Friday, September 8, 2017

युवाको विकास भए मात्रै जनकपुरको विकास सम्भव

विवेक कुमार भारद्वज
स्थानीय तह तेस्रो चरणको निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको मेयर पदका लागि सबैभन्दा कान्छो उम्मेदवार भएर उम्मेदवारी दर्ता गराई विवेक कुमार भारद्वज अहिले चर्चाको विषय बनेका छन । यति धेरै दल र माजेका नेताहरुका बिच भारद्वजले किन मेयर पदमा उम्मेदवारी दिने खाँचो देख्नु भयो लगायत समसामयिक विषयमा दैनिक जनकपुरसंग गरेको कुराकानीको सम्पादित अंश ।

प्र. सबैभन्दा कान्छो उम्मेदवार भएर उम्मेदवारी दर्ता गराउनु भएको छ कस्तो महशुश गर्दै हुनु हुन्छ ?
साँँच्ची भन्ने हो भने एकदमै हर्ष महशुश भई रहेको छ । साथै युवाहरुको नेतृत्व मेरो काँधमा आएको पनि महशुश गर्दै छु ।
प्र. राजनीतिका माजेका खेलाडीहरुका बिच उम्मेदवारी दिने सोच कहाँ बाट आयो ?
नेपाली जनता दल जुन दलबाट मैले मेयर पदको लागि उम्मेदवारी दिएको छु त्यो दलमा युवाहरुले नै चलाएको दल हो । जनकपुरका युवाहरु अहिले शीप हुँदा हुँदै पनि कुलतमा फसेका छन । यहाँको शैक्षिक स्तर ह्वात्तै झरेको मधेशी, दलित, जनजाति, मुस्लिम लगायत पिछडिएको वर्ग झन झन पछाडी परिरहेका छन यी यावत समस्याहरुले मलाई पिरोली रहेको थियो । यीनै समस्याहरुको समाधानका लागि युवा वर्गले जनकपुर उपमहानगरपालिकाको नेतृत्व गर्नु पर्छ सोचेर मैलै उम्मेदवारी दिने सोच बनाए ।
प्र. तपाईलाई कतिजनाले डम्मी उम्मेदवारको रुपमा पनि हेरिरहेका छन, के भन्नु हुन्छ ?
आरोप लगाउनेले आरोप नै लगाउन सक्छन । तर म ती आरोपहरुको पछि लाग्न चाहन्न ।
प्र. प्रदेश नम्बर २ कै केन्द्र बिन्दुको रुपमा जनकपुर उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनु भएको छ, के योजनाका साथ तपाईले उम्मेदवारी दिनु भएको छ ?
मेरो सबैभन्दा मूल एजेण्डा युवाहरुको विकास नै रहेको छ । युवाहरुको सर्वांगिन विकास हुन सके मात्रै जनकपुरको विकास हुन सक्छ । यसका साथै जनकपुरको मूल समस्या भ्रष्टाचार रहेको छ । यदि मलाई जनकपुरको मतदाताले मेयर पदमा जिताउनु हुन्छ भने म भ्रष्टाचारमा लागेकोहरुको पर्दाफाश गरी जनकपुरको जनता समक्ष ल्याउने छु । भन्नुको अर्थ म भ्रष्टाचार नियन्त्रणका हरसम्भव प्रयास गर्ने छु । नेपालमा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका तीनवटै स्थानमा समावेशी प्रतिनिधित्वको लागि समेत म र मेरो दलले पहल गर्ने छ । त्यस्तै जनकपुरको शैक्षिक विकासको लागि पनि योजना बनाई अगाडी बढ्ने छु ।
प्र. जनकपुरका भौतिक संरचनाहरुको समेत विकास हुन सकेको छैन यसका लागि के गर्नु हुन्छ ?
जनकपुरको विकासका लागि सडक, विद्युत, स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा योजनाबद्ध ढंगले अगाडी बढ्ने छु । शिक्षाको स्तर दिनप्रति दिन खस्कदै गई रहेको छ यसका लागि जिम्मेबार विद्यालय कलेजहरुमाथि समेत निगरानी बढाउने छु ।
प्र. अन्तमा के भन्नु हुन्छ ?
म जनकपुरका मतदाताहरुलाई यती मात्र भन्न चाहन्छु तपाईहरुले धेरै पटक चुनावमा मतदान गर्नु भयो । तर जनकपुरका समस्याहरु घट्नुको साटो झन झन थपिदै गईरहेको छ । त्यसैले पनि यस पटकको निर्वाचनमा युवालाई अवसर दिइयोस । जनकपुर लगायत सम्पूर्ण मधेशका लागि सयो जनाले शहादत दिए तर अधिकारका लागि अहिले पनि लडिरहेका छौँ । अधिकार प्राप्तिका लागि पनि युवाहरुले नेतृत्व पंक्तिमा आउनु अति आवश्यक छ । 
मेयर पदको उम्मेदवार
जनकपुर उपमहानगरपालिका
नेपाली जनता दल

