Monday, May 30, 2016

हरवा चरवा मञ्चले ज्ञापनपत्र बुझाए

जनकपुर । धनुषाका हरवा चरवा अधिकार मञ्च, धनुषाले दास प्रथाको अन्त्यको माँग गर्दै आईतवार जिल्ला प्रशासन कार्यालयमा १० बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

अधिकार मञ्चका अध्यक्ष प्रभु मुखियाको नेतृत्वमा गएको टोलीले  हरवा चरवाको मुक्तिको घोषणा गरी सुरक्षित बास र परिवार संख्याको आधारमा जग्गा सहित पुनःस्थापित गराउनु पर्ने, उठीवासको घटना तत्काल बन्द गरी उनीहरुको नाममा रहेको सम्पूर्ण ऋण खरेजी गर्नुपर्ने, आवास विहिनी दलितलाई बसोवासको व्यवस्था गर्ने संवैधानिक व्यवस्थापन तत्काल बनाई कार्यान्वयन गर्नुपर्ने, केन्द्रिय र स्थानीय निकायको वार्षिक योजना तथा बजेटमा बस्तीमा खानेपानी, विजुलीको व्यवस्था हुनुपर्ने, श्रम अनुसारको ज्याला निर्धारण गरी कार्यान्वयन हुनुपर्ने लगायतका माँग राखेका छन् ।
यता ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईले यो ज्ञापन पत्र आफू अहिले नै नेपाल सरकार अन्तर्गत भूमिसुधार मन्त्रालयमा पठाई माँगका लागि पहल गर्ने बताए । उनले हरुवा चरुवा परम्पारलाई अन्त्यका लागि वातारण तयार पार्न आग्रह समेत गर्ने अश्वासन दिए ।
ज्ञापन पत्र बुझाउन गएका मध्येकाहरुले जमिन्दार वा गिरहतसँग घरासयी काजका लागि थोरै ऋण लिएपनि वर्षोवर्षदेखि पुस्तौपुस्ता कार्य गरेपनि अहिलेसम्म चुक्ता गर्न नसकेको बताउँदै थोरै मजदुरीमा हामीसँग कार्य गराउँदै आएको आरोप लगाए ।
उनीहरुले ३ विघादेखि ११ विघासम्म जमिन जोत्छौं । तर त्यस पारिश्रम वापत राम्रो उब्जनी नहुने वा पानी नलाग्ने, कमसल माटो भएको२देखि ५ कठासम्म जमिन दिंदै आएको बताए । शरीरले धानुञ्जेल नभनी काम गछौं पेट पाल्ने समस्या अहिले पनि कायम रहेको दुःखेसो पोखे ।  अन्तर्राष्ट्रिय श्रम संगठन २०१३ का प्रतिवेदन अनुसार पूर्व र मध्य तराईका सुनसरी, सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट र बारा लगायत ७ जिल्लामा ६९,७३८ जना हरवा चरवा परिवार रहेको ज्ञापन पत्रमा उल्लेख रहेको छ ।

दलितको साइकल गैर दलित पाएपछि.....

कैलास दास
जनकपुर । भारतीय सरकारद्वारा प्राप्त आर्थिक सहयोगबाट धनुषाका पाँच छात्राहरुले आईतवार साइकल पाएका छन् ।

