Tuesday, May 26, 2020

लकडाउनमा घेराएका बुटवलवासीलाई मण्डलद्वारा राहत वितरण


जनकपुरधाम, १४ जेठ । चैत ११ गते अघि जनकपुरधाम आएका बुटवलका दुई जना लकडाउनको कारण घर फर्किन नसकेकाले गैर सरकारी संस्था आफन्त नेपालका संयोजक जय प्रकाश मण्डलले खद्यान्न वितरण गरेको छ ।
आफन्त कहाँ एउटा समारोहमा आउँदा लकडाउनमा उनी परेका छन् । लकडाउनको कारण सवारी साधान चल्न नसक्दा खानमा निक्कै समस्या परेकोले ती व्यक्तिलाई मण्डलले खद्यान्न सहयोग गरेको हुन ।
खद्यान्नमा ५० किलो चावल, दाल, नून, तेल सहितको समाग्री रहेको छ ।
प्रदेश ५ बुटवल बस्ने श्याम सुन्दर मण्डल र दशरथ मण्डल रहेका छन् । केही दिनसम्म ज्यालादारी गरी खाए, अब काम पनि पाउँदैन उनले भने,‘सवारी साधन चलेमा जसरी पनि घर फर्किन्छु । तर अहिले खानका लागि पनि निक्कै समस्या भएको छ ।’
संयोजक मण्डलले जनकपुरमा बस्नेलाई धेरै उपाय हुन सक्छ । तर बुटवलवासीलाई निक्कै समस्या देखेकोले आफूले व्यक्तिगत रुपमा उनीहरुलाई खद्यान्न दिएको बताएका छन् । १३ जनाको परिवारका लागि कम्तिमा यो खद्यान्न १५ दिनसम्म चल्ने विश्वास रहेको बताएका छन् ।

पौडेश्वर विद्यालयको अध्यक्षमा साह

जनकपुरधाम,१४ जेठ । धनुषाको औरही गाउँपालिका वडा नं. १ पौडेश्वर स्थित सर्वोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मतिबाट परमेश्वर साहलाई चयन गरिएको छ ।
गाउँपालिका अन्तरगत रहेको गाउँपालिका शिक्षा समितिले साहलाई चैत्र ४ गते नै अध्यक्षका लागि घोषणा गरेपनि कोरोना भाइरसको रोकथामका लागि सरकारले लगाएको लकडाउको कारण उनीहरुको सपथ ग्रहरण तथा पद हस्तान्तरण हुन नसकेको थिएन ।विद्यालयकै प्राङ्गणमा मंगलवार ७ सदस्यीय विव्य समितिका पदाधिकारीलाई सोही गाउँपालिकाका अध्यक्ष ब्रम्हदेव यादवको प्रमुख अतिथ्यमा सपथ ग्रहण तथा पद हस्तान्तरण गराइएको छ ।
समितिको सदस्यहरुमा दीप रोशन यादव उर्फ दीपक, मकेश्वर प्रसाद साह, संजीता सहनीरहेका छन् । त्यस्तै पदनीय सदस्यमा सोही वडाका वडा अध्यक्ष अशेश्वर यादव, पदनीय सचिवमा विद्यालयका प्राध्यापक गणेश साह र शिक्षक सोभन साह रहेको जनाइएको छ । सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा लकडाउनलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम राखेका थिए । कार्यक्रममा रामजानकी माध्यमिक विद्यालयका विव्य समिति अध्यक्ष सुजित कुमार यादव, स्थानीय भलभलादमी, राजनीतिक दलका प्रतिनिधिहरु सहितको उपस्थिति रहेको थियो ।

