मिथिलाको विराट राजाका क्षेत्रमा बास बसेका थिए । यो लोककथनलाई सत्य मान्ने हो भने छठ पर्वको शुरुवात महाभारतकाल अर्थात द्वापरयुगमा भएको मानिनु पर्दछ । सूर्य पुराणमा वर्णित कथा अनुसार कार्तिक शुक्ल षष्ठीमा हुने गरेको यो पर्व सर्वप्रथम अत्रिमुनीकी पत्नी सती अनुसूयाले गरेकी थिइन र सोही समय देखि “छठ पर्व” गर्ने परम्परा आरम्भ भएको तथ्य उल्लेख भएको भेटिन्छ । अनुसूयाले सुख, सौभाग्य तथा दाम्पत्य प्रेमको एक निष्ठताका लागि षष्ठीब्रत गरेकी थिइन । बैदिककाल पछि संसारमा सूर्यपूजा र आराधना गर्ने चलन युनानी सभ्यताको आदिकालका ग्रीक समाजबाट शुरु भएको थियो । तर, छठ पूजाको शुरुवात भने शाकलद्विपी भन्ने समाजबाट शुरु भएको पुष्टी हुन्छ ।

यता ऋग्वेदमा उल्लेख अनुसार दिनकर दिनानाथ अर्थात सूर्य पूजा र षष्ठीकादेवी अर्थात छठमाताको ब्रतको प्रारम्भिक अनुष्ठान सर्व प्रथम अत्रि मुनिकी पत्नी सती अनुसूयाले गरेकी थिइन भने लोक मान्यता रहेको छ । अनुसुयाले सुख, सौभाग्य तथा दाम्पत्य प्रेमको एक निष्ठताको लागि षष्ठीब्रत गरेकी थिइन ।
च्यावनप्राशको सेवन गरि बृद्धावस्थाबाट युवावस्था प्राप्त गर्नु भएको च्यवन रिषीको पत्नी अनुसूयाले छठब्रतको कठोर अनुष्ठान गरेर आफ्नो दृष्टीहीन पतिलाई दृष्टी दिलाइएकी थिइन । त्यस्तै भगवान श्रीकृष्णका पुत्रद्वय साम्बन तथा मयुरले सूर्योपासनाद्वारा कुष्टरोगबाट मुक्ती पाएका थिए । ऋग्वेदको एक श्लोकमा भनिएको छ ः
“सप्तत्वा हरितो रथ बहिन्ति देव सूर्य ।
शोचिष्ट केश विचक्षणः ।।
अमुक्त सप्त शुन्ह युवः सुरोस्वस्थ नप्तः
तामियोति स्वयुक्तिभि” (५०(८(१)
जसको अर्थ सूर्य सारथी हो । यसको किरण प्रकाश सप्तरंगी छ । त्यसैले सात संख्याले हाम्रो जीवनमा महत्व राख्दछ । सूर्यको पूजा पनि सप्तमीकै दिन हुन्छ । षष्ठीका दिन हुने पूजा षष्ठीका देवी अर्थात छठ माताको हुन्छ । सात दिन, सात सुरहरु पनि सूर्यको कथासंग जोडिएको पाइन्छ ।
यज्ञ दान व्रत तपः कारिणे मानववाश्च ये ।
कार्तिक व्रत पुणस्य नाप्रवन्ति कलामाथि ।।
एवं यें कार्तिक मासे नारा व्रतपरायणः
केमसान्निध्य गतास्तेपि प्रीतिदास्त्व मथा मम ।।
पद्म पुराणमा वर्णित उक्त श्लोकले यो बोध गराउदछ कि यज्ञ, दान, ब्रत र तपस्या गरेर जुन फल प्राप्त हुन्छ सो फल भन्दा सो¥ह गुणा अधिक फल कार्तिकको व्रत गर्दा प्राप्त हुन्छ । जुन व्यक्तिले सूर्य षष्ठी ब्रत गर्नेछ सो सदैव मेरो नजिक अर्थात परमात्माको नजिक रहने छ र त्यसको सम्पूर्ण पाप नष्ट हुने छ । चाक्षुषोपनिषदमा सांकृति मुनिले आदित्यलोकमा गएर भगवान सूर्यलाई नमस्कार गरि प्रार्थना गरेकोेले चाक्षुष्मती विद्या प्राप्त गरेका थिए । महाराजा राज्यवद्र्धनले सूर्यको आरधनाद्वारा दीर्घायु प्राप्त गरेभने राजा प्रियतले षष्ठी(देवी (छठमाता) को उपासना(पुजा गरेर आफ्ना मृत पुत्रलाई जीउँदो प्राप्त गरेका थिए । देउताहरुको आमा अदितिले भगवान सूर्यलाई नै पुत्रको रुपमा प्राप्त गरेक िथिइन जसले गर्दा सूर्यको नाम आदित्य रहन गएको हो र आदित्यलाई परब्रहमा परमात्मा मानिएको कुरा ब्रह्म सुत्रमा उल्लेख छ । मार्कण्डय पराणमा पनि सूर्य परमपिता ब्रम्हाकै रुपमा देवस्वरुप रहेको भनिएको छ । यस हिसावले हेर्दा सूर्य षष्ठी ब्रत अर्थात छठ पर्वमा सूर्यदेवको रुपमा ब्रम्हाको पूजा हुन्छ भन्ने प्रमाणित हुन्छ । “आदित्यो वै तेज ओजो बल यशश्चक्षः श्रोय आत्मामन” (ऋग्वेद १(११५(१)
आदित्य मण्डलको अन्त्यमा स्थित सूर्य देवता अधिक प्रेरक, अन्तर्यामी, परमात्मास्वरुप छन् र सूर्य नै जीवन, तेजस्वी, ओजस्वी, बल, यश, चक्षु श्रोत तथा आत्मा र मन हो, ऋग्वेदमा भनिएको छ ।
आजपनि “छठ पर्व” गर्नेहरुले धन, पुत्र, रोगव्याधि र सु(यश् प्राप्त गर्ने उदेश्यले यो ब्रत गर्ने गर्छन । विश्वास राखेर पर्व गरे अनुसारको फल पनि प्राप्त छठ ब्रत गर्नेहरुले गरिरहेका हुन्छन् । “छठपर्व” गर्नेहरुको घरमा जति जना सन्तान हुन्छन् त्यति जनाको नाममा अर्घ चढाउने गर्छन् । यस दृष्टिले छठ पर्वलाई मानव समुदायको प्राचिन पर्व मान्नु पर्दछ । किनकी संसारमा आदिशक्तिको रुपमा सूर्यलाई हामंो धर्म ग्रन्थहरुले प्रमाणित गरिसकेको छ । थरिथरकिा धर्म र देवी देवताको उत्तपति हुनु अगावै संसारका सर्व शक्तिमान देवताको रुपमा सूर्य नै रहेका थिए । आधुनिक विज्ञानले पनि ब्रम्हाण्डको सर्वाधिक उर्जावान, शक्तिमान ग्रहको रुपमा सूर्यलाई मानेको छ । ऋग्वेदकोः(७(६३(३) मा पनि “हे जाज्वल्यमान सूर्यदेव, जब तिमी उषाको काखमा उदाउँछौ तब भक्तजनहरु गीत गाएर तिम्रो स्तुति गर्दछन् ।” भनिएको छ ।
आयुर्वेद अनुसार आर्य जातिको एउटा समुह “शक” भन्ने जात छरिएर क्यासपिन सागरको तटवर्ती क्षेत्रका (द्विप(टापु) हरुमा बस्न थाले, यिनीहरु द्विपमा बसेको हुदा कालान्तरमा गएर शक भन्ने जात क्रमशः “शक द्विपी” र शकद्विपीबाट “शाकलद्विपी” हुनु गयो । यी जातका मान्छेहरु नारायण विष्णु तथा पानीका पूजक थिए भन्ने कुरा “हेब्रुको इतिहास” तथा “बाइबल” मा उल्लेख छ । शाकल द्विपीहरु प्रायः वैद्यका काम गर्थे । टापूमा बसेको हुदा घाम पाउदैन थिए । घामको ओजस्वी किरण पाउन लालयित रहन्थे ।
आयुर्वेद अनुसार सूर्यको किरणले भिटामिन प्रदान गर्नुको साथै अतिरिक्त शरिरका कैयौं रोगव्याधिहरु नाश गर्ने भएकोले सूर्यको प्रकाश प्राणीमात्रलाई होइन सम्पूर्ण जीवजन्तु बनस्पतिलाई अनिवार्य रुपमा चाहिएको हुन्छ । पछि शाकलद्विपीहरुले सूर्यको प्रकाशपाउन थालेपछि सूर्यलाई सर्वशक्तिमान देवता र आयुर्वेद तथा अध्यात्मिक औषधिको श्रोत मानि पुजा गर्न थाले । शाकलदिपी मुनी अनुसारको चलन चल्दै आएकोले सोही परम्परा आज पनि रहेको तर आज सूर्य पुजा कम र छठको नामले यो पर्वले अधिक प्रसिद्ध पाएको छ भन्ने कुराको वर्णन भेटिन्छ ।
तर मैथिलीका प्रकाण्ड विद्वान स्व.पण्डित अमृतानाथ मिश्र एउटा पुस्तकमा लेखेका छन्(संसारमा सबभन्दा पहिला लेखिएको ग्रन्थ ऋग्वेदको रचना भएको बेलादेखिनै यो पर्वको थालनी भएको हो । ऋग्वेदिक कालमा ऋषिहरु नैवेद्य हवन कुण्डमा राखि सूर्य देवलाई पुजा गर्थे । हामीहरु सूर्यदेवलाई अर्घ देखाई पुजा गर्ने गर्छाै फरक यति नै हो । वैदिक कालमा पनि सुर्य षष्ठीव्रत हुन्थ्यो र आजपनि हुन्छ ।
उल्लेखित कथनहरुले प्रष्ट हुन्छ कि छठ चाहे जुन कालदेखि थालनी भएको होस तर यो आजको आधुनिक समाजले चलाएको चलनको पर्व होइन ।  यसको एक प्राचिनतम इतिहास छ, गहनतम् विषय छ र यसको पौराणिक तथा ऐतिहासिक पृष्ठभूमि छ । त्यसैले जनजनमा छठ माताप्रति श्रद्धा भक्तिभावको लहर हरेक व्यक्तिको नसनसमा समाएको छ ।
छठ पर्व मनाउने विधिः “छठपर्व” मनाउने महिला वा पुरुषहरुले ब्रतमा बस्नु भन्दा अगावै अर्थात कार्तिक महिना लागेदेखि माछा(मासु खान बन्द गरी दिन्छन् । तिहारको चौथो दिन नित्य कर्मपछि ब्रतमा बस्नेहरु लसुन, प्याज, उसिना चामलको भात बाहेक शुद्ध शाकाहारी खाना, अरवा चामलको खीर, दुध, केरा खान्छन् । यस दिनलाई बोलचालको भाषामा मैथिलहरुले “नहाय खाय”नुहाई खानु भन्छन् । पञ्चमी तिथीका दिन ब्रत बस्नेहरुले दिनभरीको उपवासपछि साँझपख नुहाई धुआई गरी, नयाँ लुगा लगाई आफ्नो कुल देवता भएको कोठामा अथवा अन्य पवित्र ठाउँमा आषाढमा उब्जेको धानको चामल, खेसारी, उडिदको दाल उसिना चामल बाहेकका, नुन रहित स्वच्छ खाद्य सामग्रीबाट पवित्रता पूर्वक खाने परिकार पकाउछन् । यस्ता खाने कुरा छुट्टै माटाको चुलोमा माटो, पित्तल वा तामाको भाडामा तयार पार्ने गरिन्छ ।
विभिन्न खाद्य सामग्रीका अतिरिक्त अरवा चामल (बासमती, तुलसिफुल वा गम्हरी धानको चामल) गहूँ आदिलाई खल, जातो वा ढिकीमा कुटानपिसान गरि दुध, सख्खरबाट खिर, गहँुको पिठोबाट शुद्ध घ्यूमा पकाइएको पुरी, पाकेको केरा अनिवार्य हुन्छ । यसका अतिरिक्त मेवा, मिष्टान्न, फलफुलहरु पनि राखिन्छ । खानेकुराहरु तयार पारिसकेपछि पुजा गर्ने ठाउँमा गाईको गोवरले लिपोत गरी ठाउ दी, गंगाजल छर्केर भूमिलाई शुद्ध गरिन्छ । यसरी शुद्ध गरेको भूमिमाथि अरवा चामललाई पानीमा भिजाएर तयार पारिएको पिठोको झोल “पिठार”द्वारा भूमिलाई सुशोभित गर्न चित्र बनाइन्छ । त्यसपछि सो भूमि चित्रमाथि केराको पातमा खिर, पुरी, केरा, फलफुल, मेवा(मिष्ठान्न, तुलसीको पात, पानको पात, सुपारी आदि सबै थोक राखि पूजा गरिन्छ । आरती, पुजन पछि परिवारका ठुलाबढा सबैले प्रसाद राखेर पुजा गरेको ठाउँ “न्योज” अगाडि प्रणाम गरिन्छ । त्यसपछि चढाएको परिकारहरु प्रसादको रुपमा ब्रतधारी सहितले खाने गर्दछन् । छर छिमेकलाई समेत सो प्रसाद बाट्ने गर्छन् । जसलाई न्योज भनिन्छ । यसरी पञ्चमी तिथीमा दिनभरीको निआहारपछि रातिमा गर्ने पूजा र फलाहारको यसदिनको पर्वलाई “खर्ना” भनिन्छ । खर्नाको दिन छठमातालाई पूजा स्विकार गरी पुजनमा आउनु हुन्छ भन्ने आमन्त्रणा पनि गरिएको मानिन्छ ।
षष्ठीका दिन ब्रत बस्नु पर्दछ र ब्रत बस्ने महिला पुरुष अन्नजल ग्रहण गर्दैनन । विहानै देखि स्वच्छपूर्वक तयार पारेर राखेको गहुँको पिठो, अरवा चामलको पिठोको गुडबाट (ठकुवा) एक प्रकारको रोटी, शुद्ध घ्यूमा पकाइन्छ भने चामलको पिठोलाई घ्यूमा घुटेर गुडको पाक मिसाएर ल्वाङ(सुकुमेल, नरिवल, छुहोरा, किसमीस, काजु आदि हालेर “भुस्वा(कसार” एक प्रकारको लड्डु तयार पारिन्छ । केरा, उखु लगायत विभिन्न फलफुल, गेडागुडी, विभिन्न खाद्य परिकारहरु बाँसको डालोमा राखी बेलुकी सुर्यास्त हुनभन्दा केही घण्टा अघि कुनै पवित्र सरोवर(नदि(पोखरीको किनारमा गई सबै थोक बाँस र माटोबाट बनेका भाडाहरु अथवा वितल, ताम्बाका भाडामा अर्घ भने प्रसाद सामग्री सजाएर, धुप, दीप बालेर राखिन्छ । साँझपख ब्रतालुहरु स्नान गरी नयाँ वस्त्र लगाएर कम्मरसम्मको पानी भित्र सुर्यास्तको प्रतिक्षामा आफ्नो दुवै हात जोडेर उभिएका हुन्छन् । सूर्यास्तमा अर्घ लिएर पश्चिम दिशातर्फ देखाउछन् र अर्घ देखाई सकेपछि ब्रतालुहरु पुनः स्नान गरी नयाँ लुगा लगाई घर फर्कन्छन् । प्रसादका सम्पूर्ण सामग्रीहरु रातभरि जलाशय स्थानमै छोडेर घर जान्छन् । यस दिनको पुजनलाई “संझिया अरक” भनिन्छ ।
राति घर फर्केका ब्रत गर्नेहरु आ(आफ्नो घरको आँगनमा पाँचवटा ऊखुलाई एक आपसमा बाँधी वीचमा रातो कपासको कपडामा अक्षता, सुपारी, पान आदि  राखि (माटोको भाडा) “कोशिया” भर्ने विधि पूरा गर्छन । मैथिली महिलाहरुको झुण्ड गीतगाएर बस्छन् भने पुरुषहरु छठ घाट  (नदि, तलावको पूजा स्थल) मा बसी रमाइलो गर्छन् ।
विहान सप्तमी तिथीका दिन पुनः हिजोको क्रम दोहो¥याई उदीयमान सूर्यलाई अर्घ पुजन गरि ब्रत समापन गरिन्छ । अरक सुर्य देवलाई देखाउने समयमा टोल(छिमेक र घर परिवारका व्यक्ति (जो व्रत बसेका हुदैनन्) ले दुधको ढार सुर्यदेवलाई देखाउदै अरघ प्रसादमा हालिन्छ ।  पुजा समाप्ति पश्चात ब्रतधारीहरुले माटाको प्रतिकात्मक चित्र (गोड. गणेश) बनाई गुड चामलको प्रसाद चढाई गौड गणेशलाई विसर्जन गर्छन् । सो पछि गुड अदुआ वर्तालुहरुले सेवन गरि छठमाताको कथा बुढापाकाहरुबाट सुन्छन् । कथा श्रवण गरेपछि घर फकिन्छन् र प्रसाद ग्रहण गरी ठकुआ, भुसवा र भात, दाल, तरुआ, तरकारी, दही, दुध आदि खाएर वर्तालुहरुले ब्रत समापन गर्ने गरेको परम्परा रहेको छ ।
छठ पर्वमा आवश्यक पर्ने सामग्रीः
बाँसबाट बनेका वस्तु ः ढकी वा चगेरा, कोनिया, कनसुपति, सुप्पा(नाङ्गलो), सानो नाङ्गलो माटोबाट बनेका वस्तु ः कोशिया, कुरवार, दियो, कन्तरी, हात्ति, घोडा, हण्डी अन्नमा ः गम्हरी धान वा वासमति चामल, मटर, केराउ, गहुँको पिठो, चामलको पिठो फल ः स्याउ, सुन्तला, केरा, केसौर, सिगारा, जट्टा नारियल, गगडिया निम्बु (भोगटे), कागती वा ज्यामिर, निम्बु, कुशियार (ऊखु), अनार, सरिफा, अम्बा, नास्पाती आदि कन्दमुल ः अलुवा (शकरकन्द), सुथनी, हरदी(वेसार) अदुआ, मुला, गाजर, चुकुन्दर, कचुर बोटसहित ।
मिष्ठान ः खाजा मिठाई, मुंगवा मिठाई, चिनीको लडु, ठकुआ, कसार, भुस्वा, पुरी, नारियलको लडु ।
सुक्खा मेवा ः नारिवल, छोहरा, किशमिश, पिस्ता, कावुली वदाम, चिनियावदाम, काजू, अंजीर, मखान, ल्वांग, सुकुमेल, ठूलो एलाईची, दालचिनी, सौफ, मरिच, मिश्री आदि ।
अन्य ः अरतक पात, सिन्दुर, चन्दन, गंगाजल, पानको पात, सुपारी, घ्यू, बद्धी (धागोको रातो माला), फुलमाला, गुड, अगरवत्ती, धुप सलाई, हवन सामग्री, गाईको दुध, घर परिवार समेतका लागि नयाँ वस्त्राभुषण, पर्वको पारनको दिन खाने विशेष परिकारका खाद्य पदार्थ आदिको आवश्यकता छठ पर्वमा पर्दछ । अमनिया पूर्णतः शुद्धताका साथ सबै सामग्री राख्नु पर्छ । भुलवस पनि विधिमा केही गडबडी भयो भने कुनै बाधा, अडचन आइहाल्छ । छठ पर्व मनाउनेले आपसेआप थाह पाइन्छ कहाँ के को कमी भएको छ ।
छठ पर्वको पुजनमा प्रयोग हुने अधिकांश सामग्रीहरुको नाम “क” बाट नै शुरु हुन्छ । जस्तो कोसिया, कुरवार, कसौर, कुसियार, केरा, कोनिया आदि यसले यो पनि बोध गराउछ कि “क” ले कर्म गर्नुपर्छ । किनकी मानव जातलाई कर्ममा विश्वास राख्ने प्राणीको रुपमा मानिएको छ । मानवले कर्म गर्दै जानुपर्दछ र साँचो मनले गरेको कर्मको फल सदैव मिठो नै हुन्छ भन्ने बोध गराउदछ । यो पर्वको पलफुल, मेवा, मिष्ठान, पुजा नहुन्जेलसम्म, त्यसै छोडदा चोर त के पशु पक्षीले खादैनन् । यो पनि यस पर्वको विशेषता हो । मानिसको मनोवाञ्छित फल प्राप्त हुने र सुयश प्रदान गर्ने एकमात्र पर्व छठ रहेको छ । त्यसैले यस पर्वलाई पर्व नभनि मिलिाञ्चलको महापर्व भनिन्छ ।
केरा जे फरल घउरमे ओहिपर सुगा मराय,
मारबौ रे सुगवाधनुषसे सुगा गिरे मुरुझाय,
सुगनी जे कानति वियोग सँ दिनानाथ होयब सहाय ।
छठ पर्वमा गाईने उक्त गीतको पंक्तिले केराको घउर फलेको र सो फल छठ पूजाको लागि चढाउन राखेको तर सुगाले त्यो फल जुठो पार्न आइरहेको छ, त्यसलाई धनुष वाण हान्नेछु र ऊ मुर्छित हुन्छ । पछि सुगाको सुगनी रुन्छीन भने दिनानाथ (सुर्यदेव) त्यो नमरोस् र डराएर पर जाओस् भन्ने सहायता तपाईले प्रदान गर्नु होला भनी सो गीतको अभिप्रायः रहेको छ ।
यस पर्वमा सबै जात, डोम, कुम्हाल, मालि, पान बेच्ने (वरइ तम्बोली) सबै जातजातिद्वारा तयार पारिएको सामग्रीको आवश्यकता पर्ने भएकोले यस पर्वले जातिय छुवाछुत प्रथालाई पनि नकारेको छ । सबैमा सम्मान भाव, आत्मीयता दर्शाउने र सद्बुद्धी प्रदान गर्ने छठ पर्वमा श्रद्ध, समर्पण र सतर्कता पुल आधार हो र यहि तीन कुरामा केन्द्रित भई “छठ पर्व” मनाउदा आत्मिक शान्ति, आपसी प्रेम प्राप्त हुन्छ । चर्मरोग नाशक, आयोग्य प्राप्ती, धन, यश, वैभव र सुद(समृद्धि प्राप्त हुन्छ भन्ने श्रद्धा र विश्वासका साथ यो महापर्व पवित्रतापूर्वक मनाउनु पर्दछ ।