जिल्ला विकास समितिको प्राङ्गणमा भएको ‘साईकल वितरण’ कार्यक्रममा धनुषाका ८३ वटा सरकारी विद्यालयमा अध्ययनरत छात्राहरु सो साइकल पाएका छन् । जिल्ला विकास समिति र भारतीय राजदूतावासबीच भएको सम्झौता अनुसार साइकल वितरण गरिएको छ ।
दलित तथा गरीब छात्राहरुलाई आएको साइकल ६० प्रतिशतभन्दा बढी गैर दलित सम्पन्न छात्राहरुले लिएपछि कार्यक्रममा नै विरोध गरेको थियो ।
एसएलसी पास भई सकेको तथा बोर्डिङ्ग स्कुलमा अध्ययनरत रहेका अधिकांश छात्राहरु सरकारी विद्यालयबाट स्रोसफोस्र लगाएर नाम समावेस गरी साइकल लिएको छ । दलितको नाउँमा आएका साइकल गैर दलित छात्राहरु लिएका छन् । सरकारी जागिरमा रहेका अभिभावक, वकिल, शिक्षक लगायत उच्च वर्गका छात्राहरुको नाम आएपछि कार्यक्रम स्थलमा नै बबाल भएको हो ।
दलित अधिकारकर्मी मुन्नी देवी दासले भारत सरकारले दिएको साइकल भारतको भावना एवं दलितप्रतिको अपहलेनाका साथै विभेदपूर्ण तरिकाले वितरण भएको कार्यक्रम स्थलमा नै आरोप लगाएका छन् ।
उनले साइकल वितरण भई रहेको बेलामा नै स्टेजमा पुगी साइकल वितरणमा दलित कम र गैर दलित बढी भएको जिकिर गर्दै वितरण कार्यक्रमको विरोध समेत जनाएका छन् । त्यसैगरी कार्यक्रम स्थलमा नै एउटा दास थर भएका अभिभावक बेहोस् भएका थिए । उनले आफू गरीब दलित भएपनि प्रध्यानाध्यक्षकलाई छोरीको नाम पटक पटक सिफारिस गर्न आग्रह गरेपनि नगरे र गैर दलितलाई समावेस गरेको आरोप लगाए ।
जिविस धनुषाले विद्यालयमा दलित छात्रा तथा गरीब विद्यार्थी छनौटका लागि जिल्ला शिक्षा कार्यालयलाई दिएको थियो । जिसिकाका स्रोत व्यक्तिले तयार पारेको नामावलीका अनुसार सो साइकल वितरण गरिएको जनाइएको छ ।
जिविसका नि स्थानीय विकास अधिकारी राजकिशोर साहको अध्यक्षतामा भएको ‘साइकल वितरण’ कार्यक्रमका प्रमुख अतिथि  भारतीय राजदूतवासका सेकेण्ड सेक्ट्ररी ज्ञानवीर सिंहले छात्रालाई साइकलका साँचो हस्तान्तरण गरेका छन् । प्रमुख अतिथि सिंहले विकासका लागि स्वास्थ्य र शिक्षा आवश्यक भएकाले खासगरी दलित तथा गरीब छात्राहरुलाई प्रोत्साहन एवं शिक्षाप्रति जनचेतना जगाउने उद्देश्यले भारत सरकारले छात्राहरुलाई साइकल प्रदान गरेको बताएका छन् । उनले शिक्षा प्राप्तबाट मात्र आत्मनिर्भर बन्न सकिन्छ । जसरी साइकलमा दुईवटा पांग्रा हुन्छ त्यसरी नै जीवन आत्म निर्भर बनाउनका लागि शिक्षा र स्वास्थ्य आवश्यक रहेको छ ।
सेक्टरी सिंहले एउटा महिला शिक्षिता भएमा एउटा परिवारको विकास हुन्छ र एउटा परिवार शिक्षित भएपछि पुरै समाजका विकास र समाजले देशको विकास हुन्छ । तसर्थ हरेक क्षेत्रको विकासका लागि छात्राहरुको लागि शिक्षा आवश्यक रहेको औल्याए ।
्त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले विकासहरुको विकास तथा उत्थानका लागि शिक्षा आवश्यक भएकोले छात्रछात्रा समान रुपमा शिक्षा क्षेत्रमा अगाडि आउन आग्रह गरे । अधिकारी लामिछानेले भारत सरकारको शिक्षाप्रतिको यो लगानीय साह्ै सराहनीय रहेको समेत औल्याए ।
समाजसेवी ई.प्रकाशचन्द्र साहले महिला शिक्षाका बारेमा विशेष प्रकाश पारेका थिए । साइकल वितरण कार्यक्रममा विभिन्न दलका प्रतिनिधिहरु समेत सहभागी भएका थिए । प्रत्येक स्कूलबाट ३देखि ६ वटा छात्राहरु छनौट गरेको जिल्ला शिक्षा कार्यालयले जनाएका छन् ।
विगत वर्षमा नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर जानकी दर्शन गर्ने क्रममा साइकल वितरणगर्ने कार्यक्रम रहेको थियो । तर राजनीतिक अस्थिरतका कारण आउन नसक्दा २६ जनवरीका दिन सो साइकल वितरण गर्ने कार्यक्रम तय गरेको थियो ।

Friday, May 27, 2016

खानेपानीको पौने दुई करोड रुपैया असुल बाँकी

कैलास दास
जनकपुर उपमहानगरपालिका भित्रमा नेपाल खानेपानी संस्थानको कार्यालय प्रारम्भदेखि अहिलेसम्म एक करोड ७१ लाख ३४ हजार ४ सय ६७ रुपैया उपभोक्ताहरुमाथि बाँकी रहेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख सुरेश कुमार महतोले सरकारी तथा सार्वजनिक धाराका उपभोक्ताहरुमाथि ठूलो महसुल बाँकी रहेकोले संस्थान घाटामा गई रहेको जनाएका छन् ।