तीन महिनाका लागि तीनवटा शुल्क मिन्हा गर्न नगरसभापति साहको माँग

 जनकपुरधाम,  १४ जेठ । नेपाली काँग्रेसका जनकपुरधाम उपमहानगरपालिकाका नगर सभापति मनोज साहले तीन महिनाका लागि तीनवटा संस्थाको शुल्क मिन्हा गर्न माँग गरेको छ ।
नेपाल प्रेस युनियन धनुषाले नेपाल प्रेस युनियनको २९ औं स्थापना दिवसको अवसरमा गरिएको ‘वृक्षारोपण’ कार्यक्रमको सम्बोधन गर्दै नगर सभापति साहले लकडाउनको कारण सर्वसाधारण जनता निक्कै प्रभावित भएकोले बिजली बिल, खानेपाने तथा टेलिफोनको शुल्क मिन्हा गर्न नेपाल सरकारसँग माँग गरेका हुन ।
नगरसभापति साहले भने, ‘विपदको बेलामा जनतालाई राहत दिन सरकारको मुख्य दायित्व हो । नेपाली जनता कोरोना भाइरसबाट निक्कै त्राहिमाम छन् । यस्तो अवस्थामा तत्काल तीन महिनाका लागि बिजली, टेलिफोन र खानेपानीको शुल्क माफ हुनुपर्छ ।’
लकडाउनको बेलामा संघीय सरकार र प्रदेश सरकारलाई जनतालाई राहतदिन थप जिम्मेवार हुनुपर्छ । तर अहिले तीनतहकै सरकार अनियमितामा लिप्त रहेको आरोप लगाएका छन । जनतालाई सत्यतथ्य समाचार पुर्याई दिनका लागि उनले पत्रकारहरुसँग आग्रह समेत गरेका छन् ।  उनले भने ‘वर्तमान अवस्थामा राहतको आवश्यकता छ । तर सरकार राहतमा पनि अनियमितता गरिरहेका छन् । स्थानीय सरकारले त कमाई खाने भाँडो नई बनाई सकेको हो ।’
प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंहको अध्यक्षतामा भएको वृक्षा रोपण कार्यक्रममा वरिष्ठ पत्रकार रामभरत साह, युनियनका केन्द्रिय सदस्य शैलेन्द्र झा सहितको उपस्थिति रहेको थियो।

Sunday, May 24, 2020

अब ड्रोन कैमराबाट आधुनिक कृषि खेती

जनकपुरधाम, ११ जेठ । धनुषामा आधुनिक कृषि खेतीका लागि ड्रोन कैमराको प्रयोग हुन थालेको छ । ड्रोन कैमराको प्रयोगले जनशक्ति कम लाग्ने र समयको बचत हुनेछ । समय र जनशक्ति कम लागेमा लागत पनि म लाग्ने विश्वास रहेको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले अब ड्रोन कैमराबाट कृषि खेती उत्पान्न भएमा कृषिको मूल्यभाव कम हुने विश्वास जताएका छन् ।
आरएटी कृषि उत्पादन तथा प्रशोधन केन्द्र द्वारा धनुषामा आयोजित ‘आधुनिक एकीकृत कृषि व्यवस्थापनमा युवा रोजगार कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले भने, ‘यो प्रदेश ८० प्रतिशत कृषिमा आधारित रहेको छ। आधुनिक कृषिमा ड्रोन कैमराको प्रयोग गरेमा आउने दिनमा कम लागतमा बढी कृषि उत्पादन गर्न सकिने छ ।’
डोन कैमरा मार्फत १० कट्ठा बालीनालीदेखि एकविघासम्म विषदी औषधी छर्किन सकिने वातावरण सृजना भई सकेको छ ।’ उनले भने, ‘कृषिमा जनशक्ति कम गर्नका लागि डोन कैमराको प्रयोगमा ल्याउन लागेको हो ।’ उनले तत्काल यो कैमराको मूल्य बढी भएपनि किसानहरुसँग सहकार्य गरेर प्रयोग गर्न सकिने जिकिर पनि गरे ।
अब युवाहरुलाई वैदेशिक रोजगारीमा जानु पर्दैन, युवाहरुलाई कृषिमा आत्म निर्भर बनाउनु पर्छ मन्त्री साहले भने, ‘युवाहरु कृषिमा आत्म निर्भर भएमा वैदेशिक रोजगारी स्वतः कम हुनेछ ।’ कृषि यस्ता व्यवसाय हो जन कम समयमा बढी आम्दानी कमाउन सकिन्छ उनले अगाडि थपे ‘यस पटकको नीति कार्यक्रममा बालीनालीको बीमा योजना ल्याउँदैछ ।’
आरएटी कृषि उत्पादन तथा प्रशोधन केन्दका अध्यक्ष रजेश महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्त्री साहले वैज्ञानिक किसिमबाट कृषि गरेमा यस प्रदेशका कृषिले नै देशलाई पाल्न सकिने सम्भवना रहेको जिकिर समेत गरेका छन ।
कृषिमा लागत कम गर्नका लागि सुपर जाँन मार्फत कृषि उत्पादन गर्नुपर्छ, लागत कम भएमा उत्पादन बढी र मूल्य पनि कम हुने मन्त्री साहले दोहोर्याएका छन् ।
उनले भने ‘युवालाई कृषिमा लगाउनका लागि प्र्रदेश सरकारले छिट्टै कृषि विमा ल्याउन लागेको हो । कृषि बिमा भएमा प्राकृतिक विपद परेपनि त्यसको जिम्मेवार राज्यले हुनेछ ।’
कृषिमा प्रयोग हुने ड्रोन कैमराको उद्घाटन गर्दै उनले भने ‘यो कैमराले बालीनालीमा लाग्ने किरा मकेरा देखाउने, विषादी औषधी छर्किने र बालीनालीको अवस्था बारेमा जानकारी दिइने छ ।’