छठमा बाँस भाँडाकुडाको महत्व

कैलास कुमार
छठ पर्वमा बाँसको समाग्रीहरुको ठूलो महत्व हुन्छ । छठ पर्व नजिकदै जाँदा बाँसका भाँडाकुरा बनाएर गरीब तथा विपन्न परिवार आत्म निर्भर बन्न पुग्दछ । छठमाता र सूर्यदेवलाई बाँस र बेतबाट निर्मित डालो, नाङ्गलो र टपरीमा अर्घ दिनुपर्ने चलन रहेको छ ।

त्यसैले बाँसका भाँडाकुडा बनाएर विशेष गरी डोम समुदायले मनग्य आम्दानी गर्न गरेको छ ।
महोत्तरीको एकरहिया गाउँमा दिनभरि दलित वस्तीहरुमा बाँसका भाँडाकुडा बनाउनेमा व्यस्त देखिन्छ । त्यहाँका डोम, चमार, तत्मा लगायतका समुदायहरुले बाँसको छिटी, डालो नाङलो लगायत बनाएर मनग्य आम्दानी गर्ने गरेको छ । महोत्तरीको खैरबा ६ का अधिकांश दलितहरुले छठ नजिदै जाँदा बाँसका भाँडाकुडा बनाएर आम्दानी गर्दै आएका छन् । उनीहरु एक दिनमा तीनदेखि चारवटा बाँसको छिटी बनाएर बेच्ने गरेको छ ।

यहाँका डोम र दास समुदायले डोम समुदायले बर्सेनि छठ पर्वमा बाँसका भाँडाकुडा बेचेर यथेष्ट आम्दानी गर्दै आएको छ । छठमा बाँसबाट तयार गरिएका डालो, नाङ्लो, टपरी लगायतका भाँडाकुडाको प्रयोग गरिन्छ । खैरबा ५ का दुःखरण दास कात्तिक लाग्ने बितिक्कै बच्चादेखि बूढासम्मले डालो, नाङ्गलो र टपरी बनाउने गरेका बताउनुहुन्छ । छठ पर्वमा छठमाता र सूर्यदेवलाई बाँस र बेतबाट निर्मित डालो, नाङ्गलो र टपरीमा अर्घ दिनुपर्ने हुन्छ । त्यसैले प्रत्येक परिवारले बाँसका भाँडाकुडा किन्ने गर्छन् ।
एउटा बाँसको छिटो ४देखि ५ सयमा बिक्री गर्दै आएको सोही गाविसका विष्णु दास बताउँछन् । दासका अनुसार हामी बाँस पनि किनेर ल्याउँछौं र त्यसबाट बाँसका भाँडाकुडाहरु बनाएर बाजारसम्म पुर्याउँने गर्छु । धेरै जना यहाँबाट नै किनेर लान्छ । यसबाट मासिक १५देखि २० हजारसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । बाँसको भाँडाकुडा अन्य बेला त्यति बिक्री हुँदैन । अब पर्व त्योहारको बेलामा मात्र यसको महत्व बढेको छ, अन्य बेलामा कसैले किन्दैन । बाँसको भाँडाकुडा विशेष गरी दीपावली तथा छठ पर्वमा बढी बिक्री हुने गरेको उनी बताउँछन् ।
बाँसको अन्य महत्व

बाँस परापूर्वकाल देखि निर्माण कार्यमा प्रयोग हुने र  भूमि तथा जलाधार संरक्षणमा आदिकाल देखि प्रयोग हुदै आएको छ । बाँस भौतिक, सामाजिक, धार्मिक, साँस्कृतिक, आर्थिक, बैदिक, औद्योगिक, औषधो, वातावरणीय दृष्टिकोणबाट असाध्यै मानव जीवनको अमूल्य वनस्पति हो । यो नेपालको पूर्व देखि पश्चिमसम्म तराईको भूभाग देखि उच्च पहाडसम्म हुने  गर्दछ । नेपालमा पाइने ४० प्रजातिका बाँसहरु पाइन्छ । तर अधिकाँस पुर्वी नेपालमा बढी मात्रामा पाइन्छ ।  बाँस विशेष गरी प्राकृतिक जंगलमा पाइने गर्दछ तथा गाउँ वरिपरि र निजि जग्गामा पनि धेरै लगाइने गरिन्छ । यसको हल्का बजन, धेरै लचिलोपन तथा फाट्ने÷ चिरिने गुण भएकोले भूकम्प, बाढी, पैरो, आगलागी जस्ता प्राकृतिक प्रकोपमा तत्काल घर निर्माणका उचित सामग्रीको रुपमा मानिन्छ । यो संसारमै बढी कार्वन डाइअक्साइड भंडारण गर्ने काठको रुपमा चिनिन्छ र पृथ्वी तात्नबाट पनि बचाउँछ ।
उपयोगिता ः बाँस अरु वनस्पतिभन्दा निम्न गुणहरुले गर्दा बढी उपयोगी मानिन्छ ।
बानस्पतिक प्रजनन् तथा विस्तार क्षमता, अनेकौ पटक दोहन तथा कटानी गर्न सकिने गुण,बलियो तथा हल्का वजनको वस्तु, कमसल र अबल जग्गामा हुने क्षमता, छोटो अवधिमा तयारी हुने,अरु रुखहरुसँग लगाउन मिल्ने । यसको प्रयोग आहारा देखि पूर्वाधारसम्म  गरिन्छ ।
भान्सा तथा घरायसी कार्यमा ः बासको तामाबाट तरकारी, अचार, आदिको रुपमा प्रयोग हुने गर्दछ । बाँस आदि काल देखि घर बनाउन, गाइवस्तुको घाँस,सोतर, बन जंगलमा हात्ती तथा जनावरहरुका घाँसमा प्रयोग गरिन्छ । अन्न नाप्न तौल्न माना पाथी, सेर आदिका भाडा बाँसको बनाउने चलन अहिले पनि विधमान छ । यो दाउराको रुपमा पनि प्रशस्त प्रयोग गरिन्छ । बाँसकै पानको सिनका, दाँत खोदने सिन्का, आइसक्रीम तथा अगरबतीको सिन्का बनाउन असाध्यै प्रयोग  गरिन्छ । पार्क, बगैचा तथा घर आँगनमा सौन्दर्यताका लागि पनि बाँस लगाउने गर्दछ । बर्षात तथा हिउँदको बेला वा अन्य घाँसको अभावको बेला बाँसको पात गाईवस्तुलाई खुवाउन सकिन्छ ।
कृषि कार्य ः बाँसको प्रयोग कृषि कार्य जस्तै माटो सम्याउने पाटा, हलोको जुवा, हरिस, गाडाका पार्टहरु तथा उत्पादन भण्डारण गर्ने भकारी, डोको, टोकरी, ढकिया, सुपा, नांगला, चाल्नो आदि बनाउनमा गरिन्छ । बाँसको सिढि, मचान, तरकारीको झाँग, बार, गाइवस्तुको जाबो, घाँसको डेली, आदि बनाउन प्रयोग गरिन्छ । बाँसको प्रयोग सिँचाइको बोरिगको लागि पाइप, कुलो, कुखुराको दाना खुवाउने भाडो, दुध दही ध्यू राख्न भाडो, माछा मार्न तथा संकलन गर्न विभिन्न सामग्री, बनाउन, ढिकी पम्प बनाउन, गमला, नर्सरी, टनेल, थाक्रा तथा हरित गृहका साथै अनेकौ कृषि औजार उपकरण बनाउन प्रयोग गरिन्छ ।
निर्माण तथा फर्निचरमा ः बाँस घरको खम्बा, कोरो, धुरी, टाटी, छेकबार, टेन्ट, गोठमा प्रशस्त प्रयोग गरिन्छ । बाँसको प्रयोग आजकल फलामको डन्डीको सटा बाँसको भाटा प्रयोग गरिन्छ । घरको झयाल ढोका छाना आदिमा प्रयोग गरिनुकाु साथै आजकल बाँसको प्लाइ समेत बजारमा उपलब्ध हुन थालेका छन । बाँसको विभिन्न किसिमका आकर्षक फर्निचरका सामग्रीहरु जस्तै कुसी, मेच,मुढा, टेबल, बेन्च, डस्ट बिन, दराज, बुक रयाक, आदि सर्वा्धिक प्रयोग हुन थालेका छन । बाँसको प्रयोग ससाना पुल पुलेसा बनाउन देखि नदीको बाँध बाँध्न प्रयोग गरिन्छ । घर ढलान गर्न सेन्टिूग गर्न बाँसको प्रशस्त प्रयोग गरिन्छ ।
मनोरंजन तथा खेलौना ः धेरै जसो होटेल चमेना गृहमा बाँसको कटेज बाँसको बनाएको हुन्छ । आजकाल बाँसको धेरै हस्तकलाका सामग्री तथा खेलौनाहरु प््राख्यात हुन थालेका छन । धेरै पार्क तथा मनोरंजन स्थलमा बाँसको आकृति तथा पूर्वाधार बनेको पाइन्छ ।बाँसको बच्चाहरुको लागि पिंग तथा दशैमा पिंग बनाउन प्रयोग गरिन्छ । तराइ तथा भारतमा खेलिने डाँडिया, लाठी,आदि पनि बाँसकै बनाइन्छ । तराइमा मानिने हिन्दुहरुको महाविरी झंडा, शिवको काँवर, मुसलिमहरुको तज्या बाँसबाट बनाइने गरिन्छ । संगीतका सामग्री जस्तै बाँसुरी, सांरंगी, आदि बाँसबाट बनाइन्छ ।