आम उपभोत्ताको सुविधालाई ध्यानमा राखी जनकपर नगर क्षेत्र भित्र जडान गरिएको सार्वजनिक धाराबाट दैनिक ३० प्रतिशत पानी चुहावट हुने गरेको छ । नेपाल खाने पानी स्थान जनकपुर शाखाले जनग क्षेत्र भित्र जडान गरेको खाने पानीको १२ वटा सार्वजनिक धाराबाट दैनिक ४ लाख ४८ हजार रुपैया मूल्य बराबरको ८ लाख लिटर पानी चुहावट हुने गरेको छ ।
स्थानले आम उपभोत्ताको सुविधाको लागी राखिएको ४२ वटा सार्वजानिक धारा मध्ये नगर क्षेत्रभित्र रहेका १२ वटा सार्वजानिक धाराहरु मात्र संचालनमा रहेको छ । ती धाराहरु बिगे्रको,टुकि नभएकोले अनवरत रुपमा पानी चुहिने गरेकोले संस्थानले ४ लाख ४८ हजार रुपैया दैनिक रुपमा घाटा बेहर्नु परेको संस्थानका प्रमुख सुरेश कुमार महतोले बताएका छन ।
निजि,सार्वजानिक तथा सरकारी कार्यलय समेत गरी ३ हजार २३३ धाराहरु रहेकोमा संस्थानले दैनिक १ लाख ५० हजार मरुल्य बराबरको २६ लाख ७० हजार लिटर पानी छार्ने गरिन्छ । बढदो जनसंख्याको चाप उपनगरपानिलका भएपछि नगर क्षेत्रमा दैनिक ७२ लाख ५० हजार लिटर पानीको मांग भएपनि संस्थानले हाल दैनिक २६ लाख ७० हजार लिटर पानी वितरण गर्ने गरेको सो कार्यलयले जनाएको छ ।
जमिन मुनी ६४ फीट तल करिब४० वर्ष पुरानो पाइपहरु रहेकोले त्यस्ता पाइपहरु बिगे्रको,खियालागेको,टुटफुट भएको,चर्केको तथा मर्मत संभार हुन नसकेकोले कतिपय ठाउँमा खाने पानी पाइपबाट फोहर पानी समेत निस्किने गरेकोले उपभोत्ताहरुको स्वास्थमा प्रत्यक्ष असर पर्ने गरेको उनीहरुको गुनासो छ । खाने पानी संस्थानले वितरण गर्ने पानी खाने योग्य नभएको,कालो लेदो मिश्रित पानी आउने गरेकोले त्यस्ता पानी भाडा वर्तन र कपडा धुनमा प्रयो गर्ने गरेको छु( जनकपुर उपमहानगरपालिका वाड नं. ६ का मोहम्द हैदर खान भन्छन(स्वच्छ तथा सफा पानी खान आफुले ४ सय फिटमा टयूवेल जडान गरी पानी खाने गरेको छु ।
यता एसियाली विकाश बैंक(एडीबी) ले पेठिया,क्याम्पस चौक लगायतका ठाउँमा नाला निर्माण गर्ने क्रममा खाने पानीको पाइप तोडने,भत्काउने तथा भाच्ने गरेकाले त्यस भेगका एक हजार भन्दा बढि उपभोत्ताहरु खाने पानी प्रयोग गर्नबाट बञ्चित रहेको संस्थानले जनाएको छ । बढदो जनसंख्याको चाप,नयाँ नयाँ घर निर्माण हुनु तथा नजिकका गाउँहरु नगरपालिकामा गाभिएपछि खानेपानीको मांग बढेपछि ४५ लाख ८० हजार लिटर पानी अपुग भएको छ भने त्यसकोलागी कमतीमा ५० किलो मिटरसम्म पाइप जडान गर्नु पर्ने भएपनि बजेटको अभावले मांग अनुसारको पानी आपुर्ति गर्न नसकिएको बताएको छ ।
कार्यलयबाट प्राप्त तथ्यांक अनुसार २०७२ माघ सम्ममा धारा जडान वापत ४५ लाख ४८ हजार ७ सय ९३ रुपैया,बिलिङ्गबाट आम्दानी गरिएको छ भने सायन देखी २०७३ बैषाख सम्ममा ४२ लाख ५७ हजार ४ सय ९० रुपैया राजस्व संकल्न गरिएको छ । त्यस्तै ग्राहक तथा सरकारी कार्यलयहरु माथि हालसम्म १ करोड ७१ लाख ३४ हजार ४ सय ६७ रुपैया ८२ पैसा बकयौता रकम बाकी भएकोले सो रकम बरझायन सम्कन्धित निकायलाई पत्रचार गरिएको प्रमुख महतोले बताए ।
कर्मचारीको अभाव जनसंख्या बढेको हिसाबले पाइप लाइनको विस्तार नहुनु बजेटको अभावको कारण संस्थानले उपभोत्ताहरुको मांग अनुसारको पानी आपुर्ति गर्न नसकिएको हो । नेपाल सरकारले आम उपभोत्ताको सहुलियतको लागी नगर क्षेत्रको विभिन्न ठाउँमा सार्वजानिक धारा जडान गरिएपनि कर्तव्य बोधको अभावको कारण स्थानीय जनताले त्यस्ता धाराको संरक्षण गर्न नसकेकोले खाने पानी चुहावट बढदै गएको छ ।