Tuesday, May 19, 2020

लकडाउनमा गिलोय खोज्दै युवाहरु ः सेवनले सय रोग निक्को हुने विश्वास


जनकपुरधाम, ७ बैशाख । गिलोय शब्द हिन्दी शब्द हो, यसलाई अमृता पनि भनिन्छ । हाम्रो यतातिरको भाषामा यसलाई गुरगुज भन्ने गरिन्छ ।
योग गुरु रामदेव बाबाले लकडाउनमा गिलोय अर्थात अमृताको गुणको बारेमा विशेष चर्चा गरेपछि युवा मात्र होइन, बुढावाहरु पनि जंगलझारीमा गिलोय खोजी सेवा गर्ने गरेको छ । गिलोयको सेवनले सय बिमारी निक्को हुने र कोरोना भाइरसबाट लड्नमा पनि मद्दत पुर्याउने योगको रामदेवको कथन हो।
गिलोयको सेवनले कोरोना भाइरसबाट बाँच्न सकिन्छ शिक्षक जगत यादव भन्छन् । उनले भने, ‘आफू विहान र साँझ यसको भरपूर सेवन गर्दछु । जलाद नदीको जंगलझारीबाट खोजी खोजी ल्याएर आफू र परिवारले पनि गिलोयको सेवन गर्ने गर्दछ ।’
‘गिलोयको सेवनले कोरोना भाइरस लाग्दैन वा लागेमा निक्को हुने चिकित्सकले त दावी गरेको छैन । तर यसबाट धेरै यस्ता रोगहरु छन् जुन निक्को हुने विश्वास छ’ शिक्षक यादवले भने ।
लकडाउनको अवधिमा करीब २५ प्रतिशत व्यक्ति यसको सेवन गरिरहेको आपूmले महसुस गरेको उनले दावी गरेको छ ।
लकडाउनमा घरमै बसी बसी कसरी स्वस्थ्य रहने युवाहरु विभिन्न प्रकारको युक्ति सोचि रहेका हुन्छ । वर्तमान अवस्थामा शहर सुनसान देखिएपनि युवाहरु विहान र बेलुका बढी समय कुनै खेलमैदानमा विभिन्न खेलकुद गरी विताउने गर्दछ । विहान विहानै महिला, बालबालिका तथा युवाहरु मोर्निङ्ग वाक गर्ने गरेको पाइन्छ । तर साझ र बेलुका तातोपानी खानु, गिलोय सेवन गर्नु, साबुन पानीले हाथ धुने गरेको युवाहरु दावी गरेको छ । विशेष गरी लकडाउन अवधिमा अनुहन कालो भएपनि हाथ निक्कै सफा सुघर रहने गरेको पाइएको शिक्षक यादवले दावी गरे ।