धार्मिक, साँस्कृतिक तथा बैदिक कार्यमा ः बाँसको प्रयोग छठ पुजाको ढकिया, सुपा, नांगला बाँसकै प्रयोग हुन्छ । विवाहमा प्रयोग हुने मडवा, मंडप, डाला, बाँसको बनाएको हुन्छ । पूजा, ब्रतबन्ध, विवाह तथा अन्यशुभकार्यमा हरियो बाँसको झन्डा घरको आँगनमा प्रयोग गरिन्छ । मान्छे मृत्यू पश्चात हरियो बाँसको खटोला पालकी, फर्की बनाइन्छ ।
औषधी तथा औधोगिक ः गाइवस्तुको पेट झर्ने तथा साल भर्ने ढिलो गरेमा बाँसको कलिलो पात खुवाउनु पर्दछ । बाँसको गाँठको रौंहरु काटेको ठाउँमा रगत बन्द गर्न मदत गर्दछ तथा बाँस लोचन भन्ने बैदिक गुण भएको बस्तु बाँसमै पाईन्छ । बाँसबाट विभिन्न उद्योगहरुमा कच्चा पदार्थको रुपमा पेपर, कुट तथा विभिन्न फर्निचर, खेलौना, उपहार, मनोरंजन सामग्री बनाउन प्रयोग गरिन्छ ।
बिपतका पूर्वाधार निर्माण ः बाढी, भुकम्प, आगलागी, पैरो जस्ता विपतमा शिघ्र आश्रयका लागि टहरा, टेन्ट बनाउन र सडक कटान तथा बाढीको बेला बाँसको पुल, बनाउन सकिन्छ । हालसाथैको महाभुकम्पको कारण लाखौ घरपरिवार छद विछेद भएको अवस्थामा भारत लगायत अन्य ठाउँबाट आएको बाँसले देशमा टेन्ट बनाउन धेरै राहत पुरयाएको छ । नेपाल बाढी पैरो कटान धेरै नै जाने भएकोले यसलाई भूक्षय जानबाट रोक्न धेरै नै प्रयोग गरिन्छ ।
औजार उपकरण ः सिकारका हात हतियार जस्तै बाण, धनुष, माछा मार्ने बल्छी, पेरुगों, चाँचर, ढुंग्रो, भाला, आदि बनाउने पनि गरिन्छ । त्यसैले बाँस विश्वमा आश्रय, जिविकोपार्जन, बातावरण तथा खाद्य सुरक्षाका चुनौतीमा सहयोगी मानिन्छ र अतः गरीवहरुको काठ तथा हरियो सुन पनि भनिन्छ ।
प्रजातिः बाँस मुख्य गरी २ किसिमका हुन्छन । १। अग्लो हुने तथा २। होचो हुने ।
अग्लो हुने जात मध्य पहाडको तल्लो भेक तथा होचो हुने जात उँच्च पहाडमा पाइन्छ ।
माटो तथा जग्गाको तयारी ः बाँस साधारणतया कमसल जग्गा नदीको किनार, खहरे, खोला नाला, बगर, पानी जम्ने, कम मलिलो जग्गामा लगाइएको पाईन्छ । यसको खेतीको लागी बलौटे दोमट देखि दोमट चिम्टयाइलो माटो उपयुक्त हुन्छ । नदीको कटानका तथा चटान भएको माटोमा पनि खेती गर्ने गरिन्छ । यसको खेती सेपिलो चिस्यान भएको जग्गामा भए पनि पानीको निकास भएको ठाउँ चाहिन्छ । यसको लागि पी एच ४.५ देखि ६ सम्म उपयूक्त मानिन्छ । कलम तथा मुढा रोप्दा ५ मी. ह् ४ मी.को दुरीमा रोप्नु पर्दछ ।
प्रसारण तथा मुढाको रोपाइ ः  यो बिउबाट पनि प्रसारण भएता पनि साधारणतया बानस्पतिक विधिबाट प्रसारण गर्ने गरिन्छ र छिटो बृद्धि विकास हुन्छ । विउबाट नर्सरी लगाउँदा प्लाष्टिक थैलामा विउ राखेर १ वर्षसम्म ब्याडमा हुर्काएर मुख्य जग्गामा विरुवा रोपिन्छ । तर बाँसको बिउ पाउन अलि गाह्रै हुने भएकोले बाँसको जरा तथा आँख्ला कटिंगबाट विस्तार गरिन्छ ।
बानस्पतिक प्रसारण २ बटा विधिले गरिन्छ । क) जरा मुढा बाट, ख) कलमी कटिंग विधिबाट ।
क) जरा विधिबाट रोपाइ गर्दा साधारणतया १ वर्ष पुरानो बाँसको जरा १ मीटर लम्बाई भएको मुढा  खनिन्छ अनि १.५ हात जति गहिरो खनेर चौडाई २ हात जतिको खाडल खन्नु पर्दछ । खाडलको माथिल्लो माटोले भित्र तथा तल्लो माटोले माथिबाट राम्ररी खाँदिएर पुर्नू पर्छ र तर रोप्दा नयाँ कलमी तथा मुढा जाडिएको भागमा चोटपटक लाग्नबाट बचाउनु पर्दछ । रोपेको तत्कालै पानी हालेर सिंचाइ गर्नु पर्दछ । यसरी रोप्दा चित्रमा देखाए जस्तै ठाडो विधि र तेर्सो विधिबाट रोपाइ गर्नु पर्दछ ।
ख) कलमी कटिंग विधिबाट प्रसारण गर्दा बर्षायामभन्दा अगावै २ वर्ष पुरानो ३ सेमी भन्दा बढी गोलाई भएको बाँस २ अथवा ३ आँख्ला भएको सिधा विकास भएको बाँसबाट कटिंग धारिलो औजारले सफासँग काटूनु पर्दछ । कटिंगको राम्रो सफलताको लागि कटिंग काटिने बाँसको १ वर्षमा माथिलो भाग काट्दा हाँगाहरु विकास राम्ररी भइ कटिंग धेरै नै फस्टयाउँछ । धेरै छिपिएको आँख्ला, रोग किरा लागेको कटिंगको कलमीमा प्रयोग गर्नु हुदैन । छेउ छाउका हाँगाहरुको पहिलो आँख्ला पछि काटनु पर्दछ र खनिएको खाल्डोमा लामो गरी अँख्ला भित्र पारेर ५ सेमी गहिरो गरी गाडनु पर्दछ । तर यसरी गाडदा मनशुन समयमा अलि माथिल्लो गरी गाडनु पर्दछ, नत्र कुहिने डर हुन्छ ।
अर्को विधिमा ८ वटा आँख्ला भएको कटींग कलमी बाँसलाई तेर्सो गरी खाल्डोमा हल्का हाँगाहरु बाहिर देखिने गरी गाडेर पनि रोप्न सकिन्छ । रोप्ने वितिकै तुरन्तै पानी हाल्ने कार्य गर्नु पर्दछ ।
समयः बर्षातको समय भन्दा अगाबै आधी जेष्ठ देखि भदौसम्म चिसो बाहेकको समयमा रोपिन्छ । साधारणतया बाँस हिउँद शुरु हुनु भन्दा ६ हप्ता अगाडि रोप्नु पर्दछ नत्र तुषारो तथा शीतले विरुवा सुकाउँछ ।
मल खादः नाइटोजन, पोटासियम,  कम्पोष्ट,  काठको खरानीे,  हरियोमल, रसायनिक मल बेला बेलामा दिनु पर्दछ । घोडाको मल बाँसको लागि राम्रो मानिएको छ । साधारणतया खेत खलिहानको भुस, छवाली, नलहरु बाँसको घानीमा राखेर माटोले छोपिन्छ । बाँसको कलमी तथा मुढा रोप्दा १ भाग माटो तथा १ भाग कुहेको कम्पोष्ट मलले राम्ररी पुर्नु पर्दछ । रोपेको १ वर्ष पछि जब धेरै तामाहरु निस्किन थाल्दछ अनि डी.ए.पी. प्रति घना २५० ग्राम बाट शुरु गर्नु पर्दछ अनि तेश्रो वर्ष ५०० ग्राम यस्तै प्रत्येक वर्ष २५० ग्राम बढाउदा राम्रो उत्पादन हुन्छ । साथै म्यूरेट अफ पोटास २०० ग्राम हाल्दा धेरै फाइदा हुन्छ । मल साधारणतया पानी पर्न थाले पछि र बाँस कटानी गरेपछि हाल्दा उपयूक्त मानिन्छ ।
सिंचाई ः रोपे पछि केही हप्तासम्म प्रति हप्ता २, ३ पटक पानी हाल्नु पर्दछ । बाँसमा हरियो पालुवा आए पछि माटोको चिस्यान हेरेर सिचाइ गर्नु पर्दछ । तर चैत्र र बैसाखमा पानी हाल्दा उत्पादन राम्रो बढेका पाइएको छ । पानीको निकास राम्ररी बनाउनु पर्दछ पानी जम्नबाट बचाउनु पर्दछ ।
बार बन्देजः बाँस रोपेपछि गाइवस्तुबाट चर्नबाट बचाउन काँडा, तारबार तथा घेराबेरा तुरन्तै लगाउनु पर्दछ ।
परिवारको सुख समृद्धि एवं दीर्घजीवनको कामना गर्ने गर्दछिन । गोबद्र्धन पूजाको अवसरमा विशेष गरी प्रसाद स्वरुप चढाइएको केराउ र मिष्ठानलाई आफ्नो दाजु भाईलाई टिका लगाई बज्री खुवाउने गरिन्छ । यस दिन किसानहरु आफ्नो गाईबस्तुको घाटीमा बाँधिने पुरानो डोरी  (दाम्लो) फेरेर नयाँ डोरी लगाउने गर्दछन् ।

Sunday, October 30, 2016

भारतीय राष्ट्रपति मुखर्जीको जनकपुर भ्रमणबाट हुने फाइदाहरु

कैलास दास
जनकपुर । भारतीय राष्टूपति प्रणव मुखर्जी कात्तिक १९ गते जनकपुर भ्रमणमा आउँदै हुनुहुन्छ । राष्टूपति मुखर्जीको भ्रमणलाई लिएर जनकपुरवासी निक्कै उत्साहित देखिन्छ । दुई हप्ता अघिदेखि जनकपुरमा सरसफाई, स्वागतद्वार लगायतका विषयवस्तु यहाँ चर्चामा छन् । विगतमा राजनीतिक द्वन्दका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण स्थगित भएको थियो । तर भारतीय राष्टूपतिको जनकपुर भ्रमण जसरी पनि ऐतिहासिक एवं सफल बनाउन राजनीतिक दलका कार्यकर्ताहरु, नागरिक समाज, व्यापारी, प्रशासनिक निकाय लगायतका व्यक्तिहरु लागेका छन् ।

आखिरमा भारतीय राष्टूपति मुखर्जीको जनकपुर भ्रमणले के फाइदा होला त ? किन जनकपुरवासीहरु यति उत्साहित छन् । साँचै उहाँ जनकपुर आउँदा जनकपुरमा परिवर्तन हुन्छ त ? पहिला पनि आएकै हो । तर यसपाली राष्टूपति मुखर्जीको जनकपुर भ्रमण जसरी पनि ऐतिहासिक एवं सफल बनाउने सबैले किन लागि परेका छन्, सर्वसाधारणमा एउटा चासोको विषय हुन गएको छ ।

राष्टूपति मुखर्जीको जनकपुर भ्रमणले फोहरै फोहर रहेको जनकपुरमा अहिले ठाउँ ठाउँमा सफाई अभियान सञ्चालनमा आएको छ । विशेषगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राजनीतिक दलका प्रतिनिधि, समाजका अगुवाहरु, युवा क्लवका पदाधिकारीहरु, समाजिक संघ संस्थाका पदाधिकारीहरु देखिएका छन् । सफाई अभियानीहरु सबभन्दा पहिला राष्टूपति मुखर्जी कुन बाटोबाट आउने छ, कहाँ ठहर्ने, कुनबाटोबाट जानकी मन्दिर दर्शन गर्न जाने, त्यसपछि उहाँको नागरिक अभिनन्दन हुने लगायतका बाटोमा सफाई अभियान जोरसोरले चलिरहेको छ ।

यो भयो सफाईको कुराहरु । सडक डिभिजन कार्यालय धनुषाले सडक मर्मत कार्य समेत शुरु गरेको छ । वर्षायाममा हिलाम्य तथा घाममा धुलाम्य जस्ता सडकहरु रातोरातो मर्मत कार्य शुरु गरेको छ । सधैं नागरिक समाजले सडक मर्मत वा खल्डाखुल्डो पुर्नका लागि बन्द हडताल, नारा जुलुस लगाएपनि सम्बन्धित निकाय मौन देखिएको थियो । तर अहिले स्थानीयवासीहरु केही नभन्दैमा पनि मर्मत कार्य शुरु भएको छ । माटो पुर्ने, सडक बनाउने, सफाई हुने जस्ता कार्य प्रारम्भ हुँदा स्थानीयवासी निक्कै प्रफुल्लित भएका छन् ।
राष्टूपति मुखर्जीको भ्रमणले यी फाइदा भनौ वा जनचेतना आएको समेत भन्न सकिन्छ । प्रशासनिक निकायद्वारा सफाई, सडक मर्मत जस्ता कार्य अहिलेसम्म हाम्रै लागि भएको हो बुझेको भए जनकपुरको यस्तो अवस्था हुने थिएन । राष्टूपति मुखर्जीको जनकपुर भ्रमण कार्यक्रम मुश्किलले एक घण्टाको होला । एक घण्टाको भ्रमणले यस्तो व्यवस्था हो भन्ने हामी यहाँ सधैं बस्छौं भन्ने अझै सक्रिय र लग्नका साथ सरसफाई गर्नुपर्दथ्यो ।

अर्को फाइदामा धार्मिक एवं ऐतिहासिक नगरीको चर्चा धार्मिक ग्रन्थमा रहेको छ । जहाँ जहाँ हिन्दुहरु छन् जनकपुरको नाम उनीहरुलाई थाहा भएपनि कस्तो जनकपुर हो, यो स्थल कहाँ हो, त्यहाँका मान्छेको वातावरण कस्तो छ थाहा थिएन नहोला । तर मुखर्जीको भ्रमणले मिडिया मार्फत यी सबै कुरा उजागर होला जसले विश्वमा स्थापित हुने सम्भावना देखिएको हो जुन फाइदा नै छ । धार्मिक नगरी जनकपुर पर्यटकीय दृष्टिले विश्वमा स्थापित भएपनि विश्वका एक प्रतिशत पर्यटकहरु जनकपुरमा आई दिएको भए भने १ करोडभन्दा बढी पर्यटक हुन्छ, यसले स्थानीयस्तरको व्यापार व्यवसायमा समेत वृद्धि हुन्छ ।
अरु के के भयो त ?
भारतका राष्टूपति मुखर्जिको भ्रमणलाई लिएर भारत सरकारको वीरगंज स्थित महावाणिज्य दूतावासका महावाणिज्य दूत अंजुरञ्जन, काउन्सीलर निरज जयसवाल तथा दिल्लीवाट आएका उच्च सुरक्षा अधिकारीहरुले राष्टूपतिले जाने सबै स्थलहरुको अनुगमन गरेका छन् । नेपालका सुरक्षा अधिकारी सहित भारतीय सुरक्षा अधिकारीहरुले जनकपुरको बाह्र विघा रङ्गभूमि मैदान, जानकी मंन्दिर हुलाकी सडकको शिलान्यास हुने सडक मार्ग तथा बास वस्ने सिताशरण होटलको पनि अनुगमन गर्ने गरेका छन् ।
दिल्लीवाट आएका सुरक्षा विज्ञहरुको टोलीले रिपोर्ट दिएपछि थप सुरक्षा टोली आउने र कार्यक्रम स्थलहरु तय गरिने भएका छन् । भारतका राष्टूपति प्रणव मुखर्जि जनकपुरको जानकी मंन्दिरमा नै नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । जनकपुर उपमहानगरपालिकाका प्रमुखले नै भारतीय राष्टूपति मुखर्जिको नागरिक अभिनन्द गर्ने कार्यक्रम रहेको छ ।
भारतका राष्टूपतिको जनकपुरमा हुने भ्रमणलाई लिएर सडकको मरम्मत गर्ने कामकाज तीब्र रुपमा शुरु भएको छ भने सुरक्षा व्यवस्था पनि कडा बनाउने काम भएको छ । सुरक्षा सम्बन्धि कामकाज दुवै देशका सुरक्षा अधिकारीले संयुक्त रुपमा नै गर्ने कार्यक्रम रहेको छ । सडक डिभिजन कार्यालयले जनकपुरको विभिन्न सडकहरुको निर्माण तथा मरम्मत गर्ने जारी रहेको छ ।
उच्च सुरक्षा अधिकारीहरुको टोलीसंगै धनुषाका प्रमुख जिल्ला अधिकारी, शसस्त्र प्रहरी उपरीक्षक उत्तमराज थनेत, प्रहरी उपरीक्षक लालमणि आचार्य, राष्टिूय अनुसन्धानका उपनिर्देशक संजय कुमार यादव, नेपाली सेनाका प्रमुख, जनकपुर उपमहानगरपालिकाका पूर्व नगर प्रमुख बजरंग प्रसाद साह, जनकपुर नगरपालिकाका कार्यकारी अधिकृत पुण्यप्रसाद लुईटेल, सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख सहितका अधिकारीहरु उपस्थित रहेका थिए । भारतका उच्च अधिकारीहरु जानकी मंन्दिरमा पनि गएर मंन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवसंग पनि भेटेर विभिन्न विषयहरुमा जानकारी लिएका छन ।
त्यस्तै राष्टूपतिको भ्रमण हुने मार्ग तथा प्रमुख स्थलहरुमा बृहत्त सरसफाई कार्यक्रम गरिएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईको अगुवाईमा विभिन्न सुरक्षा निकायका पदाधिकारी तथा प्रतिनिधि, समाजका विभिन्न क्षेत्रका व्यक्ति तथा युवा क्लवहरुको पनि सक्रिय सहभागिता रहेको थियो । नेपाली सेना, नेपाल प्रहरी तथा शसस्त्र प्रहरी, निजामति कर्मचारी पनि सरसफाइमा सहभागि रहेका थिए ।
जनकपुरका विश्व प्रसिद्ध जानकी मंन्दिर, राममंन्दिर, जनक मंन्दिर, गंगासागर, धनुषसागर क्षेत्रमा विषेश सरसफाई कार्यक्रमको आयोजना गरिएको थियो । सरसफाईका लागि जनकपुरका कतिपय संघ संस्थाहरु स्वफूर्त तरिकाले सडकमा उत्रेर सफाई गरेका थिए । राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागि रहेका थिए । समाजिक क्षेत्रका व्यक्तिहरु पनि सहभागि भएर सरसफाई गरेका थिए । सफाई सकिसकेपछि केही व्यापारिहरुले सडकमा पसलका फोहर बढारेर फाल्ने काम भएका थिए ।

एडिबीको कार्यमा तिव्रता आएपनि ल्याण्डफिल साइड अन्योलमा

कैलास दास
जनकपुर । एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा जनकपुरको मुहार फेरिने किसिमले बन्न लागेको नाला तथा सडकहरुको कार्य तिव्रगति आएपनि सोको लागि चाहिने ल्याण्डफिल साइडका लागि जग्गा छनौट अन्योलमा नै छ ।

जनकपुर उपमहानगरपालिकाका ईन्जिनियर वीरेन्द्र यादवका अनुसार ल्याण्डफिलका लागि जग्गा दिनका लागि गुठी संस्थान शाखा कार्यालय जनकपुर तथा केन्द्रिय कार्यालय काठमाडौंमा पत्र पठाई सकेको छ । तर कहिलेसम्म सोको जवाफ आउला भन्न सकेन । एडिबी परियोजना सञ्चालनका लागि सबभन्दा पहिला र महत्वपूर्ण मानिने ल्याण्डफिल साइड भएपनि अहिलेसम्म त्यसका लागि जग्गा उपलब्ध हुन सकेको छैन । हुनतः पहिलो चरणमा नालाको निर्माण कार्य शुरु भएको छ भने अर्को चरणमा सडक निर्माण कार्य शुरु हुने छ ।
एडिबी परियोजना ठेक्का सम्झौता अनुसार मंसिरसम्मा ४ किलोमिटरभन्दा बढी नालाको कार्य सम्पन्न हुनुपर्ने छ । सोही अन्तरगत वैज्ञानिक किसिमले सडकको बीचोबीच नाला निर्माणका लागि ह्युमपाइप बिछ्याउने कार्य शुरु भएको देखिन्छ ।