Sunday, September 3, 2017

यति मत ल्याए मेयर÷उपमेयरमा विजय निश्चित
जनकपुरधाम,  १६ भदौ । आसन्न तेस्रो तहको स्थानीय निर्वाचनमा जनकपुर उपमहानगरपालकाको मेयर पदका लागि उम्मेदवारी घोषणा नभएपनि सम्भवित उम्मेदवारहरु मतदाताहरुको गणना सुरु गरेको छ । तर मेयर पदमा कसले कति मत ल्याएमा विजय हासिल गर्ला भन्न सकिने अवस्थामा छैन ।
आठवटा जिल्ला मध्ये वीरगञ्ज महानगरपालिका तथा जनकपुर उपमहानगरपालिकामा मेयर पदमा को विजयी हुने छ सर्वसाधारणहरुमा चासोको विषय बनेको छ । यस विषयमा राजनीतिक विश्लेषक सुरेन्द्र लाभ भन्छन् ‘अहिले विश्लेषण गर्न गाह्रो छ, किन भने त्यो उम्मेदवारमाथि निर्भर हुन्छ । त्यसका वावजूद पनि जनकपुर उपमहानगरपालिकाका लागि जसले कम्तिमा २०देखि २५ हजार मत ल्याएउने छ उसको विजयी सुनिश्चित हुनेछ ।’



जनकपुर उपमहा नगरपालिकालाई १६ बटा वडाबाट २५ वटा वडामा पुर्याइएको छ । जनकपुर उपमहानगरपालिकाको वर्तमान जनसंख्या एक लाख,५९ हजार, चार सय ६८ मध्ये करीब ७५ हजार मतदाता रहेको छ । ती मध्ये ७५ प्रतिशत मत खस्ने प्रबल सम्भावना रहेको राजनीतिक विश्लेषक लाभको कथन रहेको छ । लाभका अनुसार २० वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेको हो, यसमा अधिकांश मतदाता सहभागी हुने नै छ । त्यो अनुसार जसले मेयर तथा उपमेयरमा कम्तिमा २०देखि २५ हजार मत ल्याउँछ उनी विजयी हुने छ ।
यहाँ नेपाली काँग्रेसपछि सबभन्दा बढी मत राष्टिूय जनता पार्टी (राजपा) नेपाल धनुषाले ल्याउने  े विज्ञहरुको भनाई रहेको छ । तर कम्तिमा ८ वटा उम्मेदवार हुने अनुमान गरिएको छ । नेकपा एमाले, संघीय समाजवादी फोरम नेपाल, नेकपा माओवादी केन्द्र, नयाँ शक्ति नेपाल, राष्टिूय प्रजातन्त्र पार्टी, फोरम लोकतान्त्रिक र एक दुई जना स्वतन्त्र उम्मेदवारी दिन सक्ने आंकलन गरिएको छ । ती मध्ये काँग्रेस र राजपाबीच बढी प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।
यसरी हेर्ने हो भन्ने जनकपुर उपमहानगरपालिका वडा नं. १ मा १ हजार ९ सय ९२ मतदाता, वडा नं. २ मा २ हजार, १ सय ८९, वडा नं. ३मा १हजार २ सय ११,  वडा नंं ४ मा ६ हजार १ सय ६७, वडा नं. ५ मा १ हजार ४ सय ६६,  वडा नं. ६ मा २ हजार २, वडा नं. ७ मा २ हजार ९ सय ५५, वडा नं. ८ मा ९ सय ६८, वडा नंं ९मा २ सय ६ सय ५८, वडा नं. १० मा २ हजार १ सय ४५, वडा नंं. ११ मा २ हजार ५ सय ५४, वडा नं. १२ मा २ हजार ३ सय, वडा नं. १३ मा २ हजार ८ सय ६५, वडा नं. १४ मा ३ हजार २ सय २५, वडा नं. १५ मा १ हजार ६ सय ७४, वडा नं. १६ मा ३ हजार २ सय ६१, वडा नं. १७ मा ३ हजार ९ सय ८७, वडा नंं १८ मा २ हजार ८ सय १२, वडा नं. १९ मा ३ हजार ४ सय ४०, वडा नं. २० मा ४ हजार १ सय ५, वडा नं. २१ मा ३ हजार ७ सय ९२, वडा नं. २२ मा १ हजार ६ सय ५६ , वडा नं. २३ मा ३ हजार २ सय ७७,  वडा नं. २४ मा २ हजार ९ सय ६६ मतदाता संख्या निर्वाचन आयोगको आधिकारिक वेभसाइटमा तथ्यांक रहेको छ ।