गिलोयमा धेरै गुणहरु छ । सृजन कम गर्न, सुगरलाई नियन्त्रिण गर्ने, गुठिया रोगबाट लड्नुका साथै शरीरलाई सोधन गर्ने सबै गुणहरु हुन्छ । गिलोयको प्रयोगले स्वाँस सम्बन्धी जस्तै दम्मा, रुघाखोकी रोग निक्को हुने गर्दछ । त्यति मात्र होइन, छाला सम्बन्धी रोग, रक्तको कमी, पीलिया र कुष्ठ रोगको उपचारमा पनि कार्य आउने गर्दछ ।
आयुर्वेदमा यसको सेवन गर्नाले अमृतको जस्तो गुणकारी हुने भएकोले अमृता वा जीवन्तिका नाम पनि दिइएको छ । यसको लहरा वन जंगल, खेत, पहाड़ लगायतको विभिन्न स्थानमा रुख विरुवामाथि लहरा भएर चढेको पाइन्छ । नीम, आम, बांस इत्यादी प्रजातिका रुखहरुमा अक्सर पाइन्छ । यसको गांठ गांठहरुबाट जरा निस्किएर तल तिर झुण्डिएर रहेको हुन्छ जसले माटो पाउने बित्तिकै त्यसैबाट पुनः नयाँ विरुवा पलाएर आउंछ ।
यसको लहराको बाहिरी एकदमै पातलो बोक्रा हटाएर भित्रको हरियो गुद्दीदार काण्ड सेवन योग्य हुन्छ र यसको स्वाद एकदमै तितो हुन्छ । यसको फूल पहेलो र फल ग्रीष्म ऋतुमा गुच्छामा फलेको सानो सानो मटरको दाना जस्तो हुन्छ ।  यसलाई आबश्यकता अनुसार गमलामा पनि रोपण गरि हुर्काउन सकिन्छ ।


Thursday, May 14, 2020

कोरोना संक्रमित पत्रकार वीरेन्द्रको व्यथा ः उपचार होइन, बीमार पार्ने ठाउँ हो आइसोलेसन