उपमहानगरपालिकाभित्रमा ३० किलोमिटर नाला निर्माण गरिने कार्य रहेको छ । नगरको विभिन्न ठाउँबाट शुरु भएको ह्युम पाइप बिछाउने कार्यलाई तिव्रता दिएको छ । वर्षायाममा सुस्तगतिमा सो कार्य भएपनि अहिले तिव्रता दिएको छ । हिन्दुहरुको महान् चाँड विजया दशमीपछि सो कार्य तिव्रताका साथ हुने निर्माण ठेक्का लिएका रमण कन्स्टूक्सन बताउँछन् । दुई वर्ष भित्रमा नाला तथा सडक निर्माण कार्य गरिने छ ।
एशियाली विकास बैंकले जनकपुरको नाला तथा सडक निर्माणका लागि एक अर्ब ९० करोड रुपैया आर्थिक सहयोग दिएको छ । त्यसमध्ये ३० किलोमिटर नाला निर्माण तथा १० किलोमिटर सडक निर्माण गरिने छ । एडिबी परियोजना अन्तर्गत ल्याण्डफिल साइड विवाद कायम नै छ । सेप्टेम्बरसम्म ल्याण्डफिलका जग्गा उपलब्ध गराउने एडिबीको रहेको थियो । तर अहिलेसम्म सो जग्गा उपलब्ध हुन सकेको छैन ।
जनकपुर उपमहानगरपालिकाका इन्जिनियर वीरेन्द्र यादवका अनुसार हिन्दुहरुको पर्वका कारण जग्गा खरीद गर्नमा समस्या आएको छ । तर अब छिट्टै ल्याण्डफिलका लागि जग्गा उपलब्ध हु्ने दावी गरेका छन् ।

पचास वर्षदेखि अटोमेटिक पानी आउने बोडिङ्ग

कैलास दास
जनकपुर । जनकपुरको एउटा धार्मिक स्थलमा अटोमेटिक किसिमले करीब ५० वर्षदेखि लगातार पानी आउने बोडिङ्ग रहेको छ । सधैं एउटै नासले विहान र बेलुका मात्र होइन दिनभरि पानी पिउने र लिएर जानेहरुको सो बोडिङ्गमा भीड नै लागेको हुन्छ ।

प्रसिद्ध धार्मिक पोखरी गंगा सागरको पश्चिमवारी साइडमा सो बोर्डिङ्ग रहेको छ । विज्ञहरुका अनुसार यो पोखरी करीब ५० वर्ष पुरानो रहेको छ । शुद्ध र राम्रो पानी खानका लागि यहाँ मान्छेहरु आउने गरेका छन् । बोडिङ्गबाट सधैं बग्ने पानी खानका लागि कुनै वर्तनको आवश्यकता पर्दैन, मान्छे आफै त्यसमा मुख लगाएर खाने गरेको हो ।
धार्मिक पोखरी गंगा सागर र धनुषसागर कहिले पनि नसुखोस त्यसलाई ध्यानमा राखेर एउटा विदेशी संस्थाले यो बोर्डिङ्ग गाडिएको जनाइएको छ । तर अर्थातमा यो बोडिङ्ग कति पुरानो रहेको छ अनुमान मात्र गरिएको छ । सेभ हिस्टोरीकलका संयोजक रामअशिष यादवले ‘आफू जुन बेला २० वर्षको थियो होला त्यहि बेलादेखि यो बोर्डिङ्गबाट आफै पानी आउने गरेको देख्दै आएको छु । एशियाको सहयोगमा यो बोर्डिङ्ग गाडिएको कसैबाट सुनेको हो तर यर्थात भन्न सकिन्न । उनले अगाडि भने ‘जनकपुर उपमहानगरपालिकाको कुरा गर्छौ भने सबभन्दा शुद्ध र राम्रो खानेपानी यहाँबाट नै निस्किन्छ । यहाँबाट जाँड लगायतका वर्तनहरुमा मान्छेहरु लिएर जान्छ ।’

त्यस्तै बेलकम होटलका संचालक विजय झुनझुनवाला भन्छन् ( कहिले काही आफ्नो होटलमा पनि त्यहीबाट पानी ल्याउने गर्छौ । त्यहाँको पानी चेक जाँच गराउँदा पनि शुद्ध र राम्रो रहेको छ । मेशिनबाट प्रशोधित गरेको पानी भन्दा राम्रो पानी त्यो बोडिङ्गको रहेको दावी समेत गरेका छन् ।
जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास भन्छन् ( यो बोडिङ्ग कति पुरानो हो भन्न सकिन्न । तर जुन बेला जनकपुरमा चापाकल थिएन त्यही बेला गाडिएको छ । शुद्ध र राम्रो पानी खानका लागि यहीबाट अधिकांश व्यक्तिहरु लग्ने गरेका थिए । केही वर्ष आफै सुखेका थिए । अचानक पानी आउन बन्द भएको थियो । तर २०७२मा आएको महाविनाशकारी भूकम्पमा फेरी आफै त्यो बोर्डिङ्गबाट पानी आउन थालेको छ ।
महन्थ वैष्णवका अनुसार धनुषसागर र गंगासागर पोखरीको पानीबाट राम मन्दिरमा खाना बनाउने कार्य हुन्थ्यो । यसै पोखरीको पानीबाट बनेको खाना भगवान रामको भोग लाग्ने गरेको बताउँछन् । धार्मिक ऐतिहासिक पोखरी कहिले पनि नसुखोस त्यसलाई ध्यानमा राखी सो बोडिङ्ग गाडिएको उनी पनि बताउँछन् ।
जनकपुर उपमहानगरपालिका भित्रमा समेत पानीको हाहाकार भई रहेको बेलामा यो बोडिङ्गबाट पानी आउने निरन्तर जारी नै छ । विहान र बेलुका जाँड लगायतका वस्तुहरुमा पानी लिनेहरुको भीड रहने गरेको छ ।

Sunday, October 2, 2016

जनकपुरमा वैष्णो देवीको गुफा

कैलास दास
जनकपुर । जनकपुर शक्तिपीठ भूमी मात्र होइन, तपोभूमी तथा ज्ञानभूमिले समेत चिन्हाउँछ । त्यसमा पनि वडा दशैंमा शक्तिपीठ मन्दिरहरु रहेको आफ्नै विशेषता हुन्छ । वडा दशैंको घटस्थापनादेखि लिएर दशमीसम्म यहाँ श्रद्धालु भक्तजन तथा बाह््य पर्यटकहरुले भरिभराउ हुन्छ । विशेष गरी यहाँका राजदेवी मन्दिर, जानकी मन्दिर, रामानन्द चौकमा भगवती दूर्गाको प्रतिमा बनाएर मनाउँदै आएको दूर्गापूजा विशेष आकर्षक हुने गर्दछ ।

तर यसवर्ष जनकपुरमा एउटा अझै शक्तिपीठ देवीको प्रतिमा बनाइएको छ । जुन यस वर्षको विजयादशमीको मुख्य आकर्षक केन्द्र हुने देखिन्छ । दुल्हिन झै सृगारिएको यहाँका मठ मन्दिर रातिमा जति राम्रो लागेपनि दिनभरि माता वैष्णो गुफामा श्रद्धालुहरु एवं बाह््य पर्यटकहरुको भीड लाग्ने गर्दछन ।
राममन्दिरको फुलवारीमा ठूलो आकारको सो गुफा निर्माण गरिएको छ । भारतमा रहेको माता वैष्णोदेवी झै कलाकृत किसिमले यहाँ पनि सो गुफा बनाइएको छ । करीब एक महिना अघिदेखि बाँसको सो गुफा निर्माण गरी गुफा बाहिर र भित्रमा भारतमा जसरी सुरक्षामा खटिएको हुन्छ सेनाहरु त्यसरी नै माथि सेना बन्दुक लिएर सुरक्षा दिई रहेको अवस्था देखिन्छ । त्यस्तै गुफाको माथिल्लो भागमा दुईवटा बाघ माता वैष्णोदेवीलाई सुरक्षामा खटिएको देखाएको छ ।
मूलद्वारामा गणेश भगवानको तस्वीर राखिएको छ भने पूर्वपट्टीमा माता दूर्गा र पश्चिमपट्टीमा भगवान शिवको प्रतिमा राखिएको छ । उच्च पहाडमा तपामा लिन रहेकी माता वैष्णोदेवीको तस्वीरभन्दा पहिला गुफा भित्र पस्दिा विभिन्न कलाकृत भगवानहरुको तस्वीर राखिएको छ। गुफा भित्र केही क्षिणका लागि भयावह हुँदा पनि भित्र गृहघरमा एउटा पूजारी माता वैष्णोदेवी ध्यान तथा पाठमा लिन अवस्थामा देखिन्छ । गुफा भित्र माता वैष्णोको दर्शन पश्चात् अगाडि बढ्दा भैरव बाबाको तस्वीर राखिएको छ । भैरव बाबाको टाउँको मात्र तस्वीर देखेर केही छिनका लागि भयत्रास जस्तो लाग्ने अवस्था समेत देखिन्छ । त्यसपछि गुफा बाहिर निस्कने बाटो रहेको छ ।
धर्मविज्ञहरुद्वारा आलोचना
राममन्दिरको फुलवारीमा विजया दशमीदेखि विवाह पञ्चमीसम्मका लागि कलाकृत रुपमा बनाइएको माता वैष्णो देवीको गुफाप्रति धर्म विज्ञहरुले आलोचना समेत गरेका छन् । जनकपुर परिक्रममा सडक भित्रमा माता राजदेवी, भगवती सीताको शक्ति अपार रहेकोले कम्तिमा यसभित्र कुनै अरु देवी देउताको प्रतिमा बनाएर पूजापाठ गर्ने नसुहाउँदो रहेको आलोचना समेत हुन थालेको छ । जनकपुर आफैमा देवी शक्तिले पवित्र रहेकोले पूजाआजा गर्नमा सबैको श्रद्धा रहेको छ । तर प्रतिमा बनाएर पूजा गर्ने धार्मिक मान्यता समेत नरहेकोले यस्ता कार्य कम्तिमा शक्तिपीठ मन्दिर वरिपरि नहुनुपर्ने महन्थ आलोक वैष्णवले जनाएका छन् ।
जनकपुर धार्मिक पर्यटकीय नगरीको रुपमा चिन्हिन्छ । तर यसको मतलव यो होइन कि कलाकृति प्रतिमा बनाएर मेला लगाउनु । यहाँ देश विदेशबाट माता राजदेवीको दर्शन गर्न श्रद्धालुहरु आउने गर्दछन । यसरी माता वैष्णोदेवी गुफा निर्माण गरी धार्मिक मनोरञ्जन जति भएपनि आस्थामाथि नराम्रो प्रभाव पर्ने देखिन्छ ।


Wednesday, September 14, 2016

विजया दशमीको जनकपुरमा भव्य तयारी


जनकपुर । हिन्दुहरुको महान पर्व विजयादशमीको जनकपुरमा भव्य रुपमा तयारी भई रहेको छ । तराई÷मधेशका जिल्ला मध्ये धनुषा जिल्लामा विजया दशमी सबभन्दा बढी हर्षोल्लास एवं भव्यता पूर्वक मनाउँदै आएपनि यसवर्ष अझै भव्यता दिने यहाँका युवा क्लवहरुले अगाडि आएका छन् ।
रामानन्द युवा क्लवले रामानन्द चौकमा भव्यता पूर्वक दूर्गा पूजाको तयारीमा लागेका छन्। एक महिना अगाडिदेखि नै बासको पण्डाल निर्माणमा जुटेका छन् । प्रत्येक वर्ष त्यहाँ माटोको प्रतिमा बनाएर दूर्गा पूजा मनाउँदै आएको छ ।

त्यस्तै विजया दशमीको आकर्षक केन्द्रको रुपमा रहेको यहाँ मठ मन्दिर तथा शक्तिपीठहरुमा पनि निक्कै सजावटको तयारी भई रहेको छ । विशेष गरी राजदेवी मन्दिरमा विजया दशमीलाई मध्यनजर गरी पार्किङ्गको समेत डेकोरेशन भई रहेको छ । त्यस्तै पाण्डल गेटको एक महिना अगाडिदेखि निर्माण कार्य हुन लागेको छ ।यसवर्ष तराई÷मधेश तथा सीमावर्ती क्षेत्रका लागि विजया दशमीमा जनकपुरमा माता वैष्णोदेवीको गुफा सबैलाई आकर्षित गरिने जनाइएको छ । महावीर युवा कमिटीको पहलमा भारतमा वैष्णेदेवी मन्दिर जस्तै यहाँ माता वैष्णो देवीको गुफा निर्माण भई रहेको जनाइएको छ । करीब २० लाखभन्दा बढी खर्च गरेर सो निर्माण हुन लागेको बताइएको छ । कमिटीका अध्यक्ष धर्मेन्द्र कुमार साहले यस वर्ष राजदेवी मन्दिर बाहेक यहाँका वैष्णोदेवी गुफा मुख्य आकर्षकको केन्द्र हुने दावी गरेका छन् । जनकपुरको शक्तिपीठ मठ मन्दिरमा दर्शन पश्चात् माता वैष्णोदेवीको गुफा दर्शन गर्ने दर्शकहरुको घुइचो लाग्ने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष साहले यहाँका विजया दशमी सबभन्दा ठूलो र आकर्षक भएपनि अन्य वर्ष प्रचारप्रसारमा कमी देखिएको थियो । तर यसवर्ष नेपाल भारतको विभिन्न जिल्लामा १५ दिन अगाबैदेखि प्रचार प्रसार गरिने कार्यक्रम रहेको जनाइएको छ । उनले विभिन्न मिडिया तथा पर्चा पम्पलेटमार्फत जनकपुरको विजया दशमी को प्रचार प्रसार गरिने सोच रहेको थपेका छन् ।
त्यस्तै विद्यापति चौकमा रहेको स्थापित दूर्गा मन्दिरको पण्डल समेत आकर्षक किसिमले निर्माण भई रहेको छ । यसवर्ष जनकपुर प्रवेश द्वारको निर्माण समेत गरिने युवाहरुको सोच रहेको जनाइएको छ ।

जनकपुर–भीठामोड सडकको शिलान्यस भएपनि विवाद कायमै

जनकपुर । करीब एक दशकभन्दा बढी समयदेखि जनकपुर(भीठामोड सडक पूर्ण रुपमा जीर्ण वा क्षतिग्रस्त अवस्थामा रहेको सडकलाई एक समारोहबीच निर्माण कार्यको लागि शिलान्यास गरेपनि विवाद कायमै रहेको छ ।

जनकपुर भिटटमोड सडकको महोत्तरीको जलेश्वरमा जनकपुर तिनकौरिया सडक शिलान्यास गरेका छन । १८ दशमलव ७ किलोमिटरको जनकपुर(भिामोड सडक र जनकपुरको कदमचोक(तीनकौरिया सडकखण्डको मन्त्री लेखकले शिलान्यास गरेका छन् । नेपाल सरकारको लगानीमा ६ वटा र भारतीय सहयोगमा बाँकी ११ वटा सडक खण्ड निर्माण गर्ने नेपाल र भारतबीच सहमति भएको छ ।
सडक निर्माणको माँग गर्दै धनुषा महोत्तरी संघर्ष समितिले आन्दोलनरत रहेका छन् । आन्दोलनलाई स्थगित गर्नका लागि शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले एक समरोहबीच शिलान्यास गरिएको छ । मन्त्री लेखकका अनुसार जनकपुर भिठामोड सडक निर्माणका लागि आवश्यक बजेट समेत विनियोजना भई सकेकोले शिलान्यस लगतै निर्माण कार्य शुरु हुने विश्वास दिलाएका छन् ।
उनले अहिले चारलाइनको सडक निर्माणको बजेट पास भएको भनेपछि संघर्ष समितिले आन्दोलनमा होमिएका छन् । संघर्ष समितिले सीमावर्ती क्षेत्रसँग जोडिएको सडक मात्र होइन, धार्मिक पर्यटकीय दृष्टिले पनि यो सडक छ लाइनको हुनुपर्ने माँग राखी अहिले पनि आन्दोलन हाकिरहेका छन् ।
यो भन्दा पहिला पनि सडक निर्माणको नाउँमा पटक पटक शिलान्यास भएपनि निर्माण कार्य शुरु भएका थिएन । तर यसवर्ष बजेट निकासा गरेर नै शिलान्यास गरिएको मन्त्री लेखकको दावी छ । उनले विगतमा धेरै कारणले निर्माण नभएको होला तर यस पटक दुई वर्षभित्रमा सडक निर्माण कार्य सम्पन्न हुने दावी समेत गरेका छन् ।
विगतमा बजेट निकासा नहुँदा वा प्रक्रिया पुरा हुन नसक्दा पनि शिलान्यास गरेको होला, तर यस पटक आफूले सबै कार्य दुरुस्त गरी नै शिलान्यास गरेको भन्दै दुई वर्षभित्रमा ४ लाइनका सडकको निर्माण कार्य पुरा हुने जिकिर गरे ।
यता समितिका संयोजक रामकुमार शर्माले जनकपुर भिठामोड सडक छ लाइन नभएसम्म आन्दोलन जारी राख्ने दावी गरेका छन् । उनले छ लाइनको माँग गर्दै धनुषाको बेला, विन्धीमा तथा महोत्तरीको पिपरा, प्रकौली, जलेश्वर लगायतका ठाउँहरुमा आन्दोलनको विभिन्न कार्य गर्दै आएका छन् ।
‘तराई मधेस र भारतीय सीमासँग जोडिएका राजमार्गहरु ब्यापारीक मार्गका रुपमा निर्माण गर्नुपर्छ,’ मन्त्री लेखकले भने, ‘यसकालागि रकम अभाव हुँदैन ।’
नेपाल र भारतबीच २०६६ सालमा पूर्व(पश्चिम राजमार्गबाट भारतीय सीमासम्म जोड्ने हुलाकीमार्ग निर्माण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । तर निर्माणको जिम्मा पाएको भारतीय कम्पनीले काम गर्ने वातावरण नभएको भन्दै बिचमै काम रोकेको थियो । त्यसपछि ६ वटा सडक खण्डको काम नेपाल आफैले र बाँकी ११ वटा भारतले निर्माण गर्ने नेपाल र भारतबीच नयाँ सहमति भएको छ । विगत लामो समयदेखि हुलाकी सडक निर्माण सुरु गरिए पनि विविध समस्याका कारण निर्माणमा ढिलाई भएको बताउँदै मन्त्री लेखकले भने, ‘अहिले पनि हुलाकी सडक निर्माणका लागि आर्थिक स्रोत कहाँ र कसरी व्यवस्थापन गर्ने भन्नेजस्ता समस्या देखियो । भारतले पनि ठूलै सहयोग गरेको छ ।’
पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको सहयोगमा भएको छलफलबाट रकम अपुग हुने सडकमा नेपाल सरकार आफै लगानी गर्ने निर्णय गरेको मन्त्री लेखकले बताए ।
हुलाकी सडक निर्माणसँगै तराई मधेसको मुहार फेरिने विश्वास व्यक्त गर्दै मन्त्री लेखकले सम्झौताअनुसारको समयमै निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि कारवाही गर्ने चेतावनी समेत दिए । लामो समयदेखि जर्जर अवस्थामा रहेको जलेश्वर(भिट्ठामोड(जनकपुर सडक बन्ने सुनिश्चित भएपछि स्थानियमा खुसियाली छाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जलेश्वर खयरा चोकमा शुक्रबार शिलान्यास गरेपछि महोत्तरी र धनुषाका जनतामा सडक बन्ने विश्वास जागेको हो ।
मन्त्री लेखकले महोत्तरी र जनकपुरलाई भारतीय सीमासँग जोड्ने व्यापारिक र पर्यटकीय महत्वको यो सडक नेपाल सरकारको आफ्नै श्रोतबाट स्तरोन्नती गरिने जनाए । नेपाल सरकारले यो समेत हुलाकी सडकअन्तर्गतका १७ वटा सहायक मार्गमध्ये ६ वटा मार्ग स्तरोन्नतिका लागि ५ अर्ब ४४ करोड व्यवस्थापन गरिएको उनको भनाई थियो । ‘अब यो सडक बन्दैन की भन्ने कसैले आशंका नगरे हुन्छ,’ लेखकले भने ‘राज्यले ९३ करोड ४३ लाख बजेट ब्यवस्थापन गरिसककोले अव ४ लेनमा आगामी ३ वर्ष्भित्र कालोपत्रे भै सक्ने छ ।’विकासको मूख्य पूर्वाधार मानिएको यो सडकको जर्जर अवस्थाले यहाँको दैनिक जीवनमा अनेकन कठिनाई मात्र थपिएको छैन, महोत्तरीको समृद्धि र प्रगतिलाई नै असहज बनाएपछि स्तरोन्नतिका लागि सरकारलाई चौतर्फी दवाव परेको थियो । सन् २०१० मै भारतीय ठेकेदारले काम सुरु गरे पनि केही दिनपछि छाडेर भागेपछि स्थानियमा शिलान्यास भएर पनि फेरि पनि नबन्ने पो हो की भन्ने आशंका ब्याप्त छ ।