सरकारी कार्यालयमाथि बाँकी महसुल
जनकपुर भन्सार कार्यालय         रु. १८३०२।१२
जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय     रु. ४७,५३३३
नेपाल विद्युत प्राधिकरण         रु. १४९७८७
कृषि विकास शाखा कार्यालय     रु.२२९०६८।४७
कृषि विकास शाखा अन्तर्गत,कृषि सेवा केन्द्र रु.२२१४९।७५
क्षेत्रीय पशु सेवा निर्देशनालय         रु.२२६०६।९९
राइजोवियम प्रयोगशाला         रु.४५५६९।४०
कृषि विकास शाखा कार्यालय     रु.७०,४५९।५५
नेपाल स्काउट कार्यालय         रु.१५८४५
निजी व्यक्तिमाथिमा रहेको महसुल बाँकी
हिरालाल शर्मा             रु. ३५१२०
शंकर साह रौनियार         रु. ३७०१३
सावित्री देवी             रु. ३२२२०
कूल बहादुर सिंह             रु. २७०४५
बिणा साह             रु. २४७२०


Wednesday, May 25, 2016

नाम आ बदनाम

कैलास दास

जानकी एतह जन्म लेलन्हि

तँ जनकपुर धाम अछि ।

देश—विदेश मे नाम अछि,

मुदा एहि ठाम बदनाम अछि ।।


मठ—मन्दीर आ सर—सरोवर

एतह के पहिचान अछि ।

मुदा ओकर आगा—पाछामे

मांस—मछरी आ दारु के दोकान अछि

तँयौ हमर जनकपुर महाने—महान अछि



आदर्श नारी के सेहो एहि ठाम

बड नाम अछि,

मुदा अखन

गल्ली—गल्ली आ लाँज मे

खुलेआम नारी बदनाम अछि ।




मिथिला के डोमो बड महान अछि,

जकर रामायाणो मे उखान अछि ।

मुदा

अखन अपन कर्म सँ ब्राह्मणो बदनाम अछि,

दोसर समुदाय के त नामे नाम अछि ।।



धर्म—कर्म मे जनकपुरक लोक के बडा नाम अछि,

पाप—नास के ई स्थान अछि

मुदा, मन्दीर तोडि आ नदी भथि

खेत आ घर निर्माण मे धर्मो के नहि ज्ञान अछि

तँयौ हमर जनकपुर महाने—महान अछि



 मठ मन्दिर के बाबा सबके

सेहो बडका नाम अछि

जग्गा बेचि परिवार बनाबएमे

सदिखन हुनकर ध्यान अछि

तँयौ हमर जनकपुर महाने—महान अछि


देश—विदेश मे बड नाम अछि

मुदा, एहि ठाम बदनाम अछि ।।

Thursday, April 14, 2016

जनकपुरमा यसरी मनाइयो जुडशितल

जनकपुर, वैशाख २ । मिथिलाञ्चल लगायतका ठाउँहरुमा प्रत्येक वर्ष बैशाख २ गते  मनाउने जुडशीतल पर्व यसवर्ष पनि जनकपुरमा हर्षाेलास पूर्वक मनाइएको छ । जनकपुरको बल्वा टोलमा युवाहरुको एउटा समूहले यस पर्वलाई निरन्तरता दिंदै कादोमाटोमा नै रमेका थिए ।
नयाँ वर्ष सतु खाएर मनाएका छन् भने दोस्रो दिन हिलोमाटो खेलेर रमाएका छन् । वैशाख १ गते नयाँ वर्षका राति बनाएको विभिन्न परिकारहरु भोली पल्ट खाने चलन रहेको छ । वैशाख १ गते तयार पारेको विभिन्न परिकारहरु, कडी, करही तथा बांसी भात २ गते विहान खाएर जुड शितल मनाउने चलन रहेको छ । यस दिन ठूला वडाले आफ्ना घरका सदस्यहरुको टाउकोमा शितल पानी छ्यापेर आशिष दिने चलन छ । थारु जातिले पनि शिरुवा पर्वको रुपमा मनाउने चलन रहेको छ । थारु र मधेशीको धेरै पर्वहरुमा समानता रहेको छ ।


बैशाख १ गतेदेखि जनकपुरमा एडिबीको निर्माण कार्य शुरु

जनकपुर, वैशाख १ । जनकपुर उपमहानगरपालिकामा एशियाली विकास बैंकको ऋण सहयोगमा लागु भएको एकीकृत शहरी विकास आयोजनाले नयाँ वर्षको अवसर पारेर बुधवार देखि निर्माण कार्य शुरु गरेको छ । जनकपुरको क्याम्पस चौकमा बुधवार शिलान्यास गरेर काम अगाडी बढाईएको छ ।