जनकपुरधाम, १ जेठ । कोरोना संक्रमणका बारेमा आम नागरिकलाई सत्य, तथ्य र निष्पक्ष सूचनाका माध्यमबाट सुसूचित पार्ने अभियानमा जुटेका जनकपुरका एक पत्रकार आफैं कोरोना संक्रमित हुनुभएको छ ।
पत्रकार वीरेन्द्ररमण कोरोना संक्रमणका विषयमा आम नागरिकलाई सूचना सम्प्रेषण गर्ने क्रममा आफैं संक्रमित हुनुभएको छ । उहाँ नेपाल समाचारपत्रका पूर्व्रिपोर्टर तथा मकालु टेलिभिजनका पत्रकार हुनुहुन्छ ।
निकै दुःखी र भावुक हुँदै नेपाल समाचारपत्रलाई उहाँले भन्नुभयो– ‘आज बुधबार बिहान ८ बजेको समयमा घरमै एम्बुलेन्स पठाएर मलाई जनकपुरको प्रादेशिक अस्पतालमा ल्याएर आइसोलेसनमा राखिएको छ । ’
सरकार भन्छ– कोरोना संक्रमितका लागि अस्पतालमा सबै व्यवस्था राम्रो छ तर वीरेन्द्रलाई बिहान अस्पताल ल्याएदेखि साँझ ५ बजेसम्म कुनै स्वास्थ्यकर्मीले भेटेकासम्म छैनन् । ‘एकजना कर्मचारीले सामाजिक दूरी कायम गरी दाल, भात, तरकारी दिए तर पिउने पानी थिएन ।
पानीका लागि चिनेजानेको साथीलाई गुहार्नुप¥यो । यहाँ न अस्पतालको वातावरण छ र कुनै बेड नै छ, बस्न पनि अत्यन्तै गाह्रो छ । म मुटुको औषधि खाइरहेको एउटा बिरामी थुनुवा कोठामा जस्तै बसेको छु’, पत्रकारितामा लामो अनुभव सँगालेका रमणले भन्नुभयो– ‘मलाई कोरोना संक्रमण भएको कुरा राति ११ बजे एक जना साथीले फोन गरेर जानकारी गराउनुभएको थियो, तर मैले पत्याइनँ ।
मैले उहाँलाई त्यस्तो नहोला भनें, माघको पहिलो साता मलाई हर्टयाट्याक भएपछि गंगालालमा उपचार गराएर औषधि खाइरहेको छु । म बिरामी नै भएका कारण भीडभाडमा पनि जान्नँ । मेरो जाने ठाउँ भनेको जिल्लाको नेपाल पत्रकार महासंघ या अफिस मात्र हो ।
फेरि बुधबार बिहान नेपाल पत्रकार महासंघ धनुषाका सभापतिले फोन गर्नुभयो र भन्नुभयो– तपाईं घरबाहिर ननिस्किनु रे, प्रमुख जिल्ला अधिकारीले तपाईंको ट्रेसिङका बारेमा सोध्दै हुनुहुन्थ्यो भन्नुभयो ।’
रमणका अनुसार, वैशाखको पहिलो सातातिर नेपाली सेनाले पनि स्वाब नमुना लिएर उहाँको परीक्षण गरेको थियो, त्यति बेला रिपोर्ट नेगेटिभ आएको थियो । उहाँ भन्नुहुन्छ– ‘अहिले आफू मुटुरोगी पनि भएकोले स्वेच्छाले परीक्षण गराइहालौं न त भनेर गराएको हो ।
मलाई कुनै कोरोना संक्रमणमा देखिने खालको ज्वरो, लामो समय सुख्खा खोकी लाग्ने केही देखिएको छैन । मैले मुटुको औषधि खाएका कारण सामान्य ख्यासख्यास लाग्ने गरेको हो भनेर डाक्टरले भन्दै आएका थिए ।
डाक्टरसँग सल्लाह गर्दा उहाँले तपाईंको चेस्ट पनि क्लियर छ केही देखिँदैन एनटीवायोटिक र एलर्जीको औषधि खानोस् भनेर खोकीको औषधि दिनुभयो । औषधि खाएपछि खोकी पनि रोकिएको छ ।
मुटुको रोगीले औषधि खाँदा सामान्य खोकी लाग्छ भनेर गंगालालका डाक्टरले जानकारी गराएका थिए । तीन दिन अघिबाट मात्र मैले औषधि खान शुरू गरेको हुँ । मैले खाँदै गरेको औषधिको फोटो खिचेर पठाएर डाक्टरलाई भेटी ब्लडप्रेसर पनि जँचाए ठीकै थियो ।
अस्पतालमा पानी खानेसम्म सुविधा छैन भने म त झन् बिरामी भइहाल्छु नि ? मलाई त यो कोरोनाले मार्छ मार्दैन थाहा छैन अरू समस्याले मार्छजस्तो भयो । अस्पतालमा आईसीयूको सेवा भए पनि व्यवस्थित छैन ।’ रमण निकै आत्तिनुभएको छ ।
मंगलबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरूको लिस्ट सार्वजनिक गर्ने क्रममा वीरगन्जमा दुई जना पत्रकारमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको थियो भने मन्त्रालयले मंगलबारै राति १० बजेर १५ मिनेटमा सार्वजनिक गरेको अर्को लिस्टमा धनुषाका ४० वर्षीय अर्का व्यक्ति कोरोना संक्रमण भएको पुष्टि गरेको थियो, त्यो व्यक्ति पुराना र सक्रिय पत्रकार वीरेन्द्र रमण नै हुनुहुन्छ ।
निरन्तर धनुषा पत्रकार महासंघको अफिसमै बसेर काम गर्ने र समाचार संप्रेषण गर्ने काम गर्दै आएका पत्रकारका साथ अन्य २० जना र बाहिरी दुई जनाले स्वेच्छिक स्वाबको नमुना परीक्षणका लागि पठाएका थिए । तीमध्ये पीसीआर परीक्षणमा एक जना पत्रकार र पत्रकार महासंघ धनुषा रहेकै भवनमा स्टेसनरी पसल गर्ने अर्का युवामा पनि कोरोना संक्रमण पुष्टि भएको बुझिएको छ ।
लकडाउनपछि पत्रकारहरूलाई समाचार सम्प्रेषणमा सहज होस् भन्ने उद्देश्यले धनुषा पत्रकार महासंले त्यहींबाट समाचार पठाउन कम्प्युटर, नेटको व्यवस्था गर्नुका साथै खानाको समेत व्यवस्था गर्दै आएको पत्रकार रमणले जनाउनुभएको छ ।
संक्रमित दुवै जनालाई प्रादेशिक अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेको छ । नेपालमा चीनको कोरोना उद्गमस्थलबाट नेपाल आएका पहिलो कोरोना संक्रमित युवा पनि धनुषा जनकपुरकै थिए । नेपाल समाचारपत्रले यसअघि उनको सामाजिक सुरक्षाका लागि ठेगाना परिवर्तन गरी नेपालगन्ज भनेको थियो ।
साभारःन्यूज अफ नेपाल डटकम