जनकपुर विकासका कहा“ खर्चिए ४६ अर्ब रुपैया

जनकपुर । भारतले जनकपुर विकासका लागि दसवर्ष भित्रमा ४६ अर्ब रुपैया सहयोग गरेको खुलासा भएको छ । तर यत्रो ठूलो रकम कहाँ खर्चिएको हो त ? स्थानीयवासीहरुका लागि एउटा प्रश्न खडा हुनु स्वभाविकै हो ।  भारत झारखण्ड प्रदेशका पूर्व वित्तमन्त्री तथा झारखण्ड प्रदेशका भाजपा उपाध्यक्ष छटुराम महतोले भारत सरकारले जनकपुरको विकासका लागि १० वर्षमा ४६ सय करोड सहयोग गरेको दावी गरेका छन् ।

भारतले दिएको ४६ अर्ब रुपैया जनकपुरको विकासमा साँच्चिकै खर्चिएको भए भने आज जनकपुरको  दूदर्शा यस्तो हुने थिएन । जनकपुर प्रवेशका लागि सडक छैन, जनकपुर भित्र नाला, सडक दुबै छैन, मठ मन्दिरको सौन्दर्यीकरण हुन सकेको छैन । धार्मिक स्थल त्यही अवस्थामा छ, फेरी कहाँ गए ४६ अर्ब रुपैया त ? यो प्रश्न हाम्रै लागि मात्र होइन, मन्त्रीले समेत बुझ्न पाएन ।

बिहारका पूर्व वित्तमन्त्री तथा झारखण्ड प्रदेशका विजेपीका उपाध्यक्ष समेत रहेका महतोले भने‘ आफूलाई भारत सरकारले जनकपुरको विकास हेर्नका लागि पठाएको छ । तर आफू जनकपुर आउँदा सोचे जस्तो उल्टो देखियो । धार्मिक साँस्कृतिक नगरी यस्तो छ भन्ने विश्वास पनि लाग्दैन । सीमावर्ती क्षेत्रबाट २९ किलोमिटर सडकको अवस्था हेर्दा जुनसुकैलाई अचम्भ लाग्नसक्छ । त्यसपछि यहाँका अवस्था बुझ्ने प्रयास समेत गरेको छु । यस्तो अवस्थामा जनकपुरवासी राजनीतिद्वन्दमा मात्र होइन, विकासबाट समेत अपेक्षित रहेको मैले पाए ।’ उनले अगाडि थपे ‘आफ्नो जनकपुरमा राजनीति यात्राको उद्देश्यले आएको होइन । भारतले दिएको रकम सदुपयोग भएको छ,कि छैन उद्देश्यले भारत सरकारले नै पठाएको छ । तर, जनकपुरका लागि कति रकम आएको छ, कहाँ कहाँ खर्चिएको छ स्थानीयवासीलाई समेत थाहा नभएको आफूले बुझेको हो ।’
विजेपी उपाध्यक्ष महतोले जनकपुरको रेल्वे निर्माण, मठ मन्दिर तथा धार्मिक सरसरोवर, जनकपुर भीठामोड सडक, विद्यार्थीहरुको छात्रवृति लगायतमा भारतले सो रकम सहयोग गरेको छ । तर त्यस मध्ये एउटाको पनि विकास देखिएन ।

राजनीतिक द्वन्दमा यहाँको विकासको कार्य अवरुद्ध होइन, राजनीति शोषणमा समेत जनकपुरवासी रहेको आफूले थाहा पाएको संकेत गरे । नेपालको राजनीतिक समस्या आन्तरिक समस्या हो, यो समस्या नेपाल सरकारले नै समाधान गर्नुपर्दछ । नेपाल सुन्दर र शान्त देश भएपनि राजनीतिक अस्थिरताका कारण आपसी द्वन्दमा फसेको महसुस गरेको बताउँदै सरकारले छिट्टोभन्दा छिट्टो यो समस्या समाधान गर्नेछन आफू विश्वस्त रहेको बताए ।विश्वभारती फाउण्डेशन जनकपुरधामका टोली जनकपुरको विकासका बारेमा गुनासो गरेपछि केन्द्र सरकारले स्थानीयस्तरबाट यहाँको विकासका बारेमा बुझ्नका लागि पाँच जनाको टोलीमा पठाएको जिकिर गरे । उनले नेपाल एकटा देश भएपनि दुई समुदायबीच बाटिएको थाहा पाउँदा आश्चर्य लागेको छ । संविधानमा यहाँको नागरिकता, जनसंख्याको आधारमा प्रतिनिधित्व, तथा सीमाकंन मुख्य समस्या रहेको बुझेको उनले बताए । टोलीमा राष्टिूय गौ रक्षा संघ (राष्टिूय सचिव) तथा संयोजक भारत इकाइका डा.पी.के. ठाकुर, विशेष सल्लाहकार विश्वभारती फाउण्डेशन तथा प्रवक्ता राष्टिूय गौ रक्षा संघका प्रो.आर.एन.सिंह, तथा  दुई जना पत्रकार संजय कुमार रवानी, मिथिलेश कुमार जनकपुर आएका थिए ।

Friday, September 9, 2016

संविधान परिमार्जनमा एमालेले सहयोग आवश्य गर्छन ः मन्त्री लेखक

जनकपुर, भदौ २४ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले संविधान संशोधनमा एमालेले सहयोग गर्ने छ आफू विश्वस्त रहेको बताएका छन् । उनले जनता तथा राष्ट्रको हितमा एमालेले पछाडि नपर्ने धारणा औल्याए ।

जनकपुर—भिठामोड तथा हुलाकी सडकको शिलान्यास गर्न आएका मन्त्री लेखकले जनकपुर विमान स्थलमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा आवश्यक पर्ने परिमार्जनहरु गरी कार्यान्वयन तर्फ जाने सरकारको लक्ष्य रहेको समेत बताए ।
उनले संविधान सबैको साँझा दस्तावेज र सम्पति रहेकोले यसलाई स्थापित र सुनिश्चित गर्न यस सरकारको लक्ष्य भन्दै संविधानमा तराई÷मधेशका आदिवासी, जनजाति, थारु लगायतका असन्तुष्टिलाई सम्वादका मार्फत लोकतान्त्रिक ढंगबाट सहमति गरेर परिमार्जन गरी कार्यान्वयन तर्फ जाने जिकिर गरे  ।

प्रहरीद्वारा चार सय लिटर मदिरा नष्ट

जनकपुर, भाद्र २४ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले शुक्रवार चार लिटर मदिरा नष्ट गरेको छ ।  अवैध रुपमा घरेलु मदिरा उत्पादन गरी बेच्न लागेको बेलामा सो मदिरालाई नियन्त्रणमा लिई नष्ट गरिएको जनाइएको छ ।

प्रहरी नायब उपरीक्षक मनोज कुमार यादवले धनुषाको मुजेलिया तथा लक्ष्मीनिया बजार नजिकको सो मदिरा पक्राउ गरिएको  हो । जनकपुर आउन लागेको बेलामा मुजेलिया स्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयमा ल्याएर सो मदिरा नष्ट गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक लिलामणि आचार्यले पत्रकारहरुसँग गरिएको भेटघाट कार्यक्रममा अधिकांश सञ्चारकर्मीहरुले जनकपुरको गृह परिक्रममा सडक भित्रमा मांस मदिरा बिक्री वितरणमा रोक लगाउन माँग समेत गरेका थिए । उनीहरुले बजारमा खाद्य तथा उपभोग वस्तुको अनुगमन तथा मूल्य निर्धारणका लागि आग्रह समेत गरेका थिए ।
उनीहरुले महेन्द्रनगर स्थित रेष्टुराहरुमा भई रहेको यौनधन्धाका बारेमा सञ्चारकर्मीहरुले लेखेपनि प्रशासन मौन रहेको गुनासो समेत पोखे ।
खाना पकाउने ग्यासमा भई रहेको कालोबजारी, अञ्चल अस्पताल वरिपरि खोलिएको क्लिनिक तथा औषधी पसल, सीमावर्ती क्षेत्रमा युवाहरुद्वारा लागू औषध कारोवार लगायतका दर्जनौं समस्याहरु सञ्चारकर्मीहरु सुझाएका थिए ।

Thursday, September 8, 2016

धनुषामा एकै परिवारका चारजनामाथि हतियार प्रहार

जनकपुर, भदौ २३ । धनुषाको यदुकोहामा एकै परिवारका चारजनामाथि धारिलो हातियार प्रहार गरी लुटपाट भएको छ । जिल्लाको पूर्वी भेग यदुकोहा ४ बस्ने रामओधी दास तत्माको घरमा आक्रमण गरी बुधबार राति डकैती भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राति करिब १ बजे अधादर्जनभन्दा बढीको संख्यामा आएका डाँकाहरुको समुहले घरमुली आयोधी दास तत्मा, उहाँकी ५० वर्षकी श्रीमती फुलकुमारी  देवी , छोरी १७ वर्षकी प्रमिला र ८ वर्षकी रिंकुलाई धारिलो हतियार प्रहार गरी घाईते बनाएका छन् । उनीहरुलाई टाउको तथा शरीरको विभिन्न भागमा डकाहरुले धारिलो हतियार प्रहार गरेको हो । घाईते चारै जनाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।
पिडीत परिवारका अनुसार डाकाहरुले नगद एक लाख रुपैँया र ५० हजार मूल्यबराबरको सुनचाँदीको गरगहना गरी डेढलाख भन्दा बढीको धनमाल लुटेर लगेका छन् । घटना सन्दर्भमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय यदुकोहाले जनाएको छ ।

Wednesday, September 7, 2016

जनकपुरवासीद्वारा सडक जाम

जनकपुर, भदौ २३ गते । जनकपुर उपमहानगरपालिका वडा नं. १ पुलचौक का स्थानीयवासीहरुले सडक मर्मतको माँग गर्दै सडक अवरुद्ध गरेका छन् ।

पुलचौक हुँदै पश्चिमतिर जाने सडकको अवस्था दयनीय रहेकोले तत्काल सडक मर्मतको माँग गर्दै ढाट लगाएर सडक अवरुद्ध गरेका छन । विशेष गरी वर्षायाममा सो सडक हिलाम्य हुँदा साइकल, मोटरसाइकल तथा चार पाग्रे सवारी साधान समेत प्रभावित भएको छ ।
सडक अवरुद्ध भएपछि दर्जनौं सवारी साधन जाममा परेको छ । महिनौ दिनदेखि जनकपुर नगरपालिका,  सडक डिभिजन कार्यालय लगायतका निकायहरुमा मर्मतको माँग गर्दा पनि उनीहरुले चासो नदेखाउँदा स्थानीयवासीहरुले आक्रोशित भई सडक जाम गरेका छन् ।
सडक हिलाम्ययका साथै सडकमा खल्डोखुल्डा हुँदा सवारी साधन समेत फस्ने गरेको छ । स्थानीयवासीहरु जबसम्म सडक मर्मत हुँदैन अवरुद्ध यथावत रहने दावी गरेका छन् ।

Tuesday, September 6, 2016

पर्यटक लोभ्याउँदै गंगा आरती

शेषनारायण झा

जनकपुर । धार्मिक पर्यटकीय नगरी जनकपुरधाममा शुरु भएको गंगा आरती पर्यटक लोभ्याउँदै एक दिनसम्म ठहर्न बाध्य तुल्याई रहेको छ । बाहिरबाट आएका पर्यटकहरु दिनभरि जानकी मन्दिर, राममन्दिर, धनुषाधाम लगायतका धार्मिक स्थलमा घुमफिर गरेपनि साँझ गंगा आरतीमा सहभागीका लागि प्रतीक्षारत हुन्छ । धार्मिक ऐतिहासिक नगरमा संरक्षण सम्बद्र्धनको अभावका कारण यहाँका साँस्कृतिक सौन्दर्यता गुम्दै आएको हो । पर्यटकहरुका लागि अपार सम्पदा भएपनि संरक्षण हुन नसक्दा एकदिन पनि ठहर्न सकिरहेको थिएन । तर गंगा आरतीको शुभारम्भसँगै एकदिनसम्म जनकपुरमा ठहर्नका लागि बाध्य गरिरहेका छन् ।