१ अर्व ९० करोडको लगानीमा जनकपुरधाममा पहिलो चरणमा साढे नौ किलोमिटर ३२ किलोमिटर नाला तथा ढलको निर्माण गर्ने योजना रहेको जनकपुर उपमहा नगरपालिकाका कार्यकारी अधिकृत पूण्य प्रसाद लुईटेलले बताएका छन् । जनकपुरको व्यवस्थित विकासको लागि एकीकृत शहरी विकास आयोजनाको कार्यक्रम निक्कै प्रभावकारी हुने विश्वास गरिएको छ । आयोजनाको भूमिगत ढलको शिलान्यास अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले भव्य समारोहका बीचमा गरेका छन् ।
शिलान्यास समारोहमा वोल्दै अख्तियारका आयुक्त पाठकले अख्तियारले विकासमा सकारात्मक शोचको आधारमा सहयोग गर्न चाहेको बताए  । उनले गुणस्तरीय तथा निर्धारित मितिमा नै ठेक्काको काम गर्नका लागि सम्बन्धित ठेकेदार कम्पनीलाई आग्रह गर्दै विकास निर्माणमा आयोगले सहयोगीको भूमिका निर्वाह गर्न चाहेको प्रष्ट पारे । उनले अख्तियारले सही काम गर्नेलाई सहयोग गर्ने पनि बताए ।
आयुक्त पाठकले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जनकपुरधामको विकासका लागि अख्तियारले पनि समन्वयकारी भूमिका निर्वाह गर्न चाहेको बताउदै जनकपुर(जयनगर(बर्दिबास ब्रोडगेज रेलको विस्तारको काम समयमा सम्पन्न गराउनका लागि आफू पनि लागि परेको बताए । १० वर्ष सम्म  जनकपुरलाई पूर्ण लोडसेडिङ्ग मुक्त गर्ने अवस्था नरहेको आफूलाई विद्युत प्रधिकरण्को उच्च अधिकारीले जानकारी गराएको समेत बताए ।
जनकपुरको विकासका लागि जनकपुर उद्योग वाणिज्य संघ र निर्माण व्यवसायि संघले पनि विशेष ध्यान दिन जरुरी रहेको बताउदै आयुक्त पाठकले विकासमा बाधा गर्ने तथा अनियमितता गर्न खोज्नेलाई  मात्र अख्यिारवाट डराउनु पर्दछ राम्रो काम गर्नेलाई अख्तियारले प्रोत्साहन गर्न चाहेको उनको भनाई थियो । जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत पूण्र्यप्रसाद लुईटेलको अध्यक्षतामा भएको सो कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईले जनकपुरको विकासका लागि जिल्ला प्रशासन कार्यालयले पनि समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद कोईराला तथा एकीकृत शहरी विकास आयोजनाका आयोजना प्रमुख गंगा यादवले पनि आ(आफ्नो धारणा राख्दै जनकपुरका जनताहरु विकासका लागि आफै घरहरु भत्काएर निक्कै सराहनीय कार्य गरेको बताए । दुई वर्ष भित्रमा आयोजना सम्पन्न गर्ने गरि काम सम्पन्न गर्ने जेड आई ई सी शर्मा जेभिका प्रतिनिधिले बताएका छन् । । जनकपुर उपमहानगरपालिकाका ईन्जिनियर विरेन्द्र यादवले प्रत्येक ४० मिटरमा चेम्बर हुने र सवै नाला तथा ढल ह्युम पाईपमा हुने भएकाले लामखुट्टेको प्रकोप नहुने तथा नगरलाई सफा राख्नमा मद्दत पुग्ने बताए । उनले जनकपुरको पानी चार ठाउँबाट  जलाद खोला तथा १ ठाउँबाट दुधमतिमा विसर्जन गरिने पनि बताए । जनकपुरको बसहीयामा पनि ह्युम पाईप खसेको ईन्जिनियर यादवले बताए । एकीकृत शहरी विकास आयोजनाको काम २०१७ डिसेम्बरमा सम्पन्न गरिने गरि सम्झौता भएको छ ।