कुन वडामा कति मत
वडा नं. १ मा         १ हजार ९ सय ९२ मतदाता
वडा नं. २ मा         २ हजार, १ सय ८९ मतदाता
वडा नं. ३मा         १हजार २ सय ११ मतदाता 
वडा नंं ४ मा         ६ हजार १ सय ६७ मतदाता
वडा नं.    ५ मा         १ हजार ४ सय ६६ मतदाता
वडा नं. ६ मा         २ हजार २ मतदाता
वडा नं. ७ मा         २ हजार ९ सय ५५ मतदाता
वडा नं. ८ मा         ३ हजार ९ सय ६८ मतदाता
वडा नंं ९मा         २ सय ६ सय ५८ मतदाता
वडा नं. १० मा         २ हजार १ सय ४५ मतदाता
वडा नंं. ११ मा         २ हजार ५ सय ५४ मतदाता
वडा नं. १२ मा         २ हजार ३ सय मतदाता
वडा नं. १३ मा         २ हजार ८ सय ६५ मतदाता
वडा नं. १४ मा         ३ हजार २ सय २५ मतदाता
वडा नं. १५ मा         १ हजार ६ सय ७४ मतदाता
वडा नं. १६ मा         ३ हजार २ सय ६१ मतदाता
वडा नं. १७ मा         ३ हजार ९ सय ८७ मतदाता
वडा नंं १८ मा         २ हजार ८ सय १२ मतदाता
वडा नं. १९ मा         ३ हजार ४ सय ४० मतदाता
वडा नं. २० मा         ४ हजार १ सय ५ मतदाता
वडा नं. २१ मा         ३ हजार ७ सय ९२मतदाता
वडा नं. २२         मा १ हजार ६ सय ५६ मतदाता
वडा नं. २३ मा         ३ हजार २ सय ७७ मतदाता
वडा नं. २४ मा         २ हजार ९ सय ६६ मतदाता

निर्वाचन आयोगको आधिकारिक वेभसाइटमा तथ्यांक रहेको छ ।

स्थानीय तहको चुनावी मैदानमा पत्रकारहरु

जनकपुरधाम, १५ भदौ । असोज २ गते हुने स्थानीय तहको चुनावी मैदानमा केही पत्रकारहरु पनि ओर्लन लागेका छन ।
स्थानीयतहको निर्वाचनमा धनुषाबाट ४ जना पत्रकार चुनावीमा ओर्लन लागेका हुन ।  एक जना जनकपुर उपमहा नगरपालिकाको मेयर, एक जना हंशपुर नगरपालिकाका लागि मेयर पदमा र दुई जना वडा अध्यक्षका लागि चुनावी मैदानमा ओर्लन लागेका हुन ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्व अध्यक्ष समेत रह्नु भएका उमेश साह जनकपुर उपमहानगरपालिकाको मेयरका लागि नयाँ शक्ति पार्टी नेपालबाट लड्ने लगभग पक्का रहेको छ । साह नयाँ शक्ति नेपाल पार्टीबाट उम्मेदवार हुने करिब निश्चित जस्तै भएपनि औपचारिक घोषणा हुन बाँकी रहेको छ । त्यस्तै धनुषाको हंशपुर नगरपालिकाको मेयर पदमा पत्रकार रामनारायण कापडीलाई संघीय समाजवादी फोरमले उम्मेदवार बनाउने भएको छ । फोरमले कापडी उम्मेदवार भएको औपचारिक घोषणा समेत गरिसकेको छ ।
यता पत्रकार संजिव मण्डल विदेह नगरपालिका वडा नं.७ बाट अध्यक्ष पदमा उम्मेदवार बन्नका लागि दौडधुप गरिरहेका छन । उहाँ नेकपा माओवादी केन्द्रबाट उम्मेदवारको लागि दावेदारी गर्नुभएको छ । मण्डलले टिकेट पाउने पनि प्रवल सम्भावना छ । पत्रकार बिन्दकिशोर साह पनि जनकपुर उपमहानगरपालिका वडा नम्बर ७ बाट अध्यक्ष पदका लागि लड्ने मनस्थिति बनाएका छ । उनी राष्ट्रिय जनता पार्टी नेपालबाट टिकेट लिनका लागि दौडधुप गरिरहेका छन ।