गंगा आरतीमा नेपाल तथा छिमेकी मुलुक भारतका उल्लेख्य संख्यामा पर्यटकहरुको सहभागी हुने गरेका छन् । जनकपुरको धार्मिक र पवित्र गंगा सागरमा शुरु भएको गंगा आरती हाल आएर आन्तरिक तथा बाह्यय पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । नेपालमै पहिलो पटक शुरु गरिएको दैनिक आरती हेर्न प्रत्येक दिन यहाँ पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । तीन महिनाको गंगा सागर सफाई अभियान पश्चात दुईवर्ष पूर्व सुरु गरिएको गंगा आरतीमा सहभागी हुन आन्तरिक पर्यटकका साथै छिमेकी मुलुक भारत तथा तेश्रो मुलुकबाट समेत पर्यटकहरु आउने गरेको सेभ हिस्टोरिकल जनकपुरका संयोजक रामअशिष यादवले बताउँछन् ।
जल संरक्षणको उद्देश्यका साथ सेभ हिस्टोरिकल जनकपुरले शुरु गरेको गंगासागर सफाई अभियानले गंगा आरतीको रुप लिएपछि धार्मिक आस्थाको केन्द्र बन्नुका साथै यसले पर्यटकहरुलाई लोभ्याउन थालेको यादवको भनाई छ । भारतको बनारस, हरिद्धार लगायतका स्थानमा हुने गंगा आरती झैँ जनकपुरको गंगासागरमा हुनेगरेको गंगाआरतीमा पर्यटक तथा स्थानीयहरु रमाउने गरेको यादवको ठम्याई छ ।
जनकपुरको गंगा आरतीमा मात्र गंगाको स्तुती नगरिएर सम्पूर्ण देवीदेवताको मन्त्र जाप गर्ने गरिएकोले यसको विशेष महत्व रहेको छ ।  दिन भर गरेका भुलको क्षमा माग्दै हरेक दिन साँझ हुने गंगा आरतीमा सहभागी भए क्षमा पाउनुका साथै धार्मिक शक्तिको समेत वृद्धिहुने भएकोले आरतीमा सहभागी हुन दैनिक उल्लेख्य संख्यामा स्थानीय, श्रद्धालु तथा पर्यटकहरु आउने गरेको हो ।  जनकपुरको गंगासागरमा हरेक साँझ तीनजना पुरोहितले धार्मिक रिती अनुसार गर्ने गरेको गंगा आरतीमा स्थानीय व्यक्ति तथा पर्यटकहरु आउने गरेका छन् ।
गंगाको पुजाले धन, सुख, समृद्धि तथा सन्तान सुख प्राप्त हुनका साथै यसको स्नान महाकुम्भको स्नान सरह हुनेगरेको र गंगासागरको पुजा गर्नाले पुण्य तथा स्वर्गको प्राप्ती हुने मिथिलामहात्ममा उल्लेख रहेको छ ।
गंगा आरतीको शुभारम्भसँगै स्थानीयवासीको आर्थिक दर समेत बढेको छ ।  धार्मिक नगरी जनकपुर भ्रमणमा आउने पर्यटकलाई आकर्षित गरी विदेशी मुद्रा आर्जन गर्ने तर्फ यहाँका व्यवसायीहरु जागरुक हुन थालेका छन् । यसका लागि यहाँ पूर्वाधार निर्माण, सरसफाई र विभिन्न धार्मिक कार्यक्रम हुन थालेका छन् । कतिपयले आफै भ्रमण गरेर पर्यटन विकासका नयाँ आयामबारे जानकारी लिने गरेका छन् । यसले गर्दा आन्तरिक पर्यटनले पनि बजारलाई चलायमान बनाउन योगदान गर्न थालेका छन् । धार्मिक,समाजिक विविधता, ठाउँ विशेषका मानिसका जीवनशैली,सभ्यता, ज्ञान,प्रविधि,संस्कृति, रीतिरिवाज आदि विषयमा ज्ञान पाइने भएकाले पनि जनकपुरमा घुमफिर गर्न आउनेको क्रम बढेको देखिन्छ ।
राज्यले पर्यटन क्षेत्रको रुपमा विकास गर्नबाट निरुत्साहित गर्दै आएको जनकपुरलाई । जबकि जनकपुर आउने पर्यटकहरुबाट वार्षिक एकअर्बभन्दा बढी राजस्व उठेपनि राज्यले अहिलेसम्म साँस्कृतिक तथा धार्मिक सौन्दर्यीकरणमा लगानी गरेको छैन । ठूलो आस्थाको केन्द्रको रुपमा रहेको जानकी मन्दिर पनि भारतकै टिकमगढकी रानी वृषभानुले बनाएकी छिन् । जनकपुरलाई जोड्ने जनकपुर भीठामोड सडक भारतकै सहयोगमा बनाइएको छ । यहाँसम्मकी नेपालकै सबभन्दा ठूलो सवारी साधनको रुपमा रहेको नेपाल रेल्वे भारत सरकार कै सहयोगमा सञ्चालनमा आएको थियो ।
मुलुकमा लोकतन्त्र आएपनि जनकपुरको एउटा धार्मिक पर्यटकीय नगरीको रुपमा विकास हुनुपर्नेमा राज्यको सोच देखिएको छैन । आर्थिक स्रोतेको ठूलो सम्भावना भएपनि लगानीको अभावमा अहिलेसम्म जनकपुर पछाडि परेको छ । सेभद हिस्टोरिकलका संयोजक रामअशिष यादव ज्यूको प्रयासले शुभारम्भ भएको गंगा आरती पर्यटक लोभाउनमा सफल भएका छन् । पर्यटकहरुलाई एक दिन ठहर्न बाध्य पारिरहेका छन्, त्यसले स्थानीयवासीहरुलाई आर्थिक लोभ हुने गरेको छ । स्थानीयवासीहरु जागृत भएमा एक हप्तासम्म पर्यटकहरुलाई रोक्न सकिन्छ ।

सडक हिलाम्य बनेपछि जनकपुरबाट टाढिदै सर्वसाधारणहरु


जनकपुर । वर्षायाममा ग्रामीण भेगका जनता जनकपुर सहरबाट टाढिदै गएको छ । धनुषाको दर्जनौ गाउँका सर्वसाधारणहरु उपभोग्यवस्तुका किनबेचका लागि जनकपुरमा निर्भर भएपनि वषार्याममा सडक अवरुद्ध भएपछि समस्या खेप्नु परेकोछ । करीब एक महिना अघिदेखि नै ग्रामीण भेगमा चल्ने सवारी बस लगायतका साधनहरु बन्द रहेका छन् भने आईतवारदेखि परेको पानीले सानासाना सवारी साधन समेत चल्न पाएको छैन ।

परेको पानीले विशेष गरी कच्ची सडक हिलाम्य तथा सडकमै पानी जमेपछि यातायात अवरुद्ध भएको छ । यातायात अवरुद्ध हुँदा धनुषाको लवटोली, चक्कर, दुहवी, लखौरी, रघुनाथपुर, सबैला, एकराही, तिनकौरीया लगायत दर्जनौं गाउँका सर्वसाधारणहरु प्रभावित भएका छन् । सडकमा डेढदेखि दुई फिटसम्म खल्डो परेको छ । सडकमा खल्डो पर्दा साइकल, मोटरसाइकल तथा चारपाग्रे गाडी समेत आउने जानमा समस्या देखिएको छ ।
नेपाल सद्भावना पार्टीका केन्द्रिय महासचिव राजीव झाले गाविस सचिवहरु मार्फत विकास कार्य गर्न लगाएपनि गाविस सचिवहरु इमान्दार हुन नसक्दा यस्तो समस्या भोग्नु परेको बताए । उनले धनुषा जिल्ला विकासको नाउँमा सबभन्दा पछाडि परेको आरोप लगाए । विकासका लागि आएको बजेट मध्ये ५० प्रतिशतभन्दा बढी रकम फ्रिज भएको गएको छ । तर धनुषाको सडकहरुको दुर्दशा हेर्ने हो भन्ने सबभन्दा बढी बेत्तर रहेको उनको ठहर रहेको छ ।
उनले धनुषाको विकासमा कर्मचारी मात्र होइन, राजनीतिक दल समेत दोषी रहेको स्वीकार्दै  विकासको नाउँमा राजनीतिकरण गर्न नमिल्ने बताए । मुलुकमा राजनीतिकर्मी तथा प्रशासन इमान्दार भएमा विकास सम्भव रहेको बताए । जनकपुरबाट जोडिने जनकपुर भिठामोड, जनकपुर जटही, जनकपुर यदुकोहा, जनकपुर सबैला लगायतका सडकहरुको अवस्था दयनीय रहेको छ । यातायात व्यवसायीहरुले सडक निर्माणको माँग गर्दै यातायात सञ्चालन बन्द गरेपनि राज्यले अहिलेसम्म कानमा तेल हालेर सुतेका छन् ।

जनकपुरमा ट्राफिक व्यवस्थापन चुनौती बन्दै

जनकपुर । जनकपुर उपमहानगरपालिका भित्रमा टूाफिकहरुलाई टूाफिक व्यवस्थापन गर्न एउटा चुनौती बन्दै गएको छ । धनुषामा टूाफिक दरबन्दी कम भएको बेलामा पनि चुनौती रहेको थियो भने अहिले झन त्यो भन्दाबढी चुनौती देखा परेको छ ।

जनकपुर नगरभित्रमा बढ्दो सवारीको चापले सडक खुम्चिएको जस्तो लागिरहेको छ भने अर्कोतिर सडकको अवस्था दिनप्रतिदिन दयनीय हुँदै गएको छ । खासगरी वर्षायामको बेलामा टूाफिक व्यवस्थापन चाहेपनि हुन नसक्ने अवस्थामा जनकपुरको स्थिति रहेको छ । धनुषामा टूाफिक दरबन्दी बढाएपनि सडकको जीर्ण अवस्था तथा छाडा गाईले गर्दा टूाफिक व्यवस्थापन चुनौती मात्र होइन, असम्भव समेत बन्न पुगेको छ ।
जनसंख्या वृद्धि, साँघुरा सडक, बढ्दो सवारी साधन, वैज्ञानिक उपकरणको कमी, विशिष्टिकृत जनशक्तिको अभाव, सडक प्रयोगकर्ताहरूको चेतनास्तर, अवैज्ञानिक सवारी चालक अनुमतिपत्र वितरण पद्धति तथा प्रचलित यातायात नीतिले अहिलेको सवारी व्यवस्थापनको मुद्दालाई भरथेक गर्ने अवस्था देखिँदैन । जनकपुरको विकास अहिलसम्म पनि अवैज्ञानिक किसिमले नै रहेको छ । जबसम्म सवारी रुट निर्धारणसँगै कार्यान्वयन तर्फ लगिदैन तबसम्म अवस्थित नै रहन्छ ।
ट्राफिक व्यवस्थापनका लागि जनकपुर उपमहानगरपालिका, जिल्ला टूाफिक कार्यालय, सहरी विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, नागरिक समाज, बुद्धिजीवि तथा राजनीतिक दलहरुबीच सहमति अनुसार अगाडि बढेमा मात्र केही हदसम्म नगरभित्र टूाफिक व्यवस्थापन गर्न सकिन्छ ।
टूाफिक व्यवस्थापनका लागि नगरभित्र सडकमै रहेको छाडा गाईहरु नियन्त्रण, सडक मर्मत, नालाको सफाई, विभिन्न चौक चौराहामा टूाफिक जनचेतना बोर्ड, टूाफिक उल्लंघन गर्नेमाथि दण्डजरिवानाको प्रावधान, सवारी चालकहरुलाई रुट निर्धारणसँगै वनवे, टूवे लागू गर्नुपर्दछ । साथै सडक छेउमा रहेको  घर टहरालाई समेत व्यवस्थापन गर्नुपर्दछ । विशेषगरी जनकपुरको खुम्चिएको सडकमा पानी जम्ने, खल्डाखुल्डा हुने लगायतका समस्याले टूाफिक जति पनि सक्रिय भएपनि व्यवस्थापनमा समस्या नै हुनेछ ।
सवारी साधन अवरोधबिना सञ्चालन होस् भन्ने सडक प्रयोगकर्ताहरूको चाहना बिभिन्न आग्रहबाट लक्षित तदर्थ टूाफिक व्यवस्थाबाट कहिल्यै सम्भव हुँदैन । टूाफिक योजनाको प्राथमिकता छनोटप्रति अहिले देखिएको उदासीनताले सिर्जित तल उल्लेखित तथ्याङ्कहरूले पनि यस्तै छनक दिएको छ ।
प्रचलित सवारी साधन आयात नीति कहिल्यै पनि वैज्ञानिक हुनसकेको छैन । जनसंख्या, सडक पूर्वाधार र टूाफिक अवस्थालाई नजरअन्दाज गरी तदर्थ सवारी आयात नीतिका आधारमा भित्रिने सवारी साधनलाई यहाँको सडकले धान्नसक्ने अवस्था अब छैन । प्राविधिक प्रदूषणले थिचिएका जीर्ण सवारी साधनहरूले अहिले जनकपुरकोे सुन्दरतालाई परिहास गरिरहेको देखिन्छ ।
जनकपुर ऐतिहासिक धार्मिक नगरी हो । यहाँ बाहिरबाट दैनिक सैकडौको संख्यामा सवारी आउने गर्दछन । तर टूाफिक व्यवस्थापन हुन नसक्दा नगरभित्र गाडी पसाउने समस्यामाथि समस्या उत्पन्न हुने गरेको छ ।  नगरभित्र टूाफिक व्यवस्थापन एउटा समस्या त छँदैछ, अर्को समस्या सवारी पार्किङ्गको पनि रहेको छ । नगरभित्र गाडी पस्यो भने गाडीको पार्किङ्ग कहाँ गर्ने यो पनि यहाँका लागि अवैज्ञानिक शहरको रुपमा सावित हुन जान्छ । यसका लागि नगरपालिकाको विशेष ध्यान दिनुपर्दछ । विश्वका हिन्दुहरुका लागि आस्थाको केन्द्रको रुपमा जनकपुर रहेको छ । तर अवैज्ञानिक किसिमले विकास हुँदा यहाँ पर्यटकहरु आउन समेत असुविधा ठानिरहेको हुन्छ । विशेषगरी नेपाल भरिकै अहिलेसम्म पर्यटक आउन सकेको छैन । यसको एउटा कारण हो अवैज्ञानिक किसिमका सहर तथा टूाफिक व्यवस्थापन हुन नसकेको  । जनकपुरलाई व्यवस्थित र सुन्दर बनाउनका लागि राज्यलाई ध्यानाकर्षण गराउन आवश्यक छ ।
टूाफिक व्यवस्थापन हुन नसक्दा विशेषगरी बाहिरबाट आफ्नै सवारी प्रयोग गरेर आएका पर्यटकहरुलाई धौधौ परेको हुन्छ । ठूलठूल्ला गाडीहरुलाई नगरभित्र छिडाउनमा समस्याका साथै पार्किङ्गको बढी समस्या हुँदा यहाँ ठहर्न मानिरहेको छैन । जनकपुर आएका पर्यटकहरु यहाँ नठहरिकन सिधै काठमाडौंको लागि प्रस्तान हुनुको मुख्य कारण टूाफिक व्यवस्थापन र यहाँका सडकहरु रहेको देखिएको छ ।
वैज्ञानिक किसिमले जनकपुरको विकास गर्नु हो भन्ने टूाफिक व्यवस्थापन, सडक तथा पार्किङ्गको व्यवस्थापन सबभन्दा आवश्यक रहेको छ । यसका लागि सम्बन्धित निकायको ध्यान जान आवशयक छ ।

जनकपुरमा लाइसेन्सको रकम १५ देखि २५ हजारसम्म

जनकपुर । यातायात कार्यालय जनकपुरमा सवारी लाइसेन्सका लागि धनुषादेखि झापासम्मका सवारी लाइसेन्स लिनेहरु जनकपुर आउने गरेको  स्रोतले जनाएको छ । अन्य ठाउँबाट लाइसेन्स लिन अप्ठ्यारो भई रहेको बेलामा धनुषामा सजिलोसँग लाइसेन्स पाउँदा नेपालको टाढाटाढाबाट सवारी लाइसेन्स लिनेहरु धनुषाबाट नै लाइसेन्स लिने गरेको स्रोतको दावी छ ।

बागमती अञ्चल लगायतमा लाइसेन्स लिनका लागि सवारी टूायल पास तथा टूाफिक नियम पालना गर्नु पर्दछ । तर यहाँ रकम दिएमा सजिलैसित पाउने गरेकोले जनकपुरबाट लाइसेन्स लिनेको चाप बढेको जनाएको छ । मोटरसाइलकका लागि १५ हजार र चार पाग्रे सवारी साधनका लागि २५ हजार रुपैया दिएमा ठोकुवाको साथ लाइसेन्स पाउने गरेको स्रोतले जनाएको छ ।
महिनामा मोटरसाइकलको लाइसेन्स चार सय सम्म तथा सोही अनुकूल चारपाग्रे सवारी साधनको लाइसेन्स निस्केपनि फारम भर्नेको संख्या उल्लेख्य रहेको छ । अहिलेसम्ममा भाद्र १८ शनिवारका दिन एकदिनमा १६ हजार पाँचसय जनाले लाइसेन्सको फारम भरेको यातायात कार्यालय जनकपुरले जनाएको छ ।
जनकपुरको ज्ञानकूप संस्कृत माध्यमिक विद्यालयको प्राङ्गणमा दरखास्त बुझाउनका लागि सर्वसाधारणहरु अबेर राति देखि नै उभेका थिए । सवारीको संख्या बढ्दा लाइसेन्सधारीको संख्या बढनु स्वभाविकै छ । एकतर्फ सवारी दुर्घटना बढिरहेको छ भने अर्कोतिर सवारी साधनको लाइसेन्स मोटो रकम लिएर वितरण गर्दै आएका छन् । शनिवार लाइसेन्स दरखास्ता फारम भर्दा लाइसेन्स लिनेकोलाई व्यवस्थापन गर्नमा प्रहरीलाई धौधौ परेको थियो । प्रहरीले सो स्थललाई व्यवस्थित पार्नका लागि लाठीसम्म प्रहार गरेको जनाइएको छ ।
नेपाल अधिराज्यभरिमा दुर्घटनामा परी मृत्युहुनेमा सवारी दुर्घटना नै रहेको छ । यसवर्षमा मात्र सवारी दुर्घटनाबाट ८ हजार १६ वटा व्यक्तिले ज्यान गुमाएको तथ्यांकन गृह मन्त्रालयले सार्वजनिक गरेका छन् ।
एकतर्फ सवारी दुर्घटना नियन्त्रणका लागि राज्यले विभिन्न नियम कानून लगाउन खोजिरहेको छ भने अर्कोतिर यसरी मोटो रकम लिएर लाइसेन्स दिने कर्मचारीमाथि कारवाही भई रहेको छैन । यसले के स्पष्ट पार्छ भने जति नियम कानून लगाएपनि जबसम्म लाइसेन्स लिने बखत कडाई हुँदैन तबसम्म सवारी दुर्घटना न्यूनिकरण गर्न असम्भव देखिन्छ ।
नेपालमा वैदेशिक रोजगारीसँगै सवारी साधनको चाप समेत बढेको छ । जनकपुर अञ्चलमा मात्र ७० लाखभन्दा बढी मोटरसाइकल दर्तामा रहेको टूाफिक कार्यालय जनकपुरले जनाएको छ ।