जनकपुरधामको गल्ली—गल्लीमा प्रवेश निषेध

जनकपुरधाम, १ जेठ । जनकपुरधाममा कोरोना सक्रमित व्यक्ति फेला परेपछि जनपुरधामको विभिन्न टोलमा प्रवेश निषेध गरिएको छ ।
जनकपुरधामका उपमहानगरपालिका वडा नं. ४ र वडा नं. २ को विभिन्न गल्लीमा स्थानीयहरुले आफै बाँसको ढाट लगाई प्रवेश निषेध लेखेर बोर्ड झुण्डाइएको छ । धनुषा र महोत्तरीमा एक्कै दिन दुईदुईजना कोरोना संक्रमित व्यक्ति फेला परेपछि स्थानीयहरु निक्कै त्रसित बनेको छ ।
बैशाख १ गते बुधवार जनकपुरधाममा एकजना पत्रकार एकजना पुस्तक व्यवसायीमा कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेपछि जनकपुरधामका व्यक्तिहरु भयभित बनेका छन् । प्रदेश २ कोरोना संक्रमितको उच्च जोखिम रहेकोे छ । प्रदेश २ मा अहिलेसम्म सयजना कोरोना संक्रमित भई सकेको जनाइएको छ ।
त्यस्तै धनुषामा खुकुलो पारिएको लकडाउन बुधवारदेखि पुनः कडा पारिएको छ । बुधवार फाँटफाट पसलहरु खुलेपनि विहिवार पूर्ण रुपमा बन्द रह्यो । जनकपुरधामका व्यापारीहरुले जनकपुरधामा कोरोना संक्रमित फेला परेपछि आफै पसल बन्द गरेको हो ।
नेपालमा समाचार लेखुन्जेलसम्म कोरोना संक्रमितको संख्या २४६ पुगेको छ भन्ने अहिलेसम्म निक्को भएको संंख्या ३५ रहेको छ ।

त्यस्तै विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई लाख ९८ हजार ४सय ४२ पुगेको छ भन्ने संक्रमित हुनेको संख्या ४४ लाख ४५ हजार ९ सय ८१ पुगेको विश्व स्वास्थ्य संगठनले तथ्यांक सार्वजनक गरेको छ ।