साँसद संजय साहकी पत्नी रिले अन्सनमा

जनकपुर, वैशाख १ । जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानीयाको हत्यामा संलग्न रहेको आरोप लगाउदै धनुषा प्रहरीले धनुषा निर्वाचन क्षेत्र नं. ४ का निलंवित सांसद तथा पूर्व राज्यमन्त्री संजय कुमार साहलाई फसाउन खोजेको भन्दै चार बँुदे माग सहित उनका श्रीमति रंगिला देवी साह जनक चौकमा बुधवार देखि रिले अनसन बसेका छन् । श्रीमतिका साथै बुबा साधु साह, आमा दुलारी देवी, दीदी तथा वहिनीहरु परि रिले अनसनमा बसेका छना् ।
उनीहरुले सिंघानीया हत्याको न्यायिक छानविन समिति गठन गरेर छानविन गर, निर्दोषलाई रिहा गर, दोषीमाथि कारवाही गर र संजय कुमार साहमाथि लगाएको झुठा मुद्दा खारेज गर जस्ता माग गरेर श्रीमति रंगिला देवी सहित परिवारका सदस्यहरु रिले अनसनमा वसेका छन् । उनीहरु बुधवार ४ बजे देखि रिले अनसनमा वसेका छन् । निलंवित सांसद साह माथि धनुषा प्रहरीले कर्तव्य ज्यानको मुद्दा धनुषा जिल्ला अदालतमा गत आईतवार दर्ता गरेपछि अन्याय भएको भन्दै उनका श्रीमति सहितका व्यक्तिहरु रिले अनसनमा बसेका छन् ।
रिले अनसनमा सद्भावना पार्टीका नेता तथा कार्यकर्ताहरु पनि उपस्थित रहेका थिए । २०६६ साल फागुन १७ गते जनकपुरको शिव चौकमा जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानीयाको गोली हानेर हत्या गरिएको थियो । नेपाल सरकार तथा स्वर्गीय सिंघानीयाका छोरा राहुल सिंघानीया वादी रहेको सो मुद्दामा प्रहरीले निलंवित सांसद साह सहित ११ जनालाई प्रतिवादी बनाएर ज्यान मुद्दा दर्ता गरेको छ ।
साहलाई जनकपुर टुडे दैनिकमा प्रकाशित रहेको समाचारलाई आधार बनाएर मुख्य योजनाकार बनाउदै  पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेपछि श्रीमति रंगिला देवी साहले पनि पत्रकार सम्मेलन गरेर प्रहरीले विपक्षीसंग मिलेर फसाउन खोजेको आरोप लगाएका थिए । सद्भावना पार्टीले पनि पार्टीका उपाध्यक्ष रहेका साहको बचाउँका लागि संघर्षमा उत्रेका छन् । पार्टीका राष्टिूय अध्यक्ष राजेन्द्र महतोले पनि भैरहवाको पत्रकार सम्मेलनमा न्यायिक छानविनको माग गरेका थिए ।
निलंवित सांसद साहलाई जनकपुरको रामानन्द चौकमा चार वर्ष अगाडी भएको वम काण्डका मुख्य योजनाकार भनेर प्रहरीले नै कर्तव्य ज्यान तथा संगठित अपराधमा मुद्दा चलाएपछि अदालतको थुनछेक वहसपछि अदालतले थुनामा राखेर पूर्व पक्ष गर्नका लागि कारागारमा पठाउने आदेश भएपछि उनी सिरहा कारागारमा रहेकोमा मधेश आन्दोलनको समयमा काठमाण्डौ जेलमा सारिएको थियो ।