Tuesday, August 30, 2016

ल्याण्डफिलका कारण एडिबी अन्योलमा

जनकपुरको विकासका लागि एशियाली विकास बैंकको ऋण सहयोगमा बन्न लागेको यहाँका नाला तथा सडकहरु एक पटक फेरी अन्योलमा परेको छ । २०७३ बैशाखदेखि नालाको कार्य प्रारम्भ भएपनि अहिले स्थगित भएको छ । अहिलेसम्ममा कम्तिमा चार किलोमिटरसम्म नाला निर्माणको कार्य भई सक्नुपर्ने ठेक्कामा उल्लेख भएपनि डेढ किलोमिटरसम्म मात्र भएको छ । वर्षायामको बहाना बनाई अहिले सो कार्य स्थगित गरिएको छ ।
एडिबी परियोजनाका लागि सबभन्दा पहिला ल्याण्डफिल साइड हुनुपर्ने प्रावधान रहेपनि राजनीतिक खिचातानी वा द्वन्दका कारण ल्याण्डफिल साइट उपलब्ध हुन नसक्दा एडिबी नै अन्योलमा परेको छ । जनकपुर उपमहानगरपालिकाका ईन्जिनियर वीरेन्द्र यादवका अनुसार अहिलेसम्म दोस्रो किस्ता आई सक्नु पर्ने थियो । तर ल्याण्डफिलका लागि जग्गा उपलब्ध हुन नसक्दा अगाडिको कार्य कसरी बढने अन्योलता रहेको बताएका छन् । जबसम्म ल्याण्डफिलका लागि जग्गा हुँदैन एडिबी परिचायलन सञ्चालनमा समस्या आउने समेत उनले बताए । जनकपुरको विकासका लागि एडिबीले एक अर्ब ९० करोड रुपैया ऋण सहयोग दिएपनि ल्याण्डफिलका लागि जग्गा उपलब्ध हुन नसक्दा समस्या परेको छ ।
ल्याण्डफिलका लागि छुट्टै रकम समेत छुट्याएपनि अहिलेसम्म जग्गा खरीद गर्न सकेको छैन ।
एडिबी परियोजना अन्तर्गत ३० किलोमिटर सडक र नाला निर्माण गर्नुपर्ने थियो । तर समयमा कार्य सञ्चालन हुन नसक्दा महगाई बढ्दै गएकोले  अब झरेर साढे ९ किलोमिटर सडक तथा ३० किलोमिटर नाला निर्माण गर्नछ । धनुषा क्षेत्र ३ मा ल्याण्डफिलका लागि जग्गा छनौट भई सबै कार्य अगाडि बढेपनि काँग्रेसी नेता निधिका समर्थकहरुले विरोध जनाएपछि अहिलेसम्म ल्याण्डफिलका लागि जग्गा उपलब्ध हुन सकेको छैन ।

पर्यटकीय स्थल बन्दै छ जीवन केन्द्र

जनकपुर । जनकपुर उपमहानगरपालिका वडा नं. २६ को रामगोपालपुर स्थित हारसरमा रहेको जीवन केन्द्र पर्यटकहरुका लागि आनन्दको स्थल बन्न लागेको छ । मुख्य सिटीभन्दा करीब दुई÷तीन किलोमिटर उत्तरमा यो केन्द्र रहेको छ । डेनमार्कका एउटा संस्थाले बनाइएको यो स्थलमा सभाहल, पार्किङ्ग लगायतका आकर्षक एवं मोहक वृक्षहरु जुनसुकै व्यक्तिलाई आकर्षित गर्न पछाडि पार्दैन ।

बाँसकै सभाहल, पार्किङ्ग तथा गेष्ट रुम समेत बनाइएको छ । प्राकृतिक आनन्दका लागि तराईकै सबभन्दा राम्रो स्थलको रुपमा यो स्थल चिन्ह लागेको छ । गाउँबाट करीब एक किलोमिटर टाढा रहेको यो स्थलको वरिपरि विभिन्न जातका रुखहरु रहेको छ । विशेष गरी बाँसकै भवन मात्र होइन, बस्ने कुर्सी, टेबुल तथा बगिचा समेत विभिन्न आकर्षणमा बनाइएको छ ।
डेनमार्कका डेनिस एलाइन पार्टन्र्स र केयर डेनमार्क अर्थात डेनिस वन प्रसारण नामक संस्थाले चुरे संरक्षण तथा जल नियन्त्रणका लागि एफएफडी लोकपाठाला निमाण गरेका छन् । चुडियाबाट निस्केको जलाइद नदीको उपल्लो तथा तल्लो गाविसमा जलाइद एकीकृत जलाधार तथा प्राकृतिक स्रोत सहव्यवस्थापन यसको मुख्य योजना रहेको हो । जलाइदको उपल्लो भागदेखि सीमा क्षेत्रसम्म ५५ किलोमिटरसम्म प्राकृति संरक्षण गर्ने मुख्य लक्ष्य रहेको व्यवस्थापन समितिका अध्यक्ष कमल कुमार पंकजले जानकारी गराए ।
उनले ई सं.२००५देखि शुभारम्भ गरेको कार्य २०१२ सम्ममा धेरै परिवर्तन ल्याएको हो । करीब सात वर्षमा जलाइद नदीको पानी, तटबन्द कटान तथा चुरे संरक्षणका लागि राम्रो कार्य गरेको उनको भनाई रहेको छ ।  वन विनासका कारण सबभन्दा बढी प्रभाव तराई ÷मधेशमा परेको हो । चुरे तथा जल संरक्षणमा विदेशी संस्थाहरु निक्कै सक्रिय रहेकोले यसै उद्देश्यका साथ विभिन्न संस्थाको साँझेदारीमा तराईमा यो अभियानको रुपमा ल्याइएको उनले बताए ।
कमलले भने ‘स्थानीय केयर नेपालसँग मिलेर स्थानीय साझेदार संस्था जानकी महिला जागरण, समाज उत्थान केन्द्रद्वारा सञ्चालित जीवन कार्यक्रम हो । जीवन केन्द्र स्थापना पश्चात् पूर्ण रुपले जंगल कटानी रुकेको त छैन, तर न्यूनिकरण आवश्य भएको छ ।’ उनले अगाडि थपे ‘ यसले करीब ९ हजार बढी जनताले रोजगारी  समेत पाएको छ । विशेष गरी दलित, गरीब, विपन्न, भूमीहीनहरुले वन जंगल जोगाएर कृर्षिलाई कसरी उजगार गर्न सकिन्छ, कर्षिमाथि समेत निर्भर हुन लागेको छ । पहिला विशेष गरी यिनीहरुले जंगल कटान गरी दाउराहरु बेच्ने गरेका थिए । अहिले कृर्षि श्रमिक ग्रामिण सीपकर्मी नेपाल नामक संस्थाले जिविकोपार्जनको राम्रो माध्यम सिखार्ई सकेको छ ।’
उनले पहिला यो स्थललाई तालिम केन्द्रको रुपमा मात्र बुझिन्थ्यो । तर अहिले देश विदेशका मान्छेहरु यो स्थलमा गोष्ठी, सेमिनार तथा विभिन्न किसिमको कार्यक्रम गर्दै आइ रहेका छन् । महिनामा २५दिन यो तालिम केन्द्र बुक नै रहिन्छ । यसबाट दुईवटा फाइदा हुने गरेको उनले दावी समेत गरे । एउटा राम्रो स्थलको रुपमा विकास हुँदैछ भन्ने अर्को यहाँबाट केही सिख्ने हो जस्तो यहाँ आउने व्यक्तिहरु समेत भन्ने गरेको छ ।
सहरभन्दा एकदमै न्यून शुल्क समेत रहेको छ । सभाहल व्यवस्थापनका लागि ६ वटा कर्मचारी खटाइएको छ । सभाहलको आम्दानीबाट करीब २ लाखभन्दा बढी आम्दानी हुने गरेको व्यवस्थापक कमलले दावी गरे । उनले अहिलेसम्म १० वटा राष्टूका व्यक्तिहरुले विभिन्न कार्यक्रम गरी सकेका छन् । जतिदिन वित्दै गई रहेको छ सभाहल बुक हुने संस्थाहरुको ओइरो लाग्ने गरेको छ । ग्रामीण भेगमा यी स्थल रहेपनि सवारी साधनको ओइरो लागेको हुन्छ ।
यसमा नेपाल सरकारले सहयोग गरेमा अझै राम्रो बनाउन सकिन्छ । तर जबसम्म डेनमार्कले आफ्नो मातहतमा लिएको छ तबसम्म नेपाल सरकारले केही गर्न नपाउने प्रावधान समेत रहेको स्रोतले जनाएको छ ।

प्राचीन ढेकी जाँतो लुप्ता हुँदै, सरोकारवाला मौन

जनकपुर । आधुनिकतासँगै लोप हुन लागेको प्राचीन कुटानी तथा पिसानीको महत्वपूर्ण साधनका रुपमा परिचित ढिकी र जाँतो लुप्त हुँदै गएको छ । मिथिलाञ्चल लगायतका ठाउँमा ढिकी जाँतामा नै कुटेर वा पिसेर खाना बनाउने गर्दथे । तर अहिले हेर्न समेत दुर्लभ भएको छ ।

आधुनिकतासँगै हराएको ढिकी जाँताको संरक्षण सम्बद्र्धनप्रति कसैले चासो राखेको छैन । हाम्रो साँस्कृतिकको रुपमा समेत प्रख्यात रहेको ढेकी जाँताको संरक्षण सम्बद्र्धनका लागि जनकपुर वृहत्तर क्षेत्र विकास परिषदले अगाडि आउनु पर्ने हुन्थ्यो ।
ढिकीमा रातभरि धान कुट्ने र जाँतोमा मकै, कोदो पिस्ने गरे पनि पछिल्लो समय आधुनिक मेसिनका कारण लोप हुन लागेको ढिकी र जाँतोको बारेमा भावि पुस्तालाई जानकारी गराउने उद्देश्यका साथ ढिकी जाँतो आवश्यक छ, वृहत्तरका अध्यक्ष रामकुमार शर्मा भन्छन् । मिथिला क्षेत्रमा दुई वर्ष मिथिला महोत्सव समेत भएको हो । मिथिला महोत्सवको मुख्य लक्ष्य नै साँस्कृति झल्काउनु र लोप भईरहेको साँस्कृतिलाई संरक्षण गर्नु थियो तर अहिले राजनीतिक अस्थिरता कारण अलि ढिलो भई रहेको उनी थप्छन् ।
त्यस्तै पोखरा उपमहानगरपालिका वडा नंं १७ स्थित शुभकामना आमा समूहले अन्तर्राष्टिूय पर्वतीय सङ्ग्रहालयको प्रमुख प्रवेशद्वार रातोपैह्रास्थित सार्वजनिक जग्गामा टूष्ट भवन निर्माण गरेर लोपोन्मुख ढिकी र जाँतो स्थापना गरेको हो ।
ढिकीमा रातभरि धान कुट्ने र जाँतोमा मकै, कोदो पिस्ने गरे पनि पछिल्लो समय आधुनिक मेसिनका कारण लोप हुन लागेको ढिकी र जाँतोको बारेमा भावि पुस्तालाई जानकारी गराउने उद्देश्यका साथ ढिकी जाँतो स्थापना गरिएको आमा समूुहकी अध्यक्ष माया गुरुङले बताउनुभयो ।

उहाँका अनुसार सार्वजनिक जग्गामा निर्माण गरिएको टूष्ट घरभित्र काठको मुढो, ओखल, दुईवटा खम्बा, औलो, दाँते मुसल, लुडी भएको ढिकी एवम् ढुङ्गाको दुईवटा पलेटा, काठको मानी, फलामको मानी, हातोसहितको जाँतो निर्माण गरिएको छ ।
टोल छिमेकमा हुने शुभकार्यमा नाचगानजस्ता सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर आम्दानी भएको रु दुई लाख खर्चेर सो भवन र ढिकी जाँतो स्थापना गरिएको अध्यक्ष गुरुङ बताउनुहुन्छ ।
समूहद्वारा यसअघि पार्क एवम् डिलबार निर्माण समितिद्वारा गाडिएका फलामका पोलमा रेलिङबार निर्माण गरी सेतीनदीको भिरमा सुरक्षित बारको समेत व्यवस्था गरिएको छ ।
आधुनिक मेसिनको तुलनामा ढिकीमा कुटेको चामल र जाँतोमा पिसेको पिठो स्वादिलो र पोसिलो हुने आमा समूहका सल्लाहकार ८२ वर्षीय लीलावती बास्तोला बताउनुहुन्छ ।
“ढिकी र जाँतो स्थापनासँगै चाडपर्व र विवाहका अवसरमा सेलरोटी पकाउन र कसार बटार्नका लागि चालमको पिठो कुट्नका यस क्षेत्रका बासिन्दालाई निकै सुविधा पुग्नेछ” ( उहाँले भन्नुभयो ।
नवनिर्मित ढिकी जाँतोको बुधबार एक समारोहका बीच आमा समूहका पूर्व अध्यक्ष मञ्जु खड्काले शुभारम्भ गर्नुभयो ।
नेपाली महिलाको महान् पर्व हरितालिका तिजको अवसरमा सामूहिक दरखाने र २०७२ सालको एसएलसी परीक्षामा उत्तीर्ण आमा समूहमा आबद्ध २२ जना छोराछोरीलाई सम्मान गरिएको थियो ।
विसं २०५३ मा स्थापित सो समूहद्वारा यसअघि आफ्नै निजी खर्चमा समाजमा आवश्यक विभिन्न विकास निर्माणका कार्य सम्पन्न गरिसकेको छ ।
सो समूहले उक्त स्थानमा लगभग रु १० लाखको लागतमा दुईतले बहुउद्देश्यीय पक्की भवन निर्माण गरी सञ्चालनमा आएको समूहका उपाध्यक्ष हीरा अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भवनको माथिल्लो तल्लामा सभाहल र एउटा समूहको बन्दोबस्तीका सामग्री राख्ने कोठा रहेको छ भने तल्लो तलामा रहेको एउटा सटर भाडामा दिएको सो आम्दानीबाट विद्युत् महसुल र सरसफाइमा खर्च गर्ने गरेको छ ।
छिमेकको कुनै पनि घरमा शुभकार्य होस् वा लाहुरे आउनेबित्तिकै आमाहरू मादल, मुजुरा, खैजडीलगायतका विभिन्न वाद्यवादनका सामग्री बोकेर निस्कने गरेको समूहकी सचिव मीना पौडेल बताउनुहुन्छ ।
समूहले उपल्लो रोतोपैह्रामा रु दुई लाखको लागतमा शक्तिदेवी मन्दिर र सोही स्थानदेखि देवीघाटसम्मको बाटोमा पक्की सिढी एवम् एकतर्फी रेलिङबारसमेत निर्माण गरेको छ ।

Monday, August 22, 2016

करोडौ राजस्व उठने कार्यालयमा सेवाग्राहीहरु यसरी आक्रोश पोख्दै....

कैलास दास
जनकपुर । धनुषामा मासिक रुपमा करोडौं राजस्व उठ्ने कार्यालयहरु छन्, तर सेवाग्राही त्यो कार्यालय निक्कै दुःखी र आक्रोशित समेत देखिएका छन् । विहानदेखि कार्य गराउनका लागि कार्यालय अगाडि लामबद्ध भई साँझसम्म पर्खिने कार्यालयमा एउटा शौचालय नहुँदा, भएपनि व्यवस्थित हुन नसक्दा सेवाग्राही निक्कै आक्रोशित देखिएका छन् ।

यहाँका राजश्वमा सबभन्दा बढी राजस्व असुल हुने यातायात कार्यालय, आन्तरिक राजस्व कार्यालय, जनकपुर भन्सार कार्यालय, जिल्ला मालपोत कार्यालय, नापतौल कार्यालय, जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय लगायतका कार्यालयहरुमा शौचालय व्यवस्थित हुन नसक्दा सेवाग्राहीहरु निक्कै पीडित एवं चिन्तित देखिएका छन् ।
जनकपुर यातायात कार्यालयमा दिनभरि सेवाग्राहीहरुको चाप हुँदाहुँदैपनि शौचालय नहुँदा सबभन्दा बढी समस्या देखिएको छ । पुरुषका लागि सीमित पेशाव सौचालय भएपनि महिला सेवाग्राहीका लागि देखिएको छैन । यातायात कार्यालयसँगै सट्टिएको आन्तरिक राजस्व कार्यालयको पनि त्यही हाल रहेको छ । दैनिक २०देखि २५ लाखभन्दा बढी राजस्व उठ्ने यातायात कार्यालयमा यसरी शौचालय नहुँदा विशेष गरी महिला सेवाग्रही बढी चिन्तित हुँदा पनि सम्बन्धित निकाय मौन देखिएको हो । हुनतः मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा जनकपुर भन्सार कार्यालयको पनि यस्तै हाल हो । तर यातायात कार्यालयमा महिला सेवाग्राहीको चाप बढेपनि शौचालयको अभावले गर्दा महिलाहरुलाई शोच गर्न धेरै समस्या भएको छ ।
धार्मिक एवं ऐतिहासिक नगरी जनकपुरमा केही सीमित ठाउँमा सार्वजनिक शौचालय निर्माण भएपनि महिलाहरुको लागि छुट्टै व्यवस्था गरिएको छैन । बाहिरबाट आउने पर्यटकहरु नगरभित्र सडककै छेउँमा मानिस नभएको बेलामा वा लुकीछिपी शोच गर्न बाध्य भएको देखिन्छ । नगर विकासका अभिभारा बोकेका जनकपुर उपमहानगरपालिका यस विषयमा केही भन्न सकेको छैन । जनकपुर उपमहानगरपालिकाका कार्यकारी प्रमुख पुण्यप्रसाद लुइटेलले एडिबीको कार्य सुचारु भएपछि शौचालयलाई पनि व्यवस्थित गर्ने बताएका छन् ।
ऐतिहासक सहर जनकपुरको इतिहास लामो भएपनि अहिलेसम्म व्यवस्थित गर्न नसक्नु जुनसुकैलाई पनि चिन्ताको विषय बन्न सकिन्छ । यस विषयमा अहिलेसम्म स्थानीयवासीहरु पनि आवाज उठाउन सकेको छैन । विकासको मुद्दामा केही राजनीतिक दलहरु जिल्ला विकास समिति, जनकपुर उपमहानगरपालिका लगायतका विभिन्न कार्यालयमा ओहरदोहर गरेपनि सानासाना कुरामा ध्यान दिएको देखिएको छैन ।
महिनेपिच्छे व्रत त्योहारले चिन्हाउने जनकपुरमा दैनिक हजारौं व्यक्ति आएपनि राज्यस्तरबाट धर्मशाला, चापाकल त के ? एउटा शौचालय समेत निर्माण गर्न पाएको छैन । जनकपुरको यस्ता वेथिति हेरेर जुनसुकै व्यक्ति पनि चिन्तित हुनु स्वभाविकै हो ।

