Tuesday, March 23, 2021

राज्यमन्त्री कुशवाहाद्वारा २५ घर हस्तान्तरण

जनकपुरधाम, १० चैत्र । आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले दलित समुदायहरु २५ वटा पक्की घर हस्तान्तरण गरेका छन् ।
महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नंं ६ का दलित समुदायहरुलाई सो घर हस्तान्तरण गरेका हुन् ।
जनता आवास अन्तरगत पहिलो चरणमा डोम, हलखोर, मुसहर र मेस्तरको घर निर्माण गर्नुपर्ने रहेछ । सोही अन्तरगत राज्यमन्त्री कुशवाहाले एक समारोहबीच मंगलवार २५ वटा घर दलित समुदायहरुलाई हस्तान्तरण गरेका छन् ।
घर हस्तान्तरण गर्दै राज्यमन्त्री कुशवाहाले भने, ‘प्रदेश सरकारले दलित समुदायहरुका लागि गरेको प्रतिबद्धता अनुसार कार्य गरिरहेका छन् । यस प्रदेशका १८ प्रतिशत दलित समृद्ध भएमा यो प्रदेश समृद्ध हुनेछ ।’
राज्यमन्त्री कुशवाहाले जनता आवास योजना संघ सरकारको भएता पनि संघ सरकारले गर्न नसकेको कार्य प्रदेश सरकारले गरेको देखाएका छन् । उनले भने, ‘प्रदेश सरकारले ल्याएको दलित सशक्तिकरण ऐन कार्यान्वयन पश्चात् सबैले सम्मान अधिकार र पहुँच पाउनेछ । यति मात्र होइन, प्रदेश सरकार जनसंख्याको आधारमा प्रत्येक क्षेत्रमा कोटा छुट्याएकोले दलित समुदायहरु अब शिक्षामा बढी जोड दिनुपर्छ ।’
जबसम्म शिक्षा हुँदैन, तबसम्म प्रदेश सरकार जति गरेपनि दलितहरु समृद्ध हुँदैन । त्यसैले शिक्षामा विशेष जोर दिनका लागि उनले सबैसँग आग्रह गरेका छन् ।
घर हस्तान्तरण कार्यक्रममा स्थानीय भलभलादमी, राजनीतिक दलकाप्रतिनिधिहरु, स्थानीय प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
त्यसैगरी राज्यमन्त्री कुशवाहाले सोही वडाको दलित वस्ती अगाडि ३० लाखको लागतमा पक्की सडक निर्माणको शिलान्यास समेत गरेका छन् । 





No comments:

Post a Comment