जानकी मन्दिर, अञ्चल अस्पताल सहितको विद्युत लाइन काट्यिो

जनकपुर । नेपाल विद्युत प्राधिकरणले राष्टिूयव्यापी विद्युत महसुल नबुझाउने उपभोक्ताहरुको लाइट काट्ने अभियान शुरु नै गरेको छ । सो क्रममा प्राधिकरणले जानकी मन्दिर, जनकपुर अञ्चल अस्पताल, जनकपुर उपमहानगरपालिकाको अतिथि गृह लगायतका दर्जनौं कार्यालयको लाइन सोमवार बाटिएको छ ।

प्राधिकरणले जानकी मन्दिरमाथि मात्रै ७० लाखभन्दा बढी रकम बक्यौता रहेकोले मन्दिरको विद्युतीय लाइन काटिएको बताइएको छ । त्यस्तै जनकपुर अञ्चल अस्पतालमाथि करीब ७० लाख रुपैया बक्यौता रहेकोले त्यसको पनि लाइन काटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले सडक विभागमाथि ३ लाख र एक प्लास्टिक उद्योगमाथि समेत १० लाखबढी महसुल रहेकोले प्राधिकरणले विद्युत लाइन काटिएको हो । त्यसैगरी एकीकृत सहरी विकास योजना अन्तर्गत जनकपुर उपमहानगरपालिकाको अतिथि गृहमा सञ्चालित कार्यालयको समेत विद्युत लाइन काटेको छ ।
उपनपाले आफ्नो जग्गामा प्राधिकरणले विद्युत पोल गाडेको कारणले कुनैपनि कार्यालयमा मिटर जडान गरिएको छैन । प्राधिकरण जनकपुर शाखाले विभिन्न उपभोक्तामाथि करीब ३० करोडभन्दा बढी रकम बक्यौता रहेको जनाइएको छ ।
जनकपुर अञ्चल अस्पतालमा विद्युत काटिएपछि पेथलोजी, एक्सरे, शिशु वार्डको कामकाज प्रभावित हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा गौराङ्ग मिश्रले बताएका छन् । उनले जेनरेटरवाट मात्र सवै काम गर्न नसकिने भएकाले मंगलवार आफूले पनि सूचना टाँस गरेर सेवा बन्द गर्ने जनाएका छन् । त्यस्तै सडक डिभिजन कार्यालय जनकपुर मुजेलियाले पनि २ लाख ६९ हजार, ४ सय ९ रुपैयाँ  विद्युत महशुल बाँकी राखेकाले विद्युत लाईन काटिएको छ ।   जनकपुरको वडा नं ८ मा सञ्चालित म्याक्स प्लाष्टिक उद्योगको पनि लाईन काटिएको छ । सो उद्योगले पनि १७ महिनाको ५ लाख ७३ हजार ३ सय ४६ रुपैयाँ बाँकी राखेकाले लाईन काटिएको नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रले जनाएको छ ।

यसरी नै शिक्षामा पछाडि परे मधेस

कैलास दास
करीब एक दशकमा मधेशमा शिक्षाको स्तर निक्कै खसेको छ । नेपालमा २०६२÷०६३ को जनआन्दोलन पश्चात् आएको गणतन्त्रमा शिक्षाको स्तर बढ्नुका साट्टो निक्कै पछाडि परेको कतिपय कारणहरु छन् । तर, त्यसमध्ये मुख्यकारणको रुपमा हेर्ने हो भन्ने तराई÷मधेशका जिल्लाहरुका विद्यालयहरुको पठन पाठन बन्द गरी आन्दोलन गर्नु भन्न सकिन्छ । राणाकालमा नेपालको शिक्षामा पहुँच त्यति थिएन । नेपालको साक्षारता दर २ प्रतिशत मात्र थियो । तर २०६८को जनगणना अनुसार ६५.९ प्रतिशत पुगेको छ । हिमाल, पहाड लगायतका ठाउँहरुमा साक्षरता दर बढेपनि तराई÷मधेशमा जुन रुपमा बढ्नुपर्ने थियो त्यो बढेको छैन ।
हुनतः वैदेशिक रोजगारी पनि साक्षारता दर बढाउनु एउटा कारण छ । विशेष गरी तराई÷मधेशका जिल्लामा पढ्ने बेलामा वैदेशिक रोजगारीमा पुग्नाले शिक्षाको स्तर निक्कै खसिएको छ । यसको मुख्य दोषी भन्ने राज्यको नीतिलाई भन्नु पर्दछ । मधेश ०६३÷०६४मा भएको आन्दोलनले सबभन्दा बढी शिक्षा स्तरलाई खसाएको हो ।  महिनौसम्म विद्यालय बन्द गरेर विद्यार्थीहरुलाई सडकमा उतार्नु मुख्य कारण हो । पढने बेलामा आन्दोलन गराउनु, मधेशवादी दलहरुले दिंदै आएको आफ्नो वक्तव्यमा ‘अधिकार पाएपछि मात्र शिक्षाको सदुपयोग हुन्छ । अधिकार पाएन भने पढेर केही फाइदा हुँदैन’ जस्ता भ्रमण सृजना गरेको थियो, त्यसले पनि शिक्षास्तरको मुख्य बाधक बन्न पुगे ।

राजनीतिक दल जनताको आँखा बनेर काम गर्छन । विकास, शिक्षा तथा प्रगतिका मुख्य कारक राजनीति दलहरुका लागि हुन्छ । तर उनीबाट नै यसरी नारा लगाएर शिक्षालाई धारासायी बनाउने अधिकार कसले दिएको छ त बुद्धिजीविहरुको भनाई छ । शिक्षा देशको मेरुदण्ड र युवा विद्यार्थी देशको कर्णधार हुन्छ । जसलाई झण्डै अगाडि ल्याउनु पर्ने हो त्यसलाई नै धारासायी बनाउने राजनीति दलक कदापि राम्रो संकेत दिएको छैन÷होला । अधिकारको आन्दोलन गर्नु उचित हो, गर्नु पनि पर्छ । तर विद्यालय बन्द गराएर, तोडफोड गरेर, अभिभावक वर्गलाई गलत किसिमले उपदेश दिएर कदापि राम्रो मान्न सकिन्न ।
तराई÷मधेशमा शिक्षा साक्षारता दरमा कमी आउनु यो त एउटा पात्र भयो । अर्को पात्रको रुपमा शिक्षकहरुको राजनीति करण हो । मुलुकभरिमा नै समुदायिक विद्यालयभन्दा बढी गैर सरकारी विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गएको छ । जबकि समुदायिक विद्यालयका शिक्षकहरु उच्च शिक्षा हासिल गरेको, तालिम प्राप्त भएको तथा गैरसरकारीभन्दा बढी तलव समेत पाई राखेको हुन्छ । त्यसका वावजुद पनि ग्रामीण क्षेत्रदेखि सहरसम्मका विद्यार्थीहरु समुदायिक विद्यालय छोडेर गैर सरकारी विद्यालयमा जानेको संख्या बढी छ । त्यसको कारण विद्यालय राजनीति क्षेत्रबाट मुक्त नपार्नु हो ।
धनुषाका उपजिल्ला शिक्षा अधिकारी दानीकान्त झाले समुदायिक विद्यालयका शिक्षकहरु विश्वासघाती तथा इमान्दार नभएकै कारण समुदायिक विद्यालयभन्दा बढी गैरसरकारी (बोर्डिङ्ग स्कूल)मा विद्यार्थीको संख्या बढ्दै गएको भन्छन् । समुदायिक विद्यालयका शिक्षकहरु राजनीतिकरणमा लागेका कारणले पनि समुदायिक विद्यालयको शिक्षास्तर खसकिदै गएको उनको गुनासो थियो । यो कति लाजमर्दो कुरा हो । तर वास्तविकता पनि त्यही नै हो । दक्ष, तालिम प्राप्त तथा लोकसेवा पास गरेर आएका शिक्षकलाई छाडेर विद्यार्थीहरु गैरसरकारी विद्यालय (बोर्डिङ्ग स्कुल)मा जाने गरेको पाइएको छ । जहाँका शिक्षकहरुको कुनै डिग्री थाहा हुँदैन, तालिम लिएको पाइदैन, तलव पनि माँग अनुसार हुँदैन, त्यसका वावजूद पनि किन समुदायिक विद्यालयहरु छोडेर गैरसरकारी विद्यालयमा विद्यार्थी तथा अभिभावक दुबैले पठाउने गरेको छ, आफैमा एउटा प्रश्न उपब्जिएको छ ।
व्यवस्थित विद्यालय, राम्रो वातावरण, शिष्ट विचार, समयानुकुल कोर्ष सकिने ग्यारेण्टी तथा विद्यालयलाई राजनीतिबाटा टाढा राखिने मुख्य कारण हुन सक्छ । बोर्डिङ्ग स्कुलहरुले बेलाबेलामा अभिभावकहरुलाई भेला गराई विद्यार्थीको प्रगतिबारेमा सोधपुछ गर्दा अभिभावकहरु समेत बोर्डिङ्ग स्कुलतर्फ आकर्षित हुँदै गएको देखिएको छ । जबकि यी समुदायिक विद्यालयमा यसको कमी कमजोरी पाइएको छ ।
जुन प्रकारले समुदायिक विद्यालयहरुमा पठन पाठन कमजोर हुँदै गएको छ । यस्तो अवस्थामा दुईवटा ठूलो समस्या उत्पन्न हुने सम्भावना देखिन्छ । एउटा जसलाई बोर्डिङ्ग स्कूलमा पढाउने क्षमता हुँदैन, खास गरी दलित, अल्पसंख्यक, विपन्न परिवारका विद्यार्थीहरु कसरी आफना सन्तानलाई उच्चशिक्षा प्राप्त गरासउन सकिन्छ एउटा चिन्ताको विषय बन्न पुगेको छ । अर्को समुदायिक विद्यालयमा यसरी नै विद्यार्थीको संख्या घट्दै गएमा शिक्षकहरुको के होला ? जब विद्यालयमा विद्यार्थी हुँदैन पनि शिक्षकहरुको दरबन्दी राज्यले किन देला त ! तब शिक्षकहरुलाई पढाउने कार्य छोडेर घरघरमा विद्यार्थी भर्ना अभियान चलाउन मात्र कार्य हुन्छ ।
समुदायिक विद्यालयलाई बर्बाद पार्नुमा विद्यालय व्यवस्थापन समिति पनि एउटा मुख्य कारण हो । जसलाई शिक्षाको बारेमा ज्ञान हुँदैन, जसको बच्चा बोर्डिङ्ग वा विदेशमा पठन पाठन गर्ने गरेको छ त्यस्ता व्यक्तिहरु राजनीतिक दम्भमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वा सदस्य भएर आर्थिक लाभ मात्र लिने सोच्ने गरेको हुन्छ । त्यस्तालाई गुणस्तरीय शिक्षासँग कुनै किसिमको लेनदेन हुँदैन ।
सामान्यतया सामुदायिक विद्ययालयमा पिछडिएका वर्गको पहूँच गराउन नसक्नु, भर्ना भएकाको टिकाउपन नहुनु, न्यून सिकाइ उपलव्धीस्तर रहनु र ऐन कानूनको प्रभावकारी नियमन नहुनु नै समस्याका रुपमा रहेका छन् । तराई मधेशमा देखिएका शैक्षिक समस्याहरुलाई निम्न बुँदामा उल्लेख गर्न
सकिन्छ । विद्ययालय व्यवस्थापन समितिमा उच्च वर्गको हालीमुहाली हुनु र समितिले व्यवस्थापनमा भन्दा अन्य पक्षमा ध्यान दिनु । विद्यालयमा दलित, विपन्न र पिछडिएको वर्गको पहुँच  पुग्न नसक्नु  । शैक्षिक संस्थामा अत्याधिक राजनीतिक हावी हुनु र जिम्मेवारी पुरा नगर्नेलाई राजनीतिक संरक्षण प्राप्त हुनु  । सदरमुकाम र सुविधायुक्त स्थानमा शिक्षक दरवन्दी रहनु र तुलनात्मक विद्यार्थी भएको स्थानमा शिक्षकको सेवा नपुग्नु । जिल्ला शिक्षा कार्यालयमा दरवन्दी अनुसारको जनशक्ति व्यवस्थापन नहुनु र जिल्ला शिक्षा अधिकारीहरु निश्चित अवधि अगावै सरुवा भईरहनु । अधिकांस विद्यालयको भौतिक  अवस्था अत्यन्त कमजोर हुनु र धेरै विद्यालयमा फर्निचरको अभावले विद्यार्थी बसाइमा कठिनाई पर्नु  । विशेष गरी माध्यमिक विद्यालयहरुका नाममा रहेका जग्गा र पोखरीको उपयुक्त ढंगले परिचालन गरी स्रोत व्यवस्थापन   नहुनु  । सबै दोष राजनीतिलाई दिइनु र उत्तरदायित्व तथा जिम्मेवारी पालना नगरिनु ।धेरैजसो कर्मचारीहरुबाट इमान्दारीसाथ कार्यसम्पादन नगरिनु र गर्न नदिइनु  । बढ्दो दण्डहिनताले ऐन नियम र निर्देशिकाको परिपालना नगरिनु  र गर्न नदिइनु । शैक्षिक संस्थाको गतिविधिमा समुदायको चासो वा सक्रियता कम हुनु  । सम्बन्धित निकायबाट शैक्षिक संस्थाहरुको अनुगमन तथा मूल्याङ्कन गरी नियमन गर्न नसक्नु । यी र यस्ता प्रकृतिका समस्याहरुले तराई मधेश क्षेत्रमात्र नभई अन्य जिल्लाहरुमा समेत शिक्षामा काम गर्न गराउन कठिनाई परेको देखिन्छ ।
तराई मधेशमा शैक्षिक संस्थामा हाल क्षति हुन गएको पठनपाठन आपुरण गर्न र शैक्षिक सुधारका लागि केही सम्भावित विकल्पहरु निम्नानुसार हुन सक्दछन्  ।
राजनीतिक दलसंग जिल्ला शिक्षा समितिले शैक्षिक संस्था नियमित गराउने बारेमा छलफल तथा अन्तरक्रिया गर्ने । शैक्षिक संस्था सुचारु र हालको पठनपाठन आपुरण गर्ने बारेमा जिल्ला तह र स्रोतकेन्द्र तहमा प्रधानाध्यापक बैठक र शिक्षकका पेशागत पदाधिकारीसंग छलफल गरी एउटै धारणा बनाउने ।  शुक्रबार पुरै दिन अध्यापन गराउने र सार्वजनिक विदाका दिन समेत अनिवार्य अध्यापन गराउने गरी सरोकारवाला तथा शिक्षकहरु सहमत हुने  । विद्यालयमा थप अतिरिक्त कक्षाका साथै उपचारात्मक कक्षा सञ्चालन गर्ने  र विद्यार्थीको टोलटोलमा  शिक्षक वा माथिल्लो योग्यता भएका व्यक्तिले  विहान बेलुकाको समयमा थप कक्षा सञ्चालन गर्ने  ।  स्थानीय तहमा शिक्षाका सरोकारवाला र अभिभावकलाई पठनपाठन नियमित गराउने सम्बन्धमा सचेतना कार्यक्रम सञ्चालन गराउने । विद्यालयलाई  शान्तिक्षेत्र कायम गराउन सरोकारवालासंग छलफल तथा प्रतिवद्धता गराउने ।
हालको पठनपाठनमा भएको क्षति पुरा गर्न माथिका कार्यहरु गर्न सकेमा विद्यार्थीको सिकाइलाई केही मात्रमा भएपनि पुरा गर्न सकिएला । तराई मधेशमा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि शिक्षक दरवन्दी मिलान, दरवन्दी अनुसार जिल्ला शिक्षा कार्यालयमा कर्मचारीको व्यवस्था, कार्यालय प्रमुखको स्थायित्व, स्रोतसाधनको समुचित वितरण, ऐन नियमको कडाइका साथ परिपालना, जिम्मेवारी र उतरदायित्वको पुरा गरी सुशासन दिनु नै  हो । हालको संक्रमण अवस्थालाई सबैले दोष दिएर मात्र उम्कन मिल्ने स्थिति पक्कै पनि नहोला ।
तराई÷मधेशमा शिक्षक र विद्यार्थीको अनुपात पनि असन्तुलित छ । शिक्षा नियमावलीले तराईमा ५०, पहाडमा ४५ र हिमालमा ३० जना विद्यार्थी बराबर एकजना शिक्षक राख्नुपर्ने तय गरेको छ । तर तराईमा प्राथमिक तहमा ५४ निम्नमाध्यमिक तहमा ७९, र माध्यमिक तहमा ४१ विद्यार्थी बराबर एक शिक्षक रहेको तथ्यांक छ ।
मधेशका जिल्लाहरुको शैक्षिकस्तर सुधार्न फरक ढंगले योजना बनाउन आवशयक छ । सबै समुदाय, लिंग, वर्गका बालबालिकाको विद्यालयमा पहुँच बढाउन दलितमैत्री, मुस्लिममैत्री र महिलामैत्री शिक्षानीति बनाउनुपर्छ । स्थानीय भाषामा पठनपाठन गर्न व्यवस्था गरिनुपर्छ । मधेसमा शिक्षक संख्या बढाएर शिक्षक विद्यार्थी अनुपातलाई सन्तुलित पारिनुपर्